काठमाडौं ।असार २२ नेपाली चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ को पोस्टर सार्वजनिक गरिएको छ। विशेष शैलीमा प्रचारप्रसार गर्दै निर्माण टिमले देशभरका आठ प्रमुख सहरमा एकसाथ पोस्टर सार्वजनिक गरेर दर्शकको ध्यान खिच्ने प्रयास गरेको छ। काठमाडौं, झापा, धरान, इटहरी, विराटनगर, वीरगञ्ज, बुटवल र नेपालगञ्जमा शनिबार दिउँसो साढे ३ बजे बेलुन उडाउँदै फिल्मको पोस्टर सार्वजनिक गरिएको हो। “देशैभर एकसाथ पोस्टर सार्वजनिक गरेर चलचित्रप्रति उत्सुकता जगाउने उद्देश्य राखेका हौं,” निर्माता बिमल न्यौपानेले बताए। फिल्मको प्रचारप्रसारलाई फरक ढंगले प्रस्तुत गर्दै मोफसलका दर्शकमाझ…
पुरा पढौ