अर्थतन्त्र

चलचित्र ‘द ब्ल्यू लाइट माघ १६ गते रिलिज हुँदै

काठमाडौं माघ ७ आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदैछ । यसमा अनुभवी कलाकारहरूको अभिनय रहनेछ, जसले आफूलाई दर्शकमाझ पहिल्यै प्रमाणित गरिसकेका छन्। अभिनय क्षेत्रमा अब्बल मानिएका कलाकारहरूको सहभागिता रहेको यो चलचित्रमा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरेकी थिइन्। यस चलचित्रका अर्को मुख्य कलाकार महेश त्रिपाठी हुन्। उनले ‘हल्कारा’मार्फत अब्बल दर्जाको अभिनेता भनेर पहिचान बनाएका थिए। हाल हलमा प्रदर्शन भइरहेको चलचित्र ‘परान’मा पनि महेशको अभिनय देख्न सकिन्छ। अर्पण थापा नेपाली चलचित्र… पुरा पढौ

चलचित्र ‘द ब्ल्यू लाइट माघ १६ गते रिलिज हुँदै

काठमाडौं माघ ७ आगामी माघ १६ गते चलचित्र ‘द ब्ल्यू लाइट’ रिलिज हुँदैछ । यसमा अनुभवी कलाकारहरूको अभिनय रहनेछ, जसले आफूलाई दर्शकमाझ पहिल्यै प्रमाणित गरिसकेका छन्। अभिनय क्षेत्रमा अब्बल मानिएका कलाकारहरूको सहभागिता रहेको यो चलचित्रमा अभिनेत्री बेनिशा हमाल छिन्, जसले ‘ब्लाइन्ड रक्स’मार्फत आफ्नो अभिनय क्षमता प्रमाणित गरेकी थिइन्। यस चलचित्रका अर्को मुख्य कलाकार महेश त्रिपाठी हुन्। उनले ‘हल्कारा’मार्फत अब्बल दर्जाको अभिनेता भनेर पहिचान बनाएका थिए। हाल हलमा प्रदर्शन भइरहेको चलचित्र ‘परान’मा पनि महेशको अभिनय देख्न सकिन्छ। अर्पण थापा नेपाली चलचित्र… पुरा पढौ

चलचित्र ‘शिवांश’को गीत सार्वजनिक

काठमाडौं । चलचित्र ‘शिवांश’को गीत सार्वजनिक गरिएको छ । निर्माण पक्षले आज युट्युबमार्फत गीत सार्वजनिक गरेको हो।  ‘बैंश भुसुक्कै’ बोलको गीतमा राजनराज शिवाकोटी र समीक्षा अधिकारीको स्वर रहेको छ। गीतमा राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द तथा राजनराज स्वयंको संगीत रहेको छ।  लोकलयमा आधारित प्रेमिल गीतमा टिपिकल नेपाली शब्द प्रयोग गरिएको छ। गाउँबेसीमा प्रचलित मिठासपूर्ण शब्द र लयले गीतलाई आकर्षक बनाएको छ।  गीतमा प्रेमी–प्रेमिकाले एकअर्कालाई गरेको तारिफ प्रस्तुत गरिएको छ। भाग्य, मायामोह, प्रेम र आकर्षणजस्ता भावनाहरू गीतमा समेटिएका छन्। गीतको… पुरा पढौ

बागलुङ उद्योग बाणिज्य संघबाट गण्डकी प्रदेश अध्यक्षमा कडेल जिल्ला नगर तर्फ पाैडेल र केन्द्रमा राजभण्डारीलाइ उमेदवार

बागलुङ, माघ ३ नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र र उद्योग बाणिज्य संघ गण्डकी प्रदेशमा तीन जनालाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ। शनिवार सम्पन्न बैठकले आसन्न ९ आ‌ै नेपाल उद्योग बाणिज्य संघ गण्डकी प्रदेशमा संस्थाका निवर्तमान अध्यक्ष नरेश कडेललाई महासंघ प्रदेश अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेको छ। संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। त्यस्तै, गण्डकी प्रदेश कार्यसमिति सदस्य दयाराम पौडेललाई जिल्ला नगरतर्फबाट सदस्य पदमा उम्मेदवार बनाउने निर्णय गरिएको छ। साथै, पूर्व अध्यक्ष तथा… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघको ६२औं साधारण सभा फागुन २० गते

बागलुङ, माघ ३ बागलुङ उद्योग वाणिज्य संघको ६२औं साधारण सभा तथा स्थापना दिवस आगामी फागुन २० गते आयोजना गर्ने निर्णय गरिएको छ। संघका अध्यक्ष राजन कुमार शाक्यको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो। बैठकले नेपाल उद्योग वाणिज्य महासंघ केन्द्र र गण्डकी प्रदेशमा तीन जनालाई उम्मेदवार बनाउने निर्णय पनि गरेको छ। शनिवार सम्पन्न बैठकले आसन्न ९औं प्रदेश सभामा संस्थाका निवर्तमान अध्यक्ष नरेश कडेललाई महासंघ प्रदेश अध्यक्ष पदका लागि उम्मेदवार घोषणा गरेको छ। त्यस्तै, गण्डकी प्रदेश कार्यसमिति सदस्य दयाराम पौडेललाई जिल्ला… पुरा पढौ

पूर्वकर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेस्रो वार्षिक साधारण सभा

काठमाडौं ।माघ २ पूर्वकर्मचारी मञ्च, कर्मचारी सञ्चय कोषको तेस्रो वार्षिक साधारण सभा राजधानीमा शुक्रबार सम्पन्न भएको छ । कर्मचारी बदमाश छन् घुस खालान तर तिनिहरू संग देश र समाजको लागि चाहिने ज्ञान छ खारिएकाे दिमाग छ त्यसलाई उपयाेग गर्नुपर्ने लाेक सेवा आयोगका पुर्व अध्यक्ष उमेश मैनालीले बताउनुभयो । अरू देशमा कर्मचारीकाे ज्ञान र अनुभव लाई लिने गरेको मात्र छैन कर्मचारी बाटै मन्त्री बनाउने गरेको उदाहरण भएको उहाँको भनाई थियो । आफ्नो हकहितको लागि कर्मचारी संगठन आवश्यक पर्ने महशुस गरेर सुखदुःखकाे साथी… पुरा पढौ

सहकारी ठगीका नाइके लामिछानेलाई उन्मुक्ति दिनु आपत्तिजनक : जेन्जी मुभमेन्ट

काठमाडौँ । जेन्जी मुभमेन्ट नेपालले सहकारी ठगी प्रकरणका मुख्य नाइके रवि लामिछानेलाई उन्मुक्ति दिन खोजिएको भन्दै कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ताबाट शक्तिको दुरुपयोग गरी १६–१७ वर्षका किशोरीहरूलाई बेहोस बनाई डिम्ब बिक्री गर्ने जघन्य अपराधमा संलग्न गिरोहलाई गैरकानुनी रूपमा संरक्षण गरिएको घटनापछि आफूहरूले तत्काल बर्खास्तीको माग गरेको मुभमेन्टले जनाएको छ। मुभमेन्टका अनुसार सुशासन र कानुनी राज्य स्थापनाका लागि भएको जेन्जी विद्रोहका क्रममा ७६ जना नागरिकले जीवन बलिदान दिएका थिए भने ३,००० भन्दा बढी नागरिक अङ्गभङ्ग भएका थिए। ती ऐतिहासिक बलिदानमाथि अपराधी… पुरा पढौ

जैमिनी महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता

बागलुङ माघ १ बागलुङको जैमिनी नगरपालिका–१, कुस्मि सेरामा जारी जैमिनी महोत्सवको तेस्रो दिन बुधबार भलिबल प्रतियोगिता तथा गीत–संगीत कार्यक्रम सम्पन्न भयो। बुधबारको कार्यक्रममा कलाकार राजन कार्की र सुनिता सुनारले प्रस्तुति दिएका थिए। साथै लाइभ दोहोरी पनि आयोजना गरिएको थियो। बिहीबार मूल समारोहको दिनमा चन्द्र ढकालद्वारा माघे संक्रान्ति मेलाको उद्घाटन हुने कार्यक्रम तय भएको छ। त्यस अवसरमा कलाकार रचना रिमाल, तेजेश रेग्मीको मिठो प्रस्तुति, कृष्ण अखेलीको विशेष कार्यक्रम, सोहो डान्स तथा लाइभ दोहोरी समेत हुने साहारा क्लबले जनाएको छ। पुरा पढौ

प्रदर्शनमा आयो ‘मिरमिरे’, के भन्छन् दयाहाङ?

काठमाडौं । दयाहाङ राई मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ आजदेखि प्रदर्शनमा आएको छ। माघे संक्रान्तिको अवसर पारेर यो चलचित्र रिलिज गरिएको हो। चलचित्रको मुख्य विषय बुवा–छोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथा हो। नेपाली कलाकारमा उत्साह र लगाव छैन भन्ने धारणा राख्नेहरूलाई ‘मिरमिरे’ले जवाफ दिने विश्वास रहेको र यही कारण आफूले यसमा अभिनय गरेको दयाहाङले बताएका छन्। ‘मिरमिरे’ यम शेर्पाले लेखन तथा निर्देशन गरेको चलचित्र हो। यार्सा फिल्म्सको प्रस्तुति रहेको यसमा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ,… पुरा पढौ

मेला–महोत्सवका लागि देश दौडाहामा व्यस्त गायिका रचना रिमाल

बागलुङ, ३० पुष बागलुङ । पछिल्लो समय देशका विभिन्न जिल्लामा मेला–महोत्सव आयोजना भइरहेका छन्, जसका कारण कलाकारहरूको व्यस्तता बढ्दो छ। तीमध्ये पछिल्लो पुस्ताकी चर्चित गायिका रचना रिमाल सर्वाधिक व्यस्त देखिन्छिन्। पौष ९ गते राष्ट्रिय औद्योगिक प्रदर्शनीबाट सुरु भएको उनको महोत्सव यात्रा हालसम्म दुई दर्जनभन्दा बढी कार्यक्रम पार गरिसकेको छ। त्यसयता उनले धादिङको गल्छी महोत्सव, इलामको सांस्कृतिक कार्यक्रम, तनहुँको दोस्रो भन्सार बजार महोत्सव, कैलालीको अत्तरिया महोत्सव, झापाको दुधे रंगशालामा आयोजित ‘न्यु एयर इभ’ कन्सर्ट, आठौँ पर्वत महोत्सव, बाँकेको कोहलपुर महोत्सव, दाङको… पुरा पढौ