
काठमाडौं, असोज १९ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत बागमती एरियाका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा शपथग्रहण कार्यक्रम सोमबार काठमाडौंको गोंगबुस्थित बीजी बैंक्वेट्समा सम्पन्न भएको छ।

डिस्ट्रिक्टको वार्षिक कार्ययोजना अन्तर्गत आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका फस्ट भाइस गभर्नर बिष्णुहरि फुयालले बागमती एरियाअन्तर्गतका क्लबका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराइएको थियो। कार्यक्रमले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गर्दै सेवा, नेतृत्व विकास र सदस्यता विस्तारमा सक्रिय भूमिका निर्वाह गर्न प्रेरित गरेको आयोजकले जनाएको छ।

लायन्स इन्टरनेशनल डिस्ट्रिक्क ३२५ के नेपालका
फस्ट भाइस गभर्नर बिष्णुहरि फुयालले
लायन्स क्लब अफ काठमाडौं नेपाल ,लायन्स क्लब अफ राईजिङ नेपाल ,लायन्स क्लब अफ हिमालयन
लायन्स क्लब अफ काठमाडौं गंगबु ,लायन्स क्लब अफ काठमाडौ गाैरव ,लायन्स क्लव अफ काठमाडौ गाैरव प्राइम,लायन्स क्लब अफ काठमाडौं गतिशील ,लायन्स क्लब अफ काठमाडौं अयाेध्या ,लायन्स क्लब अफ काठमाडौ भेटघाट ,लायन्स क्लब अफ काठमाडौं बठेल ,र लियो क्लबहरूकाे संयुक्तरूपमा पदस्थापन गराउनुभएकाे थियो ।

कार्यक्रममा प्रमुख अतिथि लायन्स इन्टरनेशनलका पुर्व डाइरेक्टर बालकृष्ण वुर्लाकाेटी बिशिस्ट अतिथि लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालका सेक्रेटरी गणेश जिसी ट्रेजजर चुडामणिा सिलवाल चिफ एडभाइजर मीनराज काफ्ले सुरेन्द्र बाबु श्रेष्ठ मुना थापा मिसन 1.5 महप्रसाद पाण्डे श्रीकृष्ण मानन्धर लगायतका लायन्स लिडरहरूकाे बिशेश उपस्थिति रहेको थियो ।

कार्यक्रमको संयोजन क्लष्टर चिफ कुलप्रसाद कोइराला र रिजन चेयरपर्सन नरबहादुर गुरुङले गर्नुभएको थियो। कार्यक्रममा लायन्सका जिल्ला, क्षेत्र तथा क्लबस्तरीय पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

लायन्स वर्ष २०२६/२७ को मूल नाराअनुसार “Leading with Purpose” लाई आत्मसात गर्दै सामाजिक सेवा, मानवीय सहयोग, वातावरण संरक्षण, दृष्टि संरक्षण, भोकमरी न्यूनीकरण तथा समुदाय केन्द्रित कार्यक्रमलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले लायन्स अभियानलाई गाउँदेखि सहरसम्म विस्तार गर्दै सेवा कार्यलाई अझ प्रभावकारी र परिणाममुखी बनाउन सबै सदस्य एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएकाे थियाे।












