लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खुसीबुँको सातौं चार्टर नाइट तथा नेतृत्व हस्तान्तरण सम्पन्न

-


     हिडन खबर    
     श्रावण १६ गते २०८३ मा प्रकाशित


काठमाडौं, साउन १६

लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खुसीबुँले आफ्नो सातौं चार्टर नाइट समारोह तथा नेतृत्व हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

कार्यक्रममा क्लबका नवनिर्वाचित नेतृत्व टोलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। नयाँ नेतृत्वले सेवा, एकता, समर्पण र दूरदर्शी सोचका साथ समाजसेवाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ।

सो अवसरमा लायन्स क्लब अफ काठमाडौं श्वेतकाली नरदेवीलाई नेतृत्व हस्तान्तरण गरिएको थियो भने नयाँ क्लब लायन्स क्लब अफ काठमाडौं निर्वाणशक्ति कृपालु को समेत औपचारिक उद्घाटन गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले लायनवादको मूल मन्त्र ‘हामी सेवा गर्छौं’ लाई आत्मसात् गर्दै मानव सेवाप्रतिको प्रतिबद्धतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। उनीहरूले समुदायमा सकारात्मक परिवर्तन ल्याउन लायन्स क्लबहरूको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि सामाजिक सेवाका कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे।

डिस्ट्रिक ३२५ के नेपालका एक्जिक्युटिभ चिफ लायन राजन प्रसाद काप्रीले क्लबका पदाधिकारी, सदस्य तथा सम्पूर्ण लायन्स परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्दै उद्देश्यपूर्ण नेतृत्वमार्फत समाज सेवाका कार्यलाई थप सशक्त बनाउन आग्रह गरे।

कार्यक्रममा विभिन्न लायन्स क्लबका पदाधिकारी, सदस्य, समाजसेवी तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।