लायन्स क्लबहरूको जोन मिटिङ भव्य रूपमा सम्पन्न

-


     हिडन खबर    
     श्रावण १५ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन १६

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूको वर्ष २०२६/०२७ का लागि गठित नयाँ कार्यसमितिको पहिलो डिस्ट्रिक्ट गभर्नर एड्भाइजरी कमिटी (जोन मिटिङ) काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा भव्य रूपमा सम्पन्न भएको छ।

‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रका साथ विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्सको सिद्धान्त र उद्देश्यअनुसार आयोजित बैठकको नेतृत्व जोन चेयरपर्सन भीमप्रसाद पोखरेलले गरेका थिए। बैठकमा जोनअन्तर्गतका सबै क्लबका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सफल आयोजनाका लागि जोन चेयरपर्सन पोखरेलको नेतृत्व, समन्वय क्षमता र व्यवस्थापन कौशलको प्रशंसा गरिएको छ। सहभागीहरूले बैठकलाई प्रभावकारी, व्यवस्थित र उपलब्धिमूलक बनाउन उहाँले खेलेको भूमिकाको उच्च मूल्याङ्कन गरेका थिए।

बैठक सफल बनाउन क्लस्टर चिफ नारायणबहादुर भण्डारी तथा रिजन चेयरपर्सन मनीषा दाहालले समेत महत्वपूर्ण सहयोग र समन्वय गरेको बताइएको छ। उनीहरूको सक्रिय सहभागिता र सहकार्यले कार्यक्रमलाई थप सफल बनाउन योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

लायन्स क्लबका आगामी सामाजिक सेवा, मानवीय सहायता, सदस्यता विस्तार तथा समुदायमुखी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा बैठकमा छलफल भएको थियो।

डिस्ट्रिक्ट ३२५ के नेपालका मिसन १.५ चिफ महाप्रसाद पाण्डेले जोन चेयरपर्सन भीमप्रसाद पोखरेल, क्लस्टर चिफ नारायणबहादुर भण्डारी तथा रिजन चेयरपर्सन मनीषा दाहाललाई सफल कार्यक्रम आयोजनाका लागि बधाई तथा शुभकामना व्यक्त गरेका छन्। बताइएको छ। उनीहरूको सक्रिय सहभागिता र सहकार्यले कार्यक्रमलाई थप सफल बनाउन योगदान पुर्‍याएको आयोजकले जनाएको छ।

लायन्स क्लबका आगामी सामाजिक सेवा, मानवीय सहायता, सदस्यता विस्तार तथा समुदायमुखी कार्यक्रमहरूलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा बैठकमा छलफल भएको थियो।

डिस्ट्रिक्ट ३२५ के नेपालका मिसन १.५ चिफ महाप्रसाद पाण्डेले जोन चेयरपर्सन भीमप्रसाद पोखरेल, क्लस्टर चिफ नारायणबहादुर भण्डारी तथा रिजन चेयरपर्सन मनीषा दाहाललाई सफल कार्यक्रम आयोजनाका लागि बधाई तथा शुभकामना व्यक्त गरेका छन्।