पर्यटन

डीजी टिम चेयरिङ कार्यक्रम सम्पन्न

काठमाडौ असार २७ हामी सेवा गर्छाैं भन्ने भावनाका साथ स्थापना भएकोसंसार कै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं, असार २७ — लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का गभर्नर रमेश अधिकारी ,फस्ट डिस्ट्रिक गभर्नर बिष्णुहरि फुयाल र सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली  ‘डीजी टिम चेयरिङ’ कार्यक्रम सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के का गभर्नररमेश अधिकारीले आफू नेता नभएर सेवा गर्न आएको सेवक… पुरा पढौ

लायन्स क्लब अफ लेखनाथ सुनगाभाद्वारा सप्ताहव्यापी सेवा कार्यक्रम सम्पन्न

पोखरा ।असार २७ लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत रहेको लायन्स क्लब अफ लेखनाथ सुनगाभाले नयाँ कार्यकालको पदभार ग्रहणसँगै सञ्चालन गरेको सप्ताहव्यापी सेवामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। क्लबकी अध्यक्ष लायन जिना मगरको नेतृत्वमा आयोजित कार्यक्रममार्फत सामाजिक सेवा, मानव कल्याण, शिक्षा, स्वास्थ्य तथा नेतृत्व विकाससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिएको क्लबले जनाएको छ। कार्यक्रमअन्तर्गत पहिलो दिन मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन वितरण, वृक्षारोपण तथा अन्य सेवामूलक कार्यहरू सम्पन्न गरिएको थियो। दोस्रो दिन पोखरा महानगरपालिका–६ स्थित कोपिला नेपालको संरक्षणमा रहेका… पुरा पढौ

ईन्द्रेणीको सम्मानसँगै आर्या गिरीको उपचारमा सहयोगी बने गायक विष्णु खत्री

काठमाडौं । लोक तथा दोहोरी संगीतका लोकप्रिय गायक विष्णु खत्री ‘ईन्द्रेणी कार्यक्रम’द्वारा प्रदान गरिने प्रतिष्ठित ईन्द्रेणी स्रष्टा सम्मान बाट सम्मानित भएका छन्। सम्मान ग्रहण गर्दै उनले यसलाई आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण उपलब्धि भन्दै ईन्द्रेणी परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।गायक खत्रीले कार्यक्रमका सञ्चालक तथा समाजसेवी कलाकार कृष्ण कंडेललाई विशेष धन्यवाद दिँदै ईन्द्रेणीले नेपाली संगीत, कला र मानव सेवालाई एउटै मञ्चमा जोड्ने अभियान सञ्चालन गरिरहेको उल्लेख गरे। सम्मान समारोहकै क्रममा उनले लोकप्रिय गायिका मनमाया वाईवासँग नयाँ दोहोरी गीत रेकर्ड गरेका छन्, जुन… पुरा पढौ

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के विश्वकै नम्बर–१ क्लब विस्तार गर्ने डिष्ट्रिक्ट

बागलुङ, असार २२ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के, नेपालले नयाँ लायन वर्ष २०२६–२७ को सुरुवातमै ऐतिहासिक सफलता हासिल गरेको छ। कार्यकाल प्रारम्भ भएको केही दिनभित्रै निर्धारित लक्ष्यभन्दा बढी नयाँ क्लब स्थापना गर्दै डिष्ट्रिक्ट ३२५ के विश्वमै सबैभन्दा धेरै क्लब विस्तार गर्ने डिष्ट्रिक्ट बन्न सफल भएको जनाएको छ। डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारी ले सार्वजनिक गरेको धन्यवाद तथा आभार सन्देशमा लायन वर्ष २०२६–२७ का लागि तय गरिएको २९ वटा नयाँ क्लब स्थापनाको लक्ष्य पार गर्दै ३१ वटा नयाँ क्लब… पुरा पढौ

‘संगीत र प्रविधि’ अन्तरक्रिया सम्पन्न

काठमाडौं /सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालद्वारा आयोजित ‘संगीत र प्रविधि’ विषयक अन्तरक्रिया कार्यक्रम राजधानीमा सम्पन्न भएको छ। कार्यक्रममा वरिष्ठ प्रविधि विज्ञ राजेन्द्र अर्यालले संगीत, अडियो तथा भिडियो निर्माणमा प्रयोग हुने प्रविधि, यसको उपयोगिता तथा बदलिँदो प्रविधिसँग अद्यावधिक रहन सक्ने उपायबारे जानकारीमूलक प्रस्तुति दिएका थिए। कार्यक्रममा सहभागी स्रष्टा, सर्जक, कलाकार तथा अडियो–भिडियो क्षेत्रमा संलग्न व्यक्तिहरूले प्रविधिसम्बन्धी नयाँ ज्ञान र अनुभव हासिल गर्ने अवसर पाएका थिए।परिषद्का अनुसार सिक्ने र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले सहभागीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। यसपटकको कार्यक्रम परम्परागत… पुरा पढौ

लेउवा संघको स्थापना दिवसमा खेलकुद प्रतियोगिता सम्पन्न

लेखनाथ, १९ असार लेखनाथ उद्योग वाणिज्य संघले आफ्नो ३० औं स्थापना दिवस तथा २९ औं वार्षिकोत्सवको अवसरमा सदस्यबीच ब्याडमिन्टन र दौड प्रतियोगिता सम्पन्न गरेको छ। ब्याडमिन्टन प्रतियोगितामा शुभम पार्टी प्यालेसका हरि बस्ताकोटी र आरोश फर्निचर उद्योगका सन्तोष गुरुङ विजेता बने। गण्डकी मल्टी एग्रो फार्मका हरि बुढाथोकी र शिशुवा कंक्रिट ब्लक उद्योगका लक्ष्मण बाँस्तोला उपविजेता भए। दुई समूहले सान्त्वना स्थान पाए। विजेताले क्रमशः रु ३० हजार, १७ हजार र ८÷८ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरे। महिला दौडमा छाया बसौला… पुरा पढौ

राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको सातौं वार्षिक साधारणसभा सम्पन्न

काठमाडौं। राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको सातौं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। “लोकदोहोरी व्यवसायीहरूको ऐक्यबद्धता, कला–संस्कृतिको संरक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा संघका अध्यक्ष दीप सागर थापा मगरको अध्यक्षता तथा संस्थापक अध्यक्ष चुडा बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। साधारणसभामा लोकदोहोरी क्षेत्रको वर्तमान अवस्था, व्यवसायिक चुनौती र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। संघलाई थप सशक्त र व्यवस्थित बनाउने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए। कार्यक्रममा गायक बखानसिंह गुरुङ, गायिका सनम पुर्जा मगर, संस्थापक अध्यक्ष कार्कीलगायत विभिन्न… पुरा पढौ

चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी अनुबन्ध

काठमाडौं, असार १५ । निर्देशक बलिराम चौहानको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ मा अभिनेता रियान गिरी अनुबन्ध भएका छन्। निर्माण टिमले राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने दिनको अवसर पारेर सोमबार रियानलाई चलचित्रमा अनुबन्ध गरिएको जानकारी सार्वजनिक गरेको हो। रियान गिरी चलचित्र ‘होस्टेल–३’ मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका कलाकार हुन्। अभिनयसँगै उनी गायन क्षेत्रमा पनि सक्रिय छन् र विभिन्न गीतमा आफ्नो स्वर दिइसकेका छन्। निर्देशक बलिराम चौहानले रियान चलचित्रको मुख्य भूमिकामध्ये एकमा रहने जानकारी दिँदै भने, “रियानलाई… पुरा पढौ

दीप प्रज्वलनसँगै सुरु भयो ‘धुन माटो’, अग्रज स्रष्टाहरू सम्मानित

काठमाडौं, असार १४ — नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘धुन माटो’ अभियानको उद्घाटन कार्यक्रम शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको उद्घाटन वरिष्ठ गायक प्रेमराजा महत, वरिष्ठ गायिका बीमा कुमारी दुरा तथा पवित्रा रसाइलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। उद्घाटन समारोहमा नेपाली संगीत तथा सांस्कृतिक क्षेत्रका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा प्रेमराजा महत, बीमा कुमारी दुरा, बमबहादुर कार्की, फूलमाया के.सी., उदय श्रेष्ठ र पवित्रा रसाइलीलाई नेपाली… पुरा पढौ

लोक तथा दोहोरीगीत प्रतिष्ठानले मुस्ताङमा गठन गर्‍यो पहिलो जिल्ला समिति

मुस्ताङ, असार १४ राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल स्थापना भएको लामो समयपछि मुस्ताङ जिल्लामा पहिलो पटक जिल्ला समिति गठन गरिएको छ। शनिबार थासाङ गाउँपालिका–४, घासा, मुस्ताङमा आयोजित कलाकार भेलाले प्रतिष्ठानको ११ सदस्यीय जिल्ला तदर्थ समिति सर्वसम्मत रूपमा चयन गरेको हो।गण्डकी प्रदेश समितिको आयोजनामा सम्पन्न भेलाले उदय नेपालीको संयोजकत्वमा समिति गठन गरेको छ। समितिको सह–संयोजकमा जीवन गोतामे, सदस्य सचिवमा सविता छिनाल, आर्थिक संयोजकमा ङुटुक गुरुङ तथा सदस्यहरूमा गोविन्द नेपाली, विरेन्द्र परियार, धनबहादुर थापा, सुमित्रा पाइजा, लक्ष्मी खनाल विक, बिनोद परियार… पुरा पढौ