अर्थतन्त्र

चलचित्र ‘लाज शरणम्’मा धुर्मुस अर्थात् सिताराम कट्टेल

काठमाडौं । हास्य टेलिसिरियल ‘मेरी बास्सै’लगायत विभिन्न टेलिचलचित्र, छोटा चलचित्र, विज्ञापन र चलचित्रहरूमा फरक-फरक भूमिकामा अभिनय गर्ने बहुप्रतिभाशाली कलाकार हुन्, धुर्मुस अर्थात् सिताराम कट्टेल । हाल    प्रदर्शनरत चलचित्र ‘लाज शरणम्’मा उनले गरेको फरक ढंगको क्यारेक्टरको कारण यतिखेर चर्चामा छन् । उनले यो क्यारेक्टर गर्नका लागि ठूलो सङ्घर्ष, मेहनत र दुःख गरेको प्रष्टै देखिएको छ । जब ‘लाज शरणम्’का लेखक तथा निर्देशक कुमार कट्टेल जिग्री र उनको समूहले स्क्रिप्ट तयार पार्‍यो र सक्किगोनी टिमको तर्फबाट यो चरित्र निर्वाह गर्नका लागि धुर्मुसलाई प्रस्ताव गर्‍यो ।… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ

काठमाडौं । चलचित्र ‘लाज शरणम्’मा बिदा सकिएपछिको पहिलो ‘अफ डे’मा पनि दर्शकको राम्रो साथ पाएको छ । आइतबार दिउँसो २ बजे पछिका शो मा दर्शकको राम्रो अकुपेन्सीसहित यो चलचित्र चल्यो । काठमाडौंको सेन्टरमा रहेका हल र मोफसलमा पनि यो चलचित्रले राम्रो व्यापार गरेको वितरक तथा निर्माणपक्षले जनाएको छ । बिदाका दिनमा पनि राम्रो अकुपेन्सी पाउने सहजै विकेन्डसम्म पुग्न र आउँदो बिदामा पनि शो र दर्शक पाउने संकेत हो । दर्शकको राम्रो साथ पाउँदा निर्माणपक्ष उत्साहित छ । दर्शकको साथ रहेकाले… पुरा पढौ

‘वरिष्ठ बलराम’को शुभ मुहूर्त, छायाँकन सुरु

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’को शुभ मुहूर्त गरिएको छ । बुधवार टाइटल टिजर सार्वजनिक गर्दै रिलिज डेट घोषणा गरेको चलचित्रको आज शुभ मुहूर्त गरिएको हो ।निर्माणपक्षले आज काठमाडौंको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायाँकन सुरु भएको छ । लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने चलचित्रलाई सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राईको मुख्य भूमिका रहने चलचित्रमा माओत्से गुरुङ,  प्रदीप चौधरी, रामबाबु रेग्मीलगायतका कलाकारको पनि अभिनय रहनेछ । ‘वरिष्ठ बलराम’ नेपाली फिल्म उद्योगका… पुरा पढौ

चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा

काठमाडौं । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ । विश्वभर हिन्दी र नेपाली भाषामा रिलिज हुने यो चलचित्रको थिम पोस्टरले चक्रव्यूह र पैसाबीचको संघर्षलाई प्रस्तुत गर्ने संकेत गरेको छ । पैसाको प्रलोभनमा चक्रव्यूहमा फस्ने र त्यहाँबाट उम्किन खोज्ने पात्रले गरेको संघर्षको कथा सिनेमाले भन्ने अनुमान लगाउन सकिन्छ ।… पुरा पढौ

बागलुङ समाज कल्याण केन्द्र काठमाडौंको ३२औँ साधारण सभा सम्पन्न

काठमाडौं ।बागलुङ जन्मघर भई काठमाडौंमा बसाेबास र व्यवसायी गर्दै आएका बागलुङेहरुले समाजका सदस्यहरुको भलाईको लागि २०३९ सालमा स्थापना गरेकोबागलुङ समाज कल्याण केन्द्र काठमाडौंको ३२औँ साधारण सभा तथा अधिवेशन शनिबार  काठमाडौंमा भएको छ । साधारण सभामा बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका अध्यक्ष रसुमिला श्रेष्ठले समाजको गतिविधि प्रस्तुत गरेकी थिइन् ।साथै सचिव किस्मतमणि श्रेष्ठले प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा प्रदेश सांसद यमुना श्रेष्ठ, बागलुङ समाज कल्याण केन्द्र काठमाडौंका संस्थापक सदस्य दिल विकास राजभण्डारी, बागलुङ समाजका पूर्वअध्यक्ष… पुरा पढौ

मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक

काठमाडौं । व्यापारिक रूपमा सफलताका साथ चलिरहेको चलचित्र ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । निर्माण टिमले रिलिजको तेस्रो दिनमा सार्वजनिक गरेको यो गीतमा सुरज पण्डितको स्वर रहेको छ । कुमार कट्टेलको निर्देशन रहेको चलचित्रको गीतमा वसन्त उदासको शब्द र संगीत समावेश गरिएको छ । गीतको भिडियोमा डोल्पाका मनोरम दृश्यहरू समेटिएको छ भने, कर्णालीको विपन्न परिवारको कथा देखाइएको छ । भिडियोले एक दम्पतीको दुःखसुख र संघर्षलाई भावुक ढंगले प्रस्तुत गरेको छ । गीतको भिडियो हेर्दा कर्णालीका… पुरा पढौ

चलचित्र ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ

काठमाडौं । बुधबारबाट प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले चलचित्रको तारिफ गरिरहेका छन् । चलचित्रले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन् । हलमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको क्यारेक्टरको तारिफ गरिरहेका छन् । उनले हसाएको बताएका छन् । “धुर्मुसको क्यारेक्टरले हसायो । नेताहरूप्रति गरेको व्यङ्गय मन पर्यो,l” विग मुभिज पुगेका एक दर्शकले भने, “समग्रमा सिनेमाले मन पर्यो । कमेडी, व्यङ्ग्य र म्यासेज सबै मनपर्यो अर्का एक दर्शकले भने, “धेरै समयपछि… पुरा पढौ

चलचित्र ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा

काठमाडौं । चलचित्र ‘वरिष्ठ बलराम’ले रिलिज डेट घोषणा गरेको छ । शिवरात्रीको अवसर पारेर बुधबार अबेर साँझ टाइटल टिजर सार्वजनिक गर्दै निर्माणपक्षले रिलिज डेट घोषणा गरेको हो । निर्देशक सुरेन्द्र पौडेलका अनुसार यो चलचित्र तिहारको लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुनेछ । चलचित्रमा दयाहाङ राई, विजय बराल, पशुपति राई, समृद्धि अर्याल, माओत्से गुरुङलगायत कलाकारको अभिनय रहनेछ । नेपाली फिल्म उद्योगका कुशल सम्पादक सुरेन्द्र पौडेलको यो चौथो निर्देशकीय चलचित्र हो । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा… पुरा पढौ

बर्जु तालको संरक्षण र विकासका लागि अध्यक्ष प्रचण्डसँग माग

सुनसरी, १५ फागुन । चिमडी बर्जु ताल सिमसार विकास तथा संरक्षण समिति सुनसरीले पूर्वी नेपालकै ठूलो मध्येको एक बर्जु ताललाई भूमाफियाको चङ्गुलबाट जोगाउँदै आवश्यक संरक्षण र विकासका लागि पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आग्रह गरेको छ। जनतासँग माओवादी, तराई मधेस जागरण अभियानको क्रममा तालको अवलोकन गर्ने क्रममा समितिले यस्तो आग्रह गरेको हो। कुनै बेला तीन सय बिघामा फैलिएको ताल २०२५ सालको सर्वे नापीपछि १५२ बिघा कायम भएको र तालको जग्गा हत्याउन सकिन्छ कि भनेर भूमाफियाहरु लाग्ने… पुरा पढौ

भूठान’का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरे

काठमाडौं । २०८२ बैशाख १२ मा प्रदर्शन हुने चलचित्र 'भूठान'का निर्माता अविरल थापाले ठक्कर’ बोलको गीत युट्युव च्यानल अवेकन प्रोडक्सनबाट सार्वजनिक गरेका छन् । गीतमा पोखराका चर्चित गायक विनोद बानियाँको स्वर र संगीत रहेको छ । गीतको म्यूजिक भिडियोमा नेपाली रजतपटका लोकप्रिय कलाकार राजवल्लभ कोइराला,सीतादेवी तिमिल्सिना लगायत अन्य कलाकारको अभिनय रहेको छ भने भिडियोलाई सानो संसार चलचित्रका निर्देशक सिद्धार्थ पुडासैनीले निर्देशन गरेकाछन् । एक्टर टेक वन चलचित्रको प्रदर्शन ताका राजवल्लभ कोइराला नेपाल आएको मौका छोपी सो म्युजिक भिडियाको छायाँकन भएको… पुरा पढौ