पर्यटन

लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालको प्रथम क्याबिनेट बैठकको तयारी पूरा, १२०० जनाको दर्ता

काठमाडौं, साउन २१ विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था अन्तर्गतको लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल ले आयोजना गर्ने लायन वर्ष २०२६–२०२७ को डिस्ट्रिक्ट क्याबिनेट अफिसर्स इन्स्टलेसन तथा प्रथम नियमित डिस्ट्रिक्ट क्याबिनेट बैठक को सम्पूर्ण तयारी पूरा भएको छ। महेन्द्र पुलिस क्लब, काठमाडौंमा आयोजना हुने उक्त कार्यक्रममा सहभागी हुन हालसम्म करिब १२०० जना लायन्स सदस्यले पूर्वदर्ता (प्रि–रजिस्ट्रेसन) गरिसकेको डिस्ट्रिक्ट चिफ एड्मिनिस्ट्रेटर मुना थापाले जानकारी दिइन्। उनका अनुसार कार्यक्रमलाई भव्य, सभ्य र व्यवस्थित बनाउन हलको क्षमता तथा व्यवस्थापन पक्षलाई ध्यानमा राख्दै… पुरा पढौ

बागलुङमा साउन २५ गते बोलबम काँवर यात्रा हुने

बागलुङ, साउन २१ बोलबम काँवरिया संघ बागलुङले साउनको चौथो सोमबार पारेर बागलुङ बजारमा बोलबम काँवर यात्रा आयोजना गर्ने भएको छ। सनातन धर्म, संस्कृति र धार्मिक परम्पराको संरक्षण गर्दै भक्तजनमा आध्यात्मिक शान्ति र सद्भाव प्रवर्द्धन गर्ने उद्देश्यले साउन २५ गते यात्रा गर्न लागिएको संघले जनाएको छ। संघका अध्यक्ष लक्ष्मीनारायण शाहका अनुसार सनातन धर्मप्रति आस्था राख्ने भक्तजनहरूको सहभागितामा बागलुङ बजारबाट कालिगण्डकी नदीसम्म पुगेर पवित्र जल संकलन गरिनेछ। त्यसपछि भक्तजनहरूले काँवरमा जल बोकेर पैदल यात्रा गर्दै बागलुङ नगरपालिका–४ स्थित गौरीधाम शिवमन्दिरमा पुग्ने कार्यक्रम… पुरा पढौ

रमेश विक्रम रत्नको ‘नाचिदेउ गौथली’ सार्वजनिक,

लोकसांगीतिक क्षेत्रमा सक्रिय गायक तथा सर्जक रमेश विक्रम रत्नको नयाँ लोकगीत ‘नाचिदेउ गौथली’ सार्वजनिक भएको छ। मौलिक लोक लय, आकर्षक कथा र सशक्त दृश्य प्रस्तुतिसहित तयार गरिएको गीतले सार्वजनिक भएसँगै दर्शक–श्रोताको ध्यान खिच्न थालेको छ। गीतमा रमेश विक्रम रत्न र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ। गीतका शब्द तथा संगीत स्वयं रमेश विक्रम रत्नले सिर्जना गरेका हुन्। गीतको संगीत संयोजन लक्षु प्रकाश मल्लाले गरेका छन् भने मिक्सिङ तथा मास्टरिङ मनोज डंगोलले गरेका छन्। गीतको म्युजिक भिडियोको निर्देशन केशवराज भट्टले गरेका… पुरा पढौ

काठमाडौंमा लायन्स क्लबहरूको संयुक्त पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न

काठमाडौं, साउन १८ । “हामी सेवा गर्छौं” भन्ने मूल नाराका साथ स्थापित संसारकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्था Lions International अन्तर्गत Lions International District 325 K Nepal को बागमती एरियामा रहेका विभिन्न लायन्स क्लबहरूको संयुक्त पदस्थापन तथा सदस्यता ग्रहण (Induction & Joint Installation) कार्यक्रम काठमाडौंको गंगबुस्थित बीजी बैंक्वेटमा भव्य रूपमा सम्पन्न भएको छ। लायन वर्ष २०२६/२७ का लागि आयोजित कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक (PID) बालकृष्ण बुर्लाकोटी प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। कार्यक्रममा जिल्ला गभर्नर रमेश अधिकारी, प्रथम उपजिल्ला गभर्नर… पुरा पढौ

रोटरी क्लब अफ महाराजगञ्जद्वारा वृक्षारोपण, हरित वातावरण निर्माणमा जोड

काठमाडौं, साउन १७ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत सञ्चालन गरिएको ‘एक लाख वृक्षारोपण अभियान’ तथा विशेष वातावरण सप्ताह (साउन १० देखि १६ गते) को समापन अवसरमा रोटरी क्लब अफ महाराजगञ्जले वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ। क्लबले पृथ्वीनारायण माध्यमिक विद्यालय परिसरमा विभिन्न प्रजातिका बिरुवा रोप्दै वातावरण संरक्षण र हरियाली प्रवर्द्धनमा योगदान पुर्‍याएको हो। कार्यक्रममा अम्बा, कागती, एभोकाडो, रुद्राक्ष, कपूर, धुपीलगायत विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोपिएका थिए। कार्यक्रममा रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर रोटेरियन विष्णुबहादुर कार्कीको विशेष… पुरा पढौ

पुष्कल शर्मा र शान्ता रानी परियारको ‘मै राम्री आहा’ सार्वजनिक

नेपाली लोक तथा दोहोरी संगीतका लोकप्रिय गायक तथा सर्जक पुष्कल शर्माको नयाँ लोकदोहोरी गीत ‘मै राम्री आहा’ सार्वजनिक भएको छ। मन्दिर म्युजिकको प्रस्तुतीमा तयार भएको उक्त गीतले सार्वजनिक भएलगत्तै दर्शक तथा श्रोतामाझ सकारात्मक प्रतिक्रिया प्राप्त गरिरहेको छ। गीतमा पुष्कल शर्मा र चर्चित गायिका शान्ता रानी परियारको स्वर रहेको छ। गीतको शब्द तथा संगीत पुष्कल शर्माकै रहेको छ भने संगीत संयोजन पूर्ण सम्योगले गरेका छन्। गीतको म्युजिक भिडियोमा पुष्कल शर्मा र नारायणी खत्रीको अभिनय देख्न सकिन्छ। स्मृति तिमिल्सिना ‘गुरुआमा’को निर्देशन तथा… पुरा पढौ

विद्यार्थीका लागि स्वच्छ खानेपानी अभियान, पोखरामा १० हजार लिटर क्षमताको ट्याङ्की निर्माण सुरु

कास्की, साउन १६ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ पोखरा समृद्धिको समन्वय तथा नरविच एण्ड ब्ल्याकहिथ हाई स्कुल टोलीको सहयोगमा पोखरा महानगरपालिका–२६ जलधारेस्थित श्री अमरज्योति गाउँफर्क माध्यमिक विद्यालयमा १० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण कार्य सुरु गरिएको छ। करिब रु. २ लाख २५ हजारको लागतमा निर्माण हुन लागेको ‘ड्रिङ्किङ वाटर प्रोजेक्ट–२०२६’ ले विद्यालयका विद्यार्थी, शिक्षक तथा कर्मचारीलाई स्वच्छ र सुरक्षित खानेपानीको पहुँच सुनिश्चित गर्ने अपेक्षा गरिएको छ। परियोजनाले विद्यालयको खानेपानी व्यवस्थापनलाई दिगो बनाउनुका साथै विद्यार्थीको… पुरा पढौ

जोन चेयरपर्सन उत्सव श्रेष्ठको नेतृत्वमा जोन बैठक भव्य रूपमा सम्पन्न

काठमाडौं, साउन १६ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गत जोन चेयरपर्सन उत्सव श्रेष्ठको नेतृत्वमा डिस्ट्रिक्ट गभर्नरको प्रथम एड्भाइजरी कमिटी (जोन मिटिङ) सफलतापूर्वक सम्पन्न भएको छ। काठमाडौंको बालाजुस्थित स्मार्ट क्याफेमा आयोजित बैठकमा जोनअन्तर्गतका विभिन्न लायन्स क्लबका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूको सक्रिय सहभागिता रहेको थियो। बैठकलाई समयमै, व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गराउन जोन चेयरपर्सन श्रेष्ठले उत्कृष्ट नेतृत्व, समन्वय र व्यवस्थापन क्षमता प्रदर्शन गरेको सहभागीहरूले बताएका छन्। बैठकमार्फत क्लबहरूको वार्षिक योजना, सेवा गतिविधि, सदस्यता विस्तार तथा लायन्सका आगामी कार्यक्रमबारे छलफल… पुरा पढौ

लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खुसीबुँको सातौं चार्टर नाइट तथा नेतृत्व हस्तान्तरण सम्पन्न

काठमाडौं, साउन १६ लायन्स इन्टरनेशनल डिस्ट्रिक ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं इन्द्रायणी खुसीबुँले आफ्नो सातौं चार्टर नाइट समारोह तथा नेतृत्व हस्तान्तरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रममा क्लबका नवनिर्वाचित नेतृत्व टोलीलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो। नयाँ नेतृत्वले सेवा, एकता, समर्पण र दूरदर्शी सोचका साथ समाजसेवाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरिएको छ। सो अवसरमा लायन्स क्लब अफ काठमाडौं श्वेतकाली नरदेवीलाई नेतृत्व हस्तान्तरण गरिएको थियो भने नयाँ क्लब लायन्स क्लब अफ… पुरा पढौ

लायन्स क्लबहरूको जोन मिटिङ भव्य रूपमा सम्पन्न

काठमाडौं, साउन १६ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतका क्लबहरूको वर्ष २०२६/०२७ का लागि गठित नयाँ कार्यसमितिको पहिलो डिस्ट्रिक्ट गभर्नर एड्भाइजरी कमिटी (जोन मिटिङ) काठमाडौंको सुकेधारास्थित युनिभर्सल क्याफेमा भव्य रूपमा सम्पन्न भएको छ। ‘हामी सेवा गर्छौं’ भन्ने मूल मन्त्रका साथ विश्वकै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्सको सिद्धान्त र उद्देश्यअनुसार आयोजित बैठकको नेतृत्व जोन चेयरपर्सन भीमप्रसाद पोखरेलले गरेका थिए। बैठकमा जोनअन्तर्गतका सबै क्लबका अध्यक्ष, सचिव तथा पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको सफल आयोजनाका लागि जोन चेयरपर्सन पोखरेलको नेतृत्व, समन्वय… पुरा पढौ