श्रीधराचार्य जन्मोत्सव २०८२, बागलुङमा ३ जना पत्रकार सम्मानित हुने

-


     हिडन खबर    
     श्रावण २५ गते २०८२ मा प्रकाशित


बागलुङ । वैकुण्ठवासी श्रीश्रीधराचार्य त्रिदण्डी रामानुज जियर स्वामीजी महाराजको ८६औं जन्मक्षेत्र अवसरमा बागलुङको कुडुलेस्थित श्रीरङ्गवैकुण्ठ मुक्तिनारायण मन्दिरमा श्रावण २५ देखि २७ गतेसम्म त्रिदिवसीय जन्मोत्सव हुने भएको छ।

मन्दिर व्यवस्थापन समितिका अनुसार जन्मोत्सवमा अखण्ड श्रीहरि नाम संकीर्तन, १००८ आवृत्ति श्रीविष्णुसहस्रनाम पाठ, आचार्य आराधना र प्रवचनलगायत धार्मिक कार्यक्रमहरू सञ्चालन हुनेछन्।

यस अवसरमा शालग्राम क्षेत्र संरक्षण र सौन्दर्यीकरणमा महत्वपूर्ण योगदान पुर्‍याएको योगदानका लागि पत्रकारहरू राजेशचन्द्र राजभण्डारी, कोपिला कडेल र सुवास आचार्यलाई विशेष सम्मान प्रदान गरिने कार्यक्रम तय गरेको छ ।

कार्यक्रमको आयोजना श्रीङ्गवेङ्कटेश मुक्तिनारायण मन्दिर, शालग्राम क्षेत्र, कुडुले फेदी, बागलुङले गर्न लागेको हाे ।