अर्थतन्त्र

बाढी प्रभावित विद्यार्थीलाई शैक्षिक सामग्री तथा मनोसामाजिक सहयोग प्रदान

पर्वत, असोज २० । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत धौलागिरि एरियाका लायन्स क्लबहरूले बाढी प्रभावित विद्यार्थी तथा शिक्षकलाई लक्षित गरी शैक्षिक सामग्री वितरण र मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरेका छन्। पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा मंगलबार आयोजित कार्यक्रममा बाढीबाट प्रभावित विद्यार्थी र शिक्षकहरूलाई आवश्यक स्टेशनरी सामग्री वितरण गर्नुका साथै मनोसामाजिक परामर्श (साइको–एजुकेशन) प्रदान गरिएको हो। ‘Leading with Purpose’ नारासहित सञ्चालन गरिएको कार्यक्रममा धौलागिरि एरियाका लायन्स क्लबहरूको संयुक्त पहलमा रु. १ लाख ५३ हजार १११ बराबरको सहयोग हस्तान्तरण गरिएको आयोजकले… पुरा पढौ

हावाहुरी र वर्षाले धान–कोदोबाली ढल्यो, जैमिनीका किसान चिन्तित

बागलुङ, असोज २० । पछिल्लो समय परेको वर्षा र हावाहुरीका कारण बागलुङको जैमिनी नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको धान तथा कोदोबालीमा क्षति पुगेको छ। पाक्ने अवस्थामा पुगेका बाली ढलेपछि किसानहरू चिन्तित बनेका छन्। स्थानीय किसानका अनुसार हिजो आएको हावाहुरीसहितको वर्षाले खेतबारीमा लगाइएको धान, कोदो लगायतका बाली ढलाएको हो। वर्षभरि मेहनत गरेर हुर्काएको बाली भित्र्याउने समय नजिकिँदै गर्दा मौसममा आएको प्रतिकूल परिवर्तनले किसानको चिन्ता बढाएको छ। विशेषगरी धानमा बाला लागिसकेको अवस्थामा बोट ढलेपछि उत्पादनमा असर पर्ने सम्भावना बढेको किसानहरू बताउँछन्। कतिपय स्थानमा… पुरा पढौ

बाढीपीडितलाई लायन्सको न्यानो साथ, ५० परिवारलाई ब्ल्याङ्केट वितरण

नुवाकोट, असोज २० । प्राकृतिक विपत्तिका बेला पीडितको साथमा उभिने सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका लायन्सकर्मीहरूले बाढी प्रभावित क्षेत्रमा राहत वितरण गरेका छन्। जहाँ समस्या, त्यहाँ लायन्स, जहाँ पीडा, त्यहाँ सेवा’ भन्ने भावनाका साथ नुवाकोटको बेत्रावती, सोले र भैसे क्षेत्रको स्थलगत अवलोकन गर्दै बाढीपीडित परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको हो। सेवामूलक अभियानअन्तर्गत लायन्स क्लब अफ काठमाडौं टेम्पल सिद्धिविनायकका सन्तोष सराफले ब्ल्याङ्केट सहयोग उपलब्ध गराउनुभएको थियो। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालकी लिडर रोजिता वस्तिका अनुसार… पुरा पढौ

टिका सानुको उम्मेदवारी : लोकदोहोरी कलाकारको हकहित र संस्थागत विकासमा जोड

काठमाडौं असाेज २०राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको नवौँ राष्ट्रिय महाधिवेशनमा लोक तथा दोहोरी गायिका टिका सानुले केन्द्रीय महिला सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेकी छन्। करिब १५ वर्षदेखि नेपाली लोक तथा दोहोरी गीत–संगीत क्षेत्रमा सक्रिय सानुले आफ्नो उम्मेदवारी व्यक्तिगत आकांक्षाभन्दा कलाकारको हकहित संरक्षण, लोक तथा दोहोरी संगीतको प्रवर्द्धन तथा प्रतिष्ठानलाई थप सशक्त र प्रभावकारी बनाउने उद्देश्यले दिएको बताएकी छन्। सानुले प्रतिष्ठानका संस्थापक, पूर्व तथा वर्तमान पदाधिकारी, केन्द्रीय तथा प्रदेश समितिका सदस्य, जिल्ला समितिका पदाधिकारी, आजीवन सदस्य तथा महाधिवेशन… पुरा पढौ

बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न

काठमाडौं, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियाका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा शपथग्रहण कार्यक्रम सोमबार काठमाडौंको गोंगबुस्थित बीजी बैंक्वेट्समा सम्पन्न भएको छ। डिस्ट्रिक्टको वार्षिक कार्ययोजना अन्तर्गत आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका फस्ट भाइस गभर्नर बिष्णुहरि फुयालले बागमती एरियाअन्तर्गतका क्लबका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो। कार्यक्रमले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै सेवा, नेतृत्व विकास र सदस्यता विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको आयोजकले जनाएको… पुरा पढौ

खनियाघाट झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालन बन्द, पैदल आवागमन यथावत्

बागलुङ, असोज १९ पर्वत र बागलुङ जोड्ने खनियाघाटस्थित कालीगण्डकी नदीमाथिको झोलुङ्गे पुलमा साेमबार बिहानदेखि मोटरसाइकल, स्कुटरलगायत दुई पाङ्ग्रे सवारीसाधनको आवतजावत पूर्ण रूपमा बन्द गरिएको छ। मालढुङ्गास्थित मोटरेबल पुल क्षतिग्रस्त भई बन्द भएपछि वैकल्पिक मार्गका रूपमा प्रयोग हुँदै आएको खनियाघाट झोलुङ्गे पुलमा सवारीसाधनको चाप अस्वाभाविक रूपमा बढेपछि पुलको सुरक्षा तथा मर्मतसम्भारलाई ध्यानमा राख्दै दुई पाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो। केही समययता मालढुङ्गा मोटरेबल पुल बन्द रहेकाले पर्वत–बागलुङ आवतजावत गर्ने यात्रु तथा सवारीसाधनले वैकल्पिक मार्ग प्रयोग गर्दै आएका थिए। यसक्रममा खनियाघाटको… पुरा पढौ

बाढीपीडित परिवारलाई लायन्स क्लबद्वारा घरायसी सामग्री सहयोग

काठमाडौं, असोज १९लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका विभिन्न लायन्स क्लबहरू यतिबेला रसुवा तथा भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूको घाउमा मलम लगाउने अभियानमा सक्रिय रूपमा जुटेका छन्। गत भदौ १० गतेको भोटेकोशी बाढीका कारण आफन्तजन गुमाएका तथा घरबारविहीन बनेका चार जना बाढीपीडित परिवारलाई आवश्यक घरायसी सामग्री हस्तान्तरण गरिएको छ। पीडितहरू हाल आफन्तको घरमा आश्रय लिएर बस्दै आएको र अब भाडाको कोठामा बस्ने तयारी गरिरहेको अवस्थामा उनीहरूसँग दैनिक जीवनयापनका लागि आवश्यक सामग्रीसमेत नभएको जानकारी प्राप्त भएपछि सहयोग अभियान सञ्चालन गरिएको हो।… पुरा पढौ

लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्नसेवा, नेतृत्व र सदस्यता विस्तारमा जोड

काठमाडौं, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती क्षेत्रका विभिन्न लायन्स क्लबहरूको दोस्रो जोन मिटिङ सम्पन्न भएको छ। जोन चेयरपर्सन लायन चन्दन सर्राफको अध्यक्षतामा सम्पन्न बैठकमा क्लबहरूको सेवा गतिविधि, सदस्यता विस्तार अभियान, नेतृत्व विकास तथा डिस्ट्रिक्टका कार्यक्रमहरूबारे समीक्षा गरिएको थियो। बैठकमा सहभागी क्लबहरूबीच अनुभव आदान–प्रदान गर्दै आगामी कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन गर्ने विषयमा छलफल भएको जनाइएको छ। कार्यक्रममा डिस्ट्रिक्टका पीआरओ इन चिफ सुरेन्द्र बाबु श्रेष्ठ, डीजी थिम चिफ श्रीकृष्ण मानन्धर, मिसन १.५ चिफ महाप्रसाद पाण्डे, डिपार्टमेन्ट… पुरा पढौ

लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम

काठमाडौं, असोज १८ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन (इन्डक्सन एन्ड ज्वाइन्ट इन्स्टलेसन) कार्यक्रम आज काठमाडौंमा सम्पन्न भएको छ । सामाखुसीस्थित स्काइ रेस्ट्रो एण्ड बैंक्वेटमा भएको कार्यक्रममा नवगठित तथा नव–निर्वाचित क्लब पदाधिकारीहरूको पदस्थापन, नयाँ सदस्यहरूको अभिमुखीकरण तथा लायन्स सेवाका आगामी कार्यक्रमबारे छलफल गरिएकाे आयोजकले जनाएको छ। कार्यक्रममा लायन्स वादकाे आन्दोलनमा उल्लेखनीय भुमिका खेलेर लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल लाईसंसारकै सबैभन्दा उत्कृष्ट डिस्ट्रिक्ट बनाउने भुमिका खेलेको भनेर लायन्स इन्टरनेशनल डिस्ट्रिक्टका पुर्व अन्तर्राष्ट्रिय डाइरेक्टर बालकृष्ण… पुरा पढौ

विश्वमै उत्कृष्ट बन्दै लायन्स डिस्ट्रिक्ट ३२५ के नेपाल, पहिलो त्रैमासिकमै ऐतिहासिक सफलता

काठमाडौं, असोज १८ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६/२७ को पहिलो तीन महिनामै विश्वस्तरमा उल्लेखनीय सफलता हासिल गर्दै उत्कृष्ट प्रदर्शन गर्ने डिस्ट्रिक्टको रूपमा आफूलाई स्थापित गरेको छ। डिस्ट्रिक्ट गभर्नर लायन रमेश अधिकारीले सार्वजनिक गर्नुभएको धन्यवाद तथा आभार सन्देशअनुसार जुलाईदेखि सेप्टेम्बरसम्मको अवधिमा नयाँ क्लब चार्टर तथा नेट ग्रोथमा डिस्ट्रिक्ट ३२५ के नेपालले विश्वमै पहिलो स्थान हासिल गर्न सफल भएको हो। उक्त उपलब्धिलाई नेपाली लायन्स इतिहासकै गौरवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। Lions Clubs International MD 325 के नेपालका… पुरा पढौ