चलचित्र ‘शिवांश’को नयाँ पोस्टर सार्वजनिक, कैलाश खेरको स्वरमा ‘शिव ताण्डव’

-


     हिडन खबर    
     माघ १६ गते २०८२ मा प्रकाशित


काठमाडौं । आगामी फागुन १ गते प्रदर्शनमा आउने नेपाली चलचित्र ‘शिवांश’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यस चलचित्रमा विश्वप्रसिद्ध भारतीय गायक कैलाश खेरको स्वरमा ‘शिव ताण्डव स्तोत्रम्’ समावेश गरिएको निर्माणपक्षले जनाएको छ।

पोस्टरमा मुख्य पात्रहरू प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुसा न्यौपाने र विकास जोशीलाई रौद्र तथा तनावपूर्ण मुद्रामा देखाइएको छ। श्यामस्वेत पृष्ठभूमिमा चक्र र आगोको प्रयोगले पात्रहरूको संघर्षपूर्ण जीवनलाई संकेत गरेको छ।

महाशिवरात्रिको अवसर पारेर रिलिज हुने ‘शिवांश’बारे गायक खेरले विशेष भिडियो सन्देश जारी गर्दै नेपाल–भारत मैत्री सम्बन्ध र आफ्ना नेपाली प्रशंसकप्रति आभार व्यक्त गरेका छन्। उनले चलचित्रलाई दुई देशबीचको सांस्कृतिक सम्बन्धको प्रतीकका रूपमा चित्रण गरेका छन्।

चलचित्रको निर्देशन सन्तोष कुमार आत्रेयले गरेका छन् भने निर्माण अञ्जान केसीले गरेका हुन्। कथा अञ्जान केसी, स्क्रिनप्ले बारत लिम्बू, संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको रहनेछ। द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, कोरियोग्राफी विक्रम चोहान र डीओपी सरद महतोको रहनेछ।

मुख्य भूमिकामा प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू र रुसा न्यौपाने छन्। अन्य कलाकारमा विकास जोशी, प्रदीप चौधरी, सबिर चुरौटे, उदय सुब्बा, टीका निरौला लगायत छन्।

पोस्ट–प्रोडक्सन चलचित्र चौतारीले गरेको छ भने वितरण डिजिटल सिनेमा नेपाल (DCN)ले गर्नेछ।

https://www.facebook.com/reel/3314942751994926