पर्यटन

पोखरामा श्री गण्डकी शतकुण्डीय कोटीहोम महायज्ञ सुरु, १२ जनाको सामूहिक व्रतबन्ध, रक्तदान र भजन प्रतियोगिता तयारीमा

पोखरा — ऐतिहासिक श्री गण्डकी शतकुण्डीय कोटीहोम विराट् ज्ञान महायज्ञ पोखरामा सुरु भएको छ। शुक्रबार १२ जना बालकको सामूहिक व्रतबन्ध सम्पन्न भएको छ भने सो अवसरमा सहभागी सबैलाई सम्मान गरिएको छ। महायज्ञअन्तर्गत आजबाटै एक सय हवन कुण्डमा विधिपूर्वक हवन सुरु भएको छ, जुन जेठ २६ गतेसम्म चल्नेछ। हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म र दिउँसो १:१५ देखि ४ बजेसम्म हवन गरिनेछ। भारतका प्रख्यात कथा वाचक प्रशान्त कृष्ण परांकुशले राम कथा वाचन सुरु गरेका छन्, जुन नौ दिनसम्म चल्नेछ। यस्तै,… पुरा पढौ

चलचित्र ‘के घर के डेरा : घर नं २’को ट्रेलर सार्वजनिक

काठमाडौं । निर्देशक दीपेन्द्र के. खनालद्वारा निर्देशित नयाँ चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रबार आयोजित एक विशेष कार्यक्रममा उक्त ट्रेलर सार्वजनिक गरिएको हो। ट्रेलरले घर र डेराबीचको सामाजिक तथा भावनात्मक अन्तरलाई चित्रण गरेको छ। विशेषगरी, घरप्रतिको मोहले ल्याउने समस्याहरू—जसले आर्थिक कारोबारदेखि पारिवारिक सम्बन्धसम्ममा असर पार्छ—स्पष्ट रुपमा देखाइएको छ। चलचित्रमा घरलाई प्रतिष्ठाको प्रतीकका रूपमा प्रस्तुत गरिएको छ, जसले अहिलेको समाजमा देखिएको वास्तविकतालाई उजागर गर्छ। युवाहरूले घर जोगाउन तथा जोड्न गर्ने संघर्ष र… पुरा पढौ

को हुन् ‘जार’की अभिनेत्री गीताञ्जली थापा ?जिनका सिनेमाले विश्वभर फन्को मारिसकेका छन् काठमाडौं । नेपाली कथानक चलचित्र जार वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। सामाजिक विषयवस्तुमा आधारित यस चलचित्रमा सौगात मल्ल, अनुपविक्रम शाही र गीताञ्जली थापा मुख्य भूमिकामा छन्। चलचित्र जारमार्फत अभिनेत्री गीताञ्जली थापा नेपाली दर्शकमाझ नयाँ अनुहारका रूपमा प्रस्तुत हुँदैछिन्। नेपाली सिनेमामा उनको नाम दोहोरिएको नदेखिए पनि उनी एक प्रतिभाशाली र अनुभवी कलाकार हुन्। भारतमा उनले अभिनयमार्फत उच्च स्थान बनाइसकेकी छिन्। गीताञ्जली थापा राष्ट्रिय फिल्म पुरस्कार (National Film Award) विजेता… पुरा पढौ

‘शिवांश: च्याप्टर १’ निर्माण घोषणा, शक्ति संघर्षको कथा चित्रण हुने

काठमाडौं — नेपाली चलचित्र ‘शिवांश: च्याप्टर १’ को औपचारिक निर्माण घोषणा गरिएको छ। बुधबार एक कार्यक्रममार्फत फस्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले चलचित्रको घोषणा गरेको हो। अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो चलचित्र सन्तोष कुमार आत्रेयको निर्देशनमा बन्नेछ। यो उनको डेब्यु निर्देशकीय प्रस्तुति हो। चलचित्रमा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा प्रस्तुत हुनेछन्। यस्तै, विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ। चलचित्रको कथा… पुरा पढौ

शालग्राम संरक्षण गर्न बागलुङ कुँडुले फेदीमाशालग्राम महोत्सव सुरु

बागलुङ । बागलुङ नगरपालिका–४ कुँडुले फेदीस्थित शालग्राम संग्रालयमा श्री रंगवैकटेश् मुक्तिनारायण मन्दिरको ब्रम्होत्सवको अवसर पारेर शालग्राम महोत्सव शुरु भएको छ ।  मन्दिरको ३८ औँ ब्रम्होत्सवको अवसर पारेर बैशाख १७ गते देखि २१ गतेसम्म शालग्राम महोत्सवमा भानुभक्तकाेभानुभक्त रामायण बाचन गर्ने कार्यक्रम राखिएको मन्दिरका अध्यक्ष तथा शालग्राम संग्राहलयका परिकल्पनाकार स्वामी ऋषि प्रपन्नाचार्यले बताए । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण प्रसाद पाठकले धर्म संस्कृतिको रक्षा र शालग्राम शिलाको संरक्षणका लागि सबै सरोकारवालाको ध्यान जानुपर्ने बताए । दिनहुँको कालिगण्डकी दोहनले शालग्राम शिला… पुरा पढौ

“धर्म बिना राजनीति सम्भव छैन”: राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाही

पोखरा, १७ वैशाख — पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिरको प्राङ्गणमा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटीहोम महायज्ञ धार्मिक तथा सांस्कृतिक उत्सवको प्रमुख केन्द्रको रूपमा स्थापित भइरहेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माणपश्चात् सुरु भएको कार्यक्रममा चैत्र २९ गतेदेखि अनुराधा पाण्डेयद्वारा भागवत कथा प्रवचन प्रारम्भ भएको हो। हाल अन्तर्राष्ट्रिय कथा वाचिका देवी प्रतिभाले वैशाख १८ गतेसम्म दैनिक कथा वाचन गर्ने कार्यतालिका तय भएको छ। यस कथाले भक्तजनलाई आध्यात्मिक रूपमा मन्त्रमुग्ध बनाउँदै आएको आयोजक समितिले जनाएको छ।… पुरा पढौ

चलचित्र ‘जार’मा आठ मिनेटको बाघ दृश्यका लागि दुई करोड खर्च

काठमाडौं – साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित नेपाली चलचित्र ‘जार’ मा बाघको दृश्य बनाउन दुई करोड रुपैयाँ खर्च गरिएको छ। चलचित्रका निर्देशक फुर्वा छिरिङ लामाका अनुसार मुख्य पात्र सौगात मल्लले बाघसँग आमनेसामने हुने आठ मिनेट लामो दृश्यलाई VFX प्रविधिबाट तयार गरिएको हो। सो दृश्य नसमेट्दा कथा अधुरो हुने भन्दै निर्देशक लामाले फ्रिलान्सर VFX कलाकारमार्फत काम गराएका हुन्। ३७ जना VFX कलाकारको टोलीले लामो समय लगाएर तयार पारेको बाघ दृश्यमा ‘गेम अफ थ्रोन्स’ र ‘मिसन इम्पोसिबल’ जस्ता हलिउड फिल्ममा काम… पुरा पढौ

सौगात मल्ल र अनुपविक्रम शाहीको ‘जार’ वर्ल्ड प्रिमियरका लागि सिक्किममा, गीताञ्जली थापा पनि मुख्य भूमिकामा

काठमाडौंसाहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित बहुप्रतीक्षित नेपाली फिल्म ‘जार’ को वर्ल्ड प्रिमियर यही वैशाख २६ (मे ९) मा सिक्किमको राजधानी गान्तोकमा हुँदैछ। प्रिमियरमा सहभागी हुन फिल्मका निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही, तथा संगीतकार झुमा लिम्बु मंगलबार बिहान सिक्किम प्रस्थान गरेका हुन्। फिल्मको पहिलो सार्वजनिक प्रदर्शन भव्य रूपमा सम्पन्न हुने तयारी छ। निर्देशक लामाका अनुसार कार्यक्रममा कला, साहित्य, राजनीति, व्यवसाय र समाजसेवामा सक्रिय विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ। सिक्किमपछि ‘जार’ को दोस्रो प्रिमियर… पुरा पढौ

सुष्मा शाही ठकुरीको ‘मकैबारी दर्याम दर्याम’ बजारमा

केपी कुमार जलन लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीको ‘मकैबारी दर्याम दर्याम’ बोलको कमेडी गीत सार्वजनिक भएको छ। केही साता अघि रिलिज गरिएको यस गीतले २७ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ र युट्युब ट्रेन्डिङमा नम्बर १ मा रहन सफल भएको छ। गीतमा गायिका सुष्मा शाही ठकुरीसँगै विशाल सोनीको स्वर रहेको छ। गीतका शब्द पनि विशाल सोनीले नै तयार पारेका हुन् भने संगीत सुदीप सेन्चुरीले दिएका छन्। कमेडी शैलीमा प्रस्तुत गरिएको गीतमा विशाल सोनी र ऐलिना रायमाझीले अभिनय गरेका छन्।… पुरा पढौ

अध्यक्ष प्रचण्डसहितको टिमले अछामी विशेष परिकार भक्सीको स्वाद चाख्यो

कैलाली, वैशाख १६ हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ। खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला परोसीएको थियो। भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ। तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा स्टीम (बाफ) गरिन्छ। यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरि स्टीम गरिएको अर्को लोकप्रिय परिकार हो। स्थानीय संस्कृतिको सम्मानस्वरूप, अभियान टोलीले केराको… पुरा पढौ