अर्थतन्त्र

दशैँ आयो, खै पिङ? हराउँदै गाउँघरको पुरानो रौनक

लिङ्गे र रोटे पिङको घट्दो चलनले गाउँघरको संस्कृति, सामूहिक रमाइलो र बाल्यकालका खुसी हराउँदै त छैनन्? दशैँ आयो, घरआँगनमा खुसी छायो, बजारमा चहलपहल बढ्यो। तर कुनै समय दशैँको पहिचान बनेका लिङ्गे र रोटे पिङ भने गाउँघरमा कम देखिन थालेका छन्। दशैँ नजिकिएसँगै गाउँका चौतारी, चौर र खुला ठाउँमा पिङ हाल्ने चलन किन घट्दै गएको छ? यो प्रश्नले हाम्रो संस्कृति र परम्पराको संरक्षणबारे सोच्न बाध्य बनाएको छ। कुनै समय दशैँ आउनुअघि नै गाउँका युवाहरू मिलेर बाँस, काठ र डोरी जुटाउँदै पिङ… पुरा पढौ

बाढीपीडित पाँच विद्यार्थीका परिवारलाई विद्यामन्दिर माविको राहत

बागलुङ, असोज २६कालीगण्डकी नदीमा आएको बाढीका कारण घरबारविहीन भएका पाँच विद्यार्थीका परिवारलाई विद्यामन्दिर माध्यमिक विद्यालयले राहत रकम हस्तान्तरण गरेको छ। बागलुङ नगरपालिका–३ स्थित विद्यालयमा अध्ययनरत विद्यार्थीका परिवारलाई विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीबाट संकलित रकम सोमबार हस्तान्तरण गरिएको हो। पर्वतको जलजला गाउँपालिका–८, फर्सेमा असोज ११ गते आएको बाढीले उनीहरूका घर बगाएको थियो। विद्यालयले बाढीपीडित प्रत्येक परिवारलाई १२ हजार ७४० रुपैयाँका दरले नगद सहयोग प्रदान गरेको छ। राहत पाउनेमा कक्षा १२ का आयुषा सुवेदी, रेजिना नेपाली र प्रकृति घर्ती तथा कक्षा ११… पुरा पढौ

१६ दिनपछि सञ्चालनमा आयो मालढुङ्गा पुल

बागलुङ ।असाेज २६ बाढीले एप्रोच सडक भासिएपछि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गतको मालढुङ्गा पुल १६ दिनपछि सञ्चालनमा आएको छ। सडक मर्मत सम्पन्न भएसँगै आजदेखि पुलमा यातायात सेवा पुनः सञ्चालनमा आएको हो। गत असोज ११ गतेको भीषण वर्षापछि कालीगण्डकी नदीमा आएको उच्च बहावले पुलको पर्वततर्फको एप्रोच सडक भासिएको थियो। त्यसपछि पुल हुँदै हुने यातायात आवागमन ठप्प भएको थियो। पुल सञ्चालनमा आएसँगै बागलुङ सदरमुकामको सडक सम्पर्क पुनः जोडिएको छ। पुल अवरुद्ध हुँदा मध्यपहाडी लोकमार्ग हुँदै रुकुम र डोल्पातर्फ आवतजावत गर्ने यातायातसमेत प्रभावित भएको… पुरा पढौ

लायन्स क्लबहरूको संयुक्त पदस्थापन भव्य रूपमा सम्पन्न, सेवामूलक नेतृत्वलाई नयाँ ऊर्जा

बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन सम्पन्न काठमाडौं, असोज २६ लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत बागमती एरियाका लायन्स क्लबहरूको संयुक्त पदस्थापन समारोह काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। डिस्ट्रिक्ट गभर्नर रमेश अधिकारी र फर्स्ट भाइस गभर्नर विष्णुहरि फुयालले संयुक्त पदस्थापन समारोहमा लायन्सको नीति, विधि र परम्पराअनुसार नवनिर्वाचित पदाधिकारीहरूलाई पदस्थापन गराउनुभएकाे थियोे कार्यक्रममा रिजन चेयरपर्सन प्रेमराज नराल, क्लस्टर चिफ गोविन्दप्रसाद पाठक तथा जोन चेयरपर्सनहरू कमला शर्मा र प्रकाश पाण्डेसहित विभिन्न लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। कार्यक्रममा लायन्स… पुरा पढौ

कुस्मिसेरा–पोखरी–भरिमथान सडक : विकासको बाटो कि सास्तीको यात्रा?

पहिरोले सडक अवरुद्ध हुँदा स्थानीयको आवागमन प्रभावित, दीर्घकालीन समाधानको पर्खाइ कुस्मिसेरा, बागलुङ । जैमिनी नगरपालिका क्षेत्रको कुस्मिसेरादेखि पोखरी हुँदै भरिमथान जाने सडक पहिरोका कारण अवरुद्ध भएपछि स्थानीयवासीको आवागमन प्रभावित भएको छ। दैनिक आवतजावतदेखि अत्यावश्यक कामका लागि प्रयोग हुँदै आएको सडक अवरुद्ध हुँदा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ। सडकको अवस्था सुधार हुने र यात्रा सहज बन्ने अपेक्षा गरेका स्थानीयवासीले फेरि पनि अवरोधको समस्या झेल्नुपरेको छ। सडक निर्माण तथा स्तरोन्नतिको चर्चा भइरहे पनि वर्षायाममा पहिरोका कारण सडक अवरुद्ध हुने समस्या दोहोरिनुले यसको दिगोपनमाथि… पुरा पढौ

पत्रकार महासङ्घ बागलुङमा १० लाखको लेखनवृत्ति कोष स्थापना

खोजमूलक समाचार लेख्ने दुई पत्रकारलाई वार्षिक ५० हजारका दरले लेखनवृत्ति दिइने बागलुङ, २४ असोजनेपाल पत्रकार महासङ्घ बागलुङ शाखाले खोजमूलक तथा विश्लेषणात्मक समाचार लेखनलाई प्रोत्साहन गर्न १० लाख रुपैयाँको ‘पत्रकार लेखनवृत्ति कोष’ स्थापना गरेको छ। शाखाका कोषाध्यक्ष खेमराज गौतम ‘सुवास’का अनुसार पहिलो चरणमा १० लाख रुपैयाँ सङ्कलन गर्ने लक्ष्य पूरा भएसँगै कोष सञ्चालनमा ल्याइएको हो। २०८१ मङ्सिर २८ गते सम्पन्न शाखाको आठौँ अधिवेशनबाट निर्वाचित कार्यसमितिको पहिलो बैठकले कोष स्थापना गर्ने निर्णय गरेको थियो। सोही निर्णयअनुसार २०८१ माघ २६ गते औपचारिक रूपमा… पुरा पढौ

यातायात क्षेत्रका समस्या समाधान गर्न जिसस कास्कीको पहल

पोखरा, असोज २४जिल्ला समन्वय समिति (जिसस) कास्कीले यातायात क्षेत्रका समस्या, चुनौती र समाधानका उपायबारे सरोकारवालासँग अन्तरक्रिया गरेको छ। शुक्रबार आयोजित कार्यक्रममा जिसस कास्कीका प्रमुख लीलाधर पौडेलले यातायात क्षेत्रका समस्या समाधान, सेवाग्राहीका गुनासा सम्बोधन तथा दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले सडक, पार्किङ, चालक व्यवस्थापन तथा प्रदूषण नियन्त्रणमा जोड दिए। गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव नवराज शर्माले प्राप्त सुझाव र गुनासालाई कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सडक तथा यात्रालाई… पुरा पढौ

​बैंक खाता सञ्चालनमा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने व्यवस्था सर्वोच्चद्वारा बदर, नागरिकताबाटै पाइने भयो बैंकिङ सेवा

​काठमाडौँ। सर्वोच्च अदालतले नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा ग्राहक पहिचान (KYC) अद्यावधिक गर्दा वा सेवा उपभोग गर्दा राष्ट्रिय परिचयपत्र (NID) वा त्यसको नम्बरलाई मात्रै एकमात्र आधार बनाउने बाध्यकारी व्यवस्था बदर गरिदिएको छ।  ​न्यायाधीशद्वय सपना प्रधान मल्ल र मेघराज पोखरेलको संयुक्त इजलास (रिट नं. ०८२-WO-१५१४) ले नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन, २०८२ (इ.प्रा. निर्देशन नं. १९/०८२) को राष्ट्रिय परिचयपत्रलाई नागरिक पहिचानको 'एकमात्र आधार' बनाइएको हदसम्म उत्प्रेषणको आदेशद्वारा बदर गर्ने फैसला गरेको हो।  ​आदेशका मुख्य बिन्दुहरू: ​एकीकृत निर्देशन बदर: नेपाल राष्ट्र बैंकले… पुरा पढौ

सुमन परियारको जितमा दिदी रेजिना भावुक, भनिन्– ‘यो जित लोकसंगीतकै जित हो’

बर्दिवास असाेज २४ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रीय सदस्यमा निर्वाचित भाइ सुमन परियारको सफलतामा गायिका रेजिना परियारले भावुक सन्देशसहित बधाई दिएकी छन्। सामाजिक सञ्जालमार्फत भाइलाई बधाई तथा शुभकामना दिँदै रेजिनाले सुमनको जित व्यक्तिगत सफलता मात्र नभई समग्र लोकसंगीत क्षेत्रकै जित भएको उल्लेख गरेकी छन्। उनले नयाँ जिम्मेवारी सम्हाल्दै गर्दा आफ्नो कर्तव्य नबिर्सन भाइलाई आग्रहसमेत गरेकी छन्। ‘बाबु, यो जित तिम्रो मात्र होइन, समग्र लोकसंगीत क्षेत्रकै जित हो। आफ्नो जिम्मेवारी र कर्तव्य कहिल्यै नबिर्सनू। तिम्रो खुसीमा ताली बजाउन पाउनुको… पुरा पढौ

उषा सुवेदी प्रतिष्ठानको केन्द्रीय सचिवमा निर्वाचित, सबैप्रति व्यक्त गरिन् आभार

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको नवौँ केन्द्रीय महाधिवेशनबाट केन्द्रीय सचिव (बागमती प्रदेश भूगोल) मा निर्वाचित मोडल उषा सुवेदीले आफूलाई मत दिएर विश्वास गर्ने सबैप्रति आभार व्यक्त गरेकी छन्। उनले प्रतिस्पर्धी भरत बराकोटीसहित सबै उम्मेदवारप्रति सम्मान व्यक्त गर्दै निर्वाचनको जितहारले आपसी सम्बन्धमा असर पर्न नहुने बताएकी छन्। अध्यक्षमा निर्वाचित पशुपति शर्मासहित नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सुवेदीले लोकदोहोरी क्षेत्रको विकास, कलाकारको हकहित र संस्थागत एकताका लागि सबैलाई साथमा लिएर अघि बढ्ने प्रतिबद्धता जनाएकी छन्। ‘पदभन्दा ठूलो सम्बन्ध हो, प्रतिस्पर्धाभन्दा ठूलो आत्मीयता… पुरा पढौ