अर्थतन्त्र

नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाद्वारा जिल्ला प्रशासन कार्यालयमा धर्ना

बागलुङ ,नेपाल पत्रकार महासङ्घको केन्द्रीय निर्णयअनुसार नेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले शुक्रबार जिल्ला प्रशासन कार्यालय बागलुङको मूल गेट अगाडि धर्ना कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा सहभागी पत्रकारहरूले “प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी संवैधानिक हकको रक्षा गर” तथा “सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाचारी निर्णय खारेज गर” भन्ने मागसहितका प्लेकार्ड बाेकेर धर्नामा बसेका थिए। पत्रकार महासङ्घले लोकतन्त्रको आधार स्तम्भका रूपमा रहेको स्वतन्त्र प्रेसमाथि हुने कुनै पनि प्रकारका हस्तक्षेप, विभेद र अंकुशप्रति सचेत रहँदै नागरिकलाई सुसूचित गर्ने अधिकारको संरक्षण गर्न आफू… पुरा पढौ

कास्की जिल्ला समन्वय समितिकाे नवौं जिल्ला सभा सम्पन्न

अनुगमनकारी संस्थाका रुपमा जि.स.स.लाइ थप सुदृढ गर्ने गरी संविधान संसोधन गर्न माग जेठ २९ ,पोखरा कास्कीको नवौं जिल्ला सभा शुक्रबार सम्पन्न भएको छ । सभाको गण्डकी प्रदेश सभाका सदस्यहरू प्रकाश बराल ,देवका पाहारी, नन्दकला नेपालीले संयुक्त उदघाटन उद्घाटन गर्नु भएको थियो । सो क्रममा प्रदेश सभा सदस्य प्रकाश बरालले जिल्ला समन्वय समिति बर्तमान कानुनि ब्यबस्था अनुसार ,प्राप्त अधिकारको उच्चतम सदुपयोग मार्फत प्रभाबकारी कार्य सम्पादनमा तल्लिन रहेको भन्दै यसको थप मजबुतिकरणका सन्दर्भमा कानुन निर्माण र अन्य ब्यबस्थापनका बिषयमा प्रयत्नशील रहने उल्लेख… पुरा पढौ

खुला डुंगा दौड प्रतियोगिताको उपाधि फेवालाई

लेखनाथ — बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा बुधबार सम्पन्न छैटौँ संस्करणको खुला डुंगा दौड प्रतियोगितामा फेवा डुंगा व्यवसायी संगठनले उपाधि हात पारेको छ। महिला तथा पुरुष दुवैतर्फको प्रतिस्पर्धामा पहिलो, दोस्रो र तेस्रो स्थानमा विजय हासिल गर्दै फेवाले उपाधि कब्जा गरेको हो।महिला तर्फ एक हजार मिटर दुरीको दौडमा फेवा डुंगा व्यवसायी समितिकी सन्तमाया जलारीको टोलीले २० मिनेट १६ सेकेन्डमा दुरी पार गर्दै प्रथम स्थान प्राप्त गर्‍यो। फेवाकै उषा गुरुङको टोलीले २० मिनेट ४९ सेकेन्डमा दुरी पार गर्दै द्वितीय स्थान हासिल गर्‍यो… पुरा पढौ

नुवाकोटमा राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ को तयारी तीव्र

नुवाकोट । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले आयोजना गर्न लागेको ३१औँ राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३ को तयारी तीव्र पारिएको छ। प्रतिष्ठानको आयोजनामा हुने प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गतेसम्म नुवाकोटको विदुर–४ स्थित प्रशिक्षण केन्द्रमा सञ्चालन हुने जनाइएको छ। नेपालको लोकसंस्कृति संरक्षण, स्रष्टाको सम्मान तथा नयाँ प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको प्रतियोगितामा देशभरका कलाकार, सर्जक तथा लोकदोहोरीकर्मीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगिताले नेपाली लोकदोहोरी गीतको विकास, प्रवर्द्धन र पुस्तान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास आयोजकले व्यक्त गरेका… पुरा पढौ

सिवाइसी साकोस बागलुङको योजना तर्जुमा तथा वित्तीय विश्लेषण तालिम सम्पन्न

बागलुङ, जेठ २७ सिवाइसी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बागलुङको आयोजनामा योजना तर्जुमा तथा वित्तीय विश्लेषणसम्बन्धी दुईदिने तालिम सम्पन्न भएको छ। आगामी आर्थिक वर्षको वार्षिक योजना निर्माण, लक्ष्य निर्धारण तथा संस्थाको वित्तीय अवस्थाको समीक्षा गर्ने उद्देश्यले आयोजित तालिममा सञ्चालक, सल्लाहकार, विभिन्न सेवा केन्द्र सञ्चालन व्यवस्थापन उपसमितिका पदाधिकारी, विभागीय प्रमुख तथा संस्थाका २५ सेवा केन्द्रअन्तर्गतका सात इलाका कार्यालयका प्रतिनिधि कर्मचारीहरूको सहभागिता रहेको थियो। सेवा केन्द्र प्रमुखहरूको सहभागितामा मंगलबार र बुधबार सञ्चालन गरिएको तालिममा संस्थाको शुद्धीकरण तथा सुदृढीकरण, सदस्य व्यवस्थापन, वित्तीय… पुरा पढौ

बेगनासतालमा छैटौं डुंगा दौड प्रतियोगिता हुँदै

लेखनाथ, जेठ २७ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा जेठ २७ गते लेखनाथस्थित बेगनासतालमा छैटौं संस्करणको खुला पुरुष तथा महिला डुंगा दौड प्रतियोगिता आयोजना हुने भएको छ। बेगनासतालको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचारप्रसार गर्ने, ताल क्षेत्रमा हुन सक्ने सम्भावित दुर्घटना तथा जोखिमबारे सचेतना फैलाउने, तालको महत्वबारे जानकारी गराउने तथा खेलकुदमार्फत आन्तरिक पर्यटक आकर्षित गरी पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको समितिका अध्यक्ष नवराज बाँस्तोलाले जानकारी दिनुभयो। अध्यक्ष बाँस्तोलाका अनुसार पुरुषतर्फ बेगनासताल डुंगाघाटबाट रातोटुँडा र कँडेलटुँडाबीचको करिब दुई किलोमिटर… पुरा पढौ

‘झलि’को लहर विदेशसम्म : गायक अर्जुन सापकोटा नेपाल फेस्टिभल डार्विनका लागि अस्ट्रेलिया प्रस्थान

नेपाली संगीत क्षेत्रमा पछिल्लो समय गायक अर्जुन सापकोटाको नाम विशेष चर्चामा रहेको छ। उनको स्वरमा सार्वजनिक भएको ‘झलि’ गीतले छोटो समयमै श्रोतामाझ उल्लेखनीय लोकप्रियता हासिल गर्दै सामाजिक सञ्जालदेखि विभिन्न डिजिटल प्लेटफर्मसम्म व्यापक चर्चा बटुलिरहेको छ। सुमधुर प्रस्तुति, मन छुने शब्द र अर्जुनको आकर्षक गायन शैलीका कारण ‘झलि’ धेरै संगीतप्रेमीहरूको रोजाइमा पर्न सफल भएको छ। विशेषगरी युवापुस्तामाझ गीतले छुट्टै प्रभाव छोडेको देखिन्छ। ‘झलि’को यही सफलताबीच अर्जुन सापकोटा अस्ट्रेलिया प्रस्थान गरेका छन्। उनी आगामी जुन १३ मा डार्विनमा आयोजना हुने ‘नेपाल फेस्टिभल… पुरा पढौ

पाेखरा विमानस्थलमा स्मार्ट डिस्प्ले बोर्ड स्थापना

पोखरा उद्योग वाणिज्य संघले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा गण्डकी प्रदेशका प्रमुख पर्यटकीय गन्तव्यहरूको जानकारी प्रदान गर्ने उद्देश्यले स्मार्ट डिस्प्ले बोर्ड स्थापना गरेको छ। पाेखरामा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष अञ्जन श्रेष्ठले उक्त बोर्डको उद्घाटन गरेका हुन्। पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीका अनुसार नेपाल नागरिक उड्डयन प्राधिकरण, पोखरा कार्यालयसँगको समन्वयमा विमानस्थलको आगमन कक्षमा राखिएको उक्त बोर्डमार्फत गण्डकी प्रदेशका विभिन्न पर्यटकीय गन्तव्यहरूको परिचय तथा जानकारी प्रदान गरिनेछ। पोखरा आउने आन्तरिक तथा बाह्य… पुरा पढौ

बुबाको सम्झनामा मानव सेवा आश्रमलाई सरसफाइ सामग्री सहयोग

बागलुङ, जेठ २६ बुबा देवीप्रसाद गौतमको स्मृतिमा उहाँका छोराद्वय ओमप्रकाश गौतम र बलराम गौतमले मानव सेवा आश्रम, बागलुङलाई सरसफाइ सामग्री सहयोग गर्नुभएको छ। बागलुङ नगरपालिका–३ लालिगुराँस चोक निवासी दाजुभाइ ओमप्रकाश गौतम (गौतम इलेक्ट्रोनिक्सका सञ्चालक) र बलराम गौतम (न्यू गौतम फेन्सी स्टोर्सका सञ्चालक)ले पितृ स्मरणस्वरूप आश्रममा आश्रित लक्ष्मीनारायण तथा बालगोपालज्यूहरूको सेवा–सुविधा सहज बनाउन आवश्यक सरसफाइ सामग्री सप्रेम अर्पण गर्नुभएको हो। उक्त सामग्री आश्रमकी सञ्चालिका विपना तामाङलाई हस्तान्तरण गरिएको थियो। गौतम परिवारले मानवीय सेवाभावका साथ गरेको सहयोगले आश्रममा आश्रित व्यक्तिहरूको दैनिक जीवन… पुरा पढौ

कुलेन्द्र विश्वकर्माको ‘सानो मन नगर’ सार्वजनिक, प्रेम र विश्वासको सुन्दर कथाले जित्दै दर्शकको मन

नेपाली लोकसंगीत क्षेत्रमा निरन्तर उत्कृष्ट सिर्जना प्रस्तुत गर्दै आएका गायक कुलेन्द्र विश्वकर्माले आफ्नो नयाँ गीत ‘सानो मन नगर’ सार्वजनिक गरेका छन्। चर्चित गायिका मेलिना राईसँगको सुमधुर युगल स्वर रहेको यो गीत सार्वजनिक भएसँगै युट्युब तथा सामाजिक सञ्जालमा दर्शक–श्रोताबाट उल्लेखनीय साथ पाइरहेको छ। गीतले प्रेम सम्बन्धमा देखिने भावनात्मक उतार–चढाव, एकअर्काप्रतिको विश्वास र मायाको गहिराइलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ। शब्दकार नवराज पन्तले सरल तर मन छुने शब्दमार्फत संवेदनशील भावनालाई जीवन्त बनाएका छन् भने बसन्त थापाको संगीतले गीतलाई थप आकर्षक बनाएको छ।भिडियोमा… पुरा पढौ