कास्की, साउन २५ । तीव्र शहरीकरणसँगै गाउँघरका चौतारी, पाटी–पौवा र यात्रुहरूलाई विश्राम दिने सार्वजनिक स्थलहरू हराउँदै गइरहेका बेला गण्डकी प्रदेशको राजधानी पोखरामा परम्परागत संस्कृतिको झल्को दिने ‘शीतल चौतारी’ निर्माण गरिएको छ। पोखरा उद्योग वाणिज्य संघको भवन परिसरमा निर्माण गरिएको ‘शीतल चौतारी’को एक समारोहबीच विधिवत् समुद्घाटन गरिएको हो। व्यवसायी, सेवाग्राही तथा आगन्तुकहरूलाई केही समय विश्राम गर्न, आपसी भेटघाट तथा आत्मीय संवाद गर्न सहज वातावरण उपलब्ध गराउने उद्देश्यले चौतारी निर्माण गरिएको संघले जनाएको छ। आधुनिक शहरमा सार्वजनिक विश्रामस्थलको अभाव बढिरहेका बेला निर्माण…
पुरा पढौ