अर्थतन्त्र

सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि महायज्ञ जारी, दुई दिनमै ८५ लाख संकलन

पोखरा, भदौ १९ पोखरा महानगरपालिका–५, प्रस्याङस्थित धार्मिक तथा ऐतिहासिक महत्व बोकेको सन्तानेश्वर महादेव मन्दिरको पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी रहेको छ। महायज्ञको दोस्रो दिन बिहीबारसम्म करिब ८५ लाख रुपैयाँ सहयोग रकम संकलन भएको आयोजकले जनाएको छ। प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद पराजुलीका अनुसार सन्तानेश्वर महादेव मन्दिर संरक्षक परिवारका दाता सुरेशचन्द्र कोइराला, शान्तिकुमारी कोइराला, सूर्य कोइराला, लक्ष्मणप्रसाद कोइराला र सुवासचन्द्र कोइरालाले संयुक्त रूपमा ३५ लाख रुपैयाँ सहयोग प्रदान गरेका छन्। त्यस्तै, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष… पुरा पढौ

लायन्स क्लब अफ निसिखोला र समाजसेवी कुँवरद्वारा बाढीपीडितलाई सहयोग

बागलुङ, भदौ १९ देशका विभिन्न क्षेत्रमा आएको बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले लायन्स क्लब अफ निसिखोलाले आर्थिक सहयोग प्रदान गरेको छ। क्लबले संस्थागत रूपमा रु. ३३ हजार ३३३ सहयोग गरेको जनाएको छ। त्यसैगरी, लायन्स क्लब अफ निसिखोलाका तृतीय उपाध्यक्ष तथा हिरदेवी कन्स्ट्रक्सनका सञ्चालक युवा समाजसेवी डीबी कुँवरले व्यक्तिगत रूपमा रु. १ लाख ५५ हजार ५५५ सहयोग गरेका छन्। बाढीपीडितको दुःखमा साथ दिने मानवीय भावनाका साथ उक्त सहयोग रकम उपलब्ध गराइएको क्लबले जनाएको छ। प्राकृतिक विपत्तिका बेला… पुरा पढौ

विकास आयोजनाका समस्या समाधान गर्न जिसस कास्कीको समन्वय बैठक

पोखरा, १८ भदौ । जिल्ला समन्वय समिति (जिसस) कास्कीले जिल्लामा सञ्चालनमा रहेका विकास आयोजनाका समस्या तथा अवरोध समाधानका लागि बिहीबार विकास समन्वय बैठक सम्पन्न गरेको छ। बैठकमा बोल्दै जिसस कास्कीका प्रमुख लिलाधर पौडेलले निर्माणाधीन आयोजनाहरू समयमै सम्पन्न नहुँदा सर्वसाधारण सेवाग्राही प्रत्यक्ष रूपमा प्रभावित भइरहेको बताउनुभयो। उहाँले विकास आयोजनाहरूलाई निर्धारित समयमै सम्पन्न गर्न सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय अपरिहार्य रहेको उल्लेख गर्नुभयो। प्रमुख पौडेलले पोखरा तथा कास्की क्षेत्रमा सञ्चालनमा रहेका विद्युत, सडक र विमानस्थलसँग सम्बन्धित विकास आयोजनाका क्रममा देखिएका विवाद तथा समस्याहरूलाई… पुरा पढौ

निसीखोला व्यापार व्यवसायी संघद्वारा बाढीपीडितका लागि रु. ३५ हजार ५५५ सहयोग

बागलुङ, १८ भदौ । निसीखोला व्यापार व्यवसायी संघले हालैको बाढी तथा प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ३५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ। संघले बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै आफ्नो संस्थागत निर्णयअनुसार उक्त रकम कोषमा जम्मा गरेको जनाएको छ। संघका अध्यक्ष चेतराम पौडेल, उपाध्यक्ष खिम विक्रम गिरी, महासचिव शिव कार्की तथा कार्यसमिति सदस्यहरूको उपस्थितिमा बसेको बैठकले सहयोग गर्ने निर्णय गरेको थियो। संघले विपद्को कठिन घडीमा सबै क्षेत्रबाट मानवीय सहयोग आवश्यक… पुरा पढौ

९ घण्टाको कठिन यात्रा गर्दै बाढीपीडितसम्म पुग्यो लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल

काठमाडौं, १८ भदौ भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिका–७, तुप्चे लगायतका क्षेत्रमा राहत सामग्री वितरण गर्न लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको टोली प्रभावित बस्तीमा पुगेको छ। बाढीका कारण समस्यामा परेका परिवारहरूको पीडामा साथ दिन डिस्ट्रिक्टको टोली राहत सामग्रीसहित प्रभावित क्षेत्रमा पुगेको हो। क्षतिग्रस्त सडक, पहिरो र जोखिमपूर्ण बाटो पार गर्दै टोलीले करिब ९ घण्टाको कठिन यात्रा गरेर बाढीपीडित समुदायसम्म राहत पुर्‍याएको जनाएको छ। डिस्ट्रिक्टका अनुसार राहत वितरण केवल सामग्री हस्तान्तरणमा सीमित नभई विपद्को घडीमा पीडित नागरिकसँग… पुरा पढौ

रसुवा बाढीपीडितका लागि भण्डारी तमु समाजको एक लाख १७ हजार सहयोग

लेखनाथ, १७ भदौ । रसुवामा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले पोखरा महानगरपालिका–२९ स्थित भण्डारी तमु समाजले एक लाख १७ हजार ६ सय २५ रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। समाजका सदस्य तथा पदाधिकारीहरूबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने समाजले जनाएको छ। बुधबार समाजको भवनमा आयोजित कार्यक्रममा उक्त सहयोग रकम सार्वजनिक गरिएको हो। कार्यक्रममा समाजका अध्यक्ष अरुणकुमार गुरुङ, निवर्तमान अध्यक्ष ईश्वरबहादुर गुरुङ, उपाध्यक्ष भूपेन्द्र गुरुङ, सचिव कल्पना… पुरा पढौ

बाढीपीडितका लागि पद्म नर्सिङ होमद्वारा रु. १ लाख ११ हजार १११ सहयोग

पोखरा, १८ भदौ । पद्म नर्सिङ होम प्रा.लि., नदिपुर–पोखराले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि रु. १ लाख ११ हजार १११ आर्थिक सहयोग गरेको छ। नर्सिङ होमले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको जनाएको छ। संस्थाले सो बराबरको चेक नबिल बैंक लिमिटेडमा रहेको कोषको खातामा जम्मा गरेको हो। गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका नदी तटीय क्षेत्र प्रभावित… पुरा पढौ

बाढीपीडितका लागि लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा राहत सङ्कलन सुरु

लेखनाथ, १७ भदौ ।भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाका नागरिकलाई सहयोग गर्ने उद्देश्यले लेखनाथ उद्योग वाणिज्य सङ्घले राहत सङ्कलन अभियान सुरु गरेको छ। गत भदौ १० गते आएको बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएपछि सङ्घले प्रभावित परिवारको सहयोगका लागि राहत सङ्कलन अभियान अघि बढाएको हो। सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले बाढीमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्। उनले बेपत्ता व्यक्तिहरूको खोजी तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउनुपर्ने बताइन्। “समग्र… पुरा पढौ

खाजाको पैसा बचाएर जुनियर रेडक्रसका विद्यार्थीले गरे बाढीपीडितलाई सहयोग

लेखनाथ, १७ भदौ देशका विभिन्न स्थानमा बाढीपहिरोले ठूलो जनधनको क्षति भइरहेका बेला कास्कीका विद्यार्थीले आफ्नो खाजाका लागि छुट्याएको रकमसमेत बचाएर बाढीपीडितलाई सहयोग गरेका छन्। नेपाल जुनियर रेडक्रस सर्कल, त्रिभुवन शान्ति माध्यमिक विद्यालय, कास्कीले भोटेकोशी नदीको बाढीबाट प्रभावित नागरिकको राहतका लागि २५ हजार ३ सय ३५ रुपैयाँ सहयोग गरेको हो। विद्यालयमा अध्ययनरत विद्यार्थी तथा शिक्षकबाट संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको विद्यालयले जनाएको छ। सहयोग संकलन अभियान सर्कलका अध्यक्ष सुदीक्षा सुवेदी, उपाध्यक्ष प्रयोग न्यौपाने, सचिव अग्रिम कँडेल, कोषाध्यक्ष… पुरा पढौ

बाढीपीडितको सहयोगमा रोटरी क्लब सक्रिय, प्रधानमन्त्री राहत कोषमा सहयोग हस्तान्तरण

काठमाडौं, भदौ १७ देशका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि विभिन्न संघ–संस्थाले सहयोग अभियानलाई तीव्र बनाइरहेका बेला रोटरी क्लबहरू पनि मानवीय सेवामा सक्रिय बनेका छन्। रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतको रोटरी क्लब अफ महाराजगञ्जले बाढीपीडितको सहयोगार्थ संकलन गरेको १ लाख ७५ हजार रुपैयाँ डिस्ट्रिक्ट गभर्नर विष्णुबहादुर कार्की मार्फत प्रधानमन्त्री राहत कोषमा जम्मा गर्न राेटरी क्लब अफ महाराजगन्जका चार्टर प्रिसिडेन्ट डाक्टर जयबहादुर टन्डनले हस्तान्तरण गरेका थिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा क्लबका अध्यक्ष निर्मल… पुरा पढौ