पर्यटन

दुई मञ्जुको तीज गीत ‘भन्देउ न माया’ सार्वजनिक हुँदै

काठमाडौं, साउन १ हरितालिका तीज पर्वलाई लक्षित गर्दै गायिका मञ्जु पौडेल र मञ्जु थापाको स्वरमा सजिएको नयाँ तीज गीत ‘भन्देउ न माया’ छिट्टै सार्वजनिक हुने भएको छ। गीतमा नारायण ग्यावालीको शब्द तथा संगीत रहेको छ भने भिडियोको निर्देशन दावा बल तामाङले गरेका छन्। भिडियोमा अलिना रायमाझी र रीना थापाको आकर्षक अभिनय रहेको निर्माण पक्षले जनाएको छ। गीतको आधिकारिक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले केही दिनभित्रै भिडियोसहित गीत दर्शक तथा श्रोतामाझ ल्याइने जानकारी दिएको छ। तीजको मौलिक संस्कृति, प्रेम, मनोरञ्जन र… पुरा पढौ

तीज कोसेली ‘रिसले जल्यो बारिले’ सार्वजनिक हुँदै

काठमाडौं नेपाली लोकसंगीतप्रेमी दर्शक तथा श्रोताका लागि गायिका कुमारी चेपाङले तीजको विशेष कोसेली लिएर आउने भएकी छन्। उनको नयाँ तीज गीत ‘रिसले जल्यो बारिले’ केही दिनमै सार्वजनिक हुने तयारी अन्तिम चरणमा पुगेको जनाइएको छ। गीतमा गायिका चेपाङको स्वर रहेको छ भने शब्द देवबहादुर सुनार, संगीत कृष्ण परियार तथा संगीत संयोजन दोलराज बर्गाहरे मगरले गरेका छन्। गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छन्। मौलिक तीज संस्कृतिको झल्को, आकर्षक कथावस्तु र उत्कृष्ट प्रस्तुति समेटिएको यस गीतले दर्शक तथा श्रोताको… पुरा पढौ

जनक घर्ती मगरले घोषणा गरे नयाँ चलचित्र ‘आकाश वर्षा’

काठमाडौं । निर्माता जनक घर्ती मगरले नयाँ चलचित्र ‘आकाश वर्षा’ निर्माण गर्ने घोषणा गरेका छन्। चलचित्रको शीर्षक सार्वजनिक गर्दै उनले आफ्नो नयाँ परियोजनाबारे जानकारी दिएका हुन्। चलचित्र ‘मितज्यू’ प्रदर्शनमा आएको छोटो समयमै उनले अर्को चलचित्र निर्माणको घोषणा गरेका हुन्। जीएम मुभी प्रोडक्सनको प्रस्तुति रहने यस चलचित्रको निर्देशन सुदीप भजुले गर्नेछन्। सार्वजनिक गरिएको टाइटल अनाउन्समेन्ट पोस्टरमा आकाशबाट हल्का वर्षा भइरहेको दृश्य देखाइएको छ। पोस्टरमा बादल, वर्षा तथा पृष्ठभूमिमा पहाडी दृश्य समेटिएको छ, जसले मानवीय जीवनका दुःख, सुख र संघर्षलाई संकेत गरेको… पुरा पढौ

रोटरी क्लब अफ ज्ञानेश्वरको छैठौं पदस्थापन कार्यक्रम सम्पन्न

काठमाडौं, असार ३१ रोटरी अभियानमार्फत शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण तथा मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको क्लबले नयाँ नेतृत्वसँगै थप प्रभावकारी सेवा सञ्चालन योजना बनाएको छ । रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ अन्तर्गत रोटरी क्लब अफ ज्ञानेश्वरले नयाँ कार्यसमितिको पदस्थापन समारोहमा राेटरी इन्टरनेशनलका डिस्ट्रिक गभर्नर बिष्णु बहादुर कार्कीले गाउँ गाउँमा पुगेर खानेपानीको समस्या छ भने त्यसलाई समाधान गरिदिने कि त्यहा के समस्या छ के गर्दा ठिक हुन्छ त्यो गरेर देखाउनुपर्नै बताए । देशभरि १६४ वटा राेटरी क्लब अस्तित्वमा रहेको त्यो… पुरा पढौ

मौलिक तिज गीत ‘दिदि भाइ’ सार्वजनिक हुँदै, दाजु–बहिनीको आत्मीय सम्बन्ध उजागर गर्ने

हरितालिका तिजको अवसर पारेर मौलिकता, पारिवारिक भावना र नेपाली संस्कृतिलाई केन्द्रमा राखेर तयार गरिएको नयाँ तिज गीत ‘दिदि भाइ’ सार्वजनिक हुने भएको छ। दर्शक–श्रोताको मन जित्ने उद्देश्यसहित तयार गरिएको उक्त गीतले दिदी–भाइबीचको माया, स्नेह, आत्मीयता र पारिवारिक सम्बन्धलाई भावनात्मक ढंगले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ। गीतमा कृष्ण अखेली र पूर्णकला बिसीको सुमधुर स्वर रहेको छ भने संगीत कृष्ण अखेलीको रहेको छ। गीतका शब्द शिव अखेलीले सिर्जना गरेका हुन्। गीतको भिडियो कृष्ण अखेली युट्युब च्यानलमार्फत सार्वजनिक गरिने तयारी गरिएको छ।… पुरा पढौ

पर्यटन प्रवर्द्धन र वातावरण संरक्षणका लागि लायन्स क्लबको हाइकिङ कार्यक्रम

बागलुङ । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपाल अन्तर्गतको लायन्स क्लब अफ निसीखोला बागलुङले सामाजिक सेवा, पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षणलाई जोड दिँदै बागलुङ जिल्लाकाे निसी खाेला गाउँ पालिका र रुकुम जिल्लाको संगम स्थल चाैरीखर्क क्षेत्रमा हाइकिङ कार्यक्रम सम्पन्न गरेको छ। क्लबले सञ्चालन गरेको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत आयोजना गरिएको हाइकिङमा क्लबका पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो। मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने चौरीखर्क पछिल्लो समय पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको क्षेत्र भएकाले यसको थप प्रचारप्रसार तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको… पुरा पढौ

डीजी टिम चेयरिङ कार्यक्रम सम्पन्न

काठमाडौ असार २७ हामी सेवा गर्छाैं भन्ने भावनाका साथ स्थापना भएकोसंसार कै सबैभन्दा ठूलो सामाजिक संस्था लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ । काठमाडौं, असार २७ — लायन्स अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ के नेपालले लायन वर्ष २०२६–२०२७ का गभर्नर रमेश अधिकारी ,फस्ट डिस्ट्रिक गभर्नर बिष्णुहरि फुयाल र सेकेन्ड भाइस गभर्नर हसन कुमार गाेपाली  ‘डीजी टिम चेयरिङ’ कार्यक्रम सम्पन्न भएको छ। लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के का गभर्नररमेश अधिकारीले आफू नेता नभएर सेवा गर्न आएको सेवक… पुरा पढौ

लायन्स क्लब अफ लेखनाथ सुनगाभाद्वारा सप्ताहव्यापी सेवा कार्यक्रम सम्पन्न

पोखरा ।असार २७ लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ के नेपालअन्तर्गत रहेको लायन्स क्लब अफ लेखनाथ सुनगाभाले नयाँ कार्यकालको पदभार ग्रहणसँगै सञ्चालन गरेको सप्ताहव्यापी सेवामूलक कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। क्लबकी अध्यक्ष लायन जिना मगरको नेतृत्वमा आयोजित कार्यक्रममार्फत सामाजिक सेवा, मानव कल्याण, शिक्षा, स्वास्थ्य तथा नेतृत्व विकाससँग सम्बन्धित विभिन्न गतिविधि सञ्चालन गरिएको क्लबले जनाएको छ। कार्यक्रमअन्तर्गत पहिलो दिन मानव सेवा आश्रममा आश्रित व्यक्तिहरूलाई भोजन वितरण, वृक्षारोपण तथा अन्य सेवामूलक कार्यहरू सम्पन्न गरिएको थियो। दोस्रो दिन पोखरा महानगरपालिका–६ स्थित कोपिला नेपालको संरक्षणमा रहेका… पुरा पढौ

ईन्द्रेणीको सम्मानसँगै आर्या गिरीको उपचारमा सहयोगी बने गायक विष्णु खत्री

काठमाडौं । लोक तथा दोहोरी संगीतका लोकप्रिय गायक विष्णु खत्री ‘ईन्द्रेणी कार्यक्रम’द्वारा प्रदान गरिने प्रतिष्ठित ईन्द्रेणी स्रष्टा सम्मान बाट सम्मानित भएका छन्। सम्मान ग्रहण गर्दै उनले यसलाई आफ्नो सांगीतिक यात्राको महत्वपूर्ण उपलब्धि भन्दै ईन्द्रेणी परिवारप्रति हार्दिक कृतज्ञता व्यक्त गरे।गायक खत्रीले कार्यक्रमका सञ्चालक तथा समाजसेवी कलाकार कृष्ण कंडेललाई विशेष धन्यवाद दिँदै ईन्द्रेणीले नेपाली संगीत, कला र मानव सेवालाई एउटै मञ्चमा जोड्ने अभियान सञ्चालन गरिरहेको उल्लेख गरे। सम्मान समारोहकै क्रममा उनले लोकप्रिय गायिका मनमाया वाईवासँग नयाँ दोहोरी गीत रेकर्ड गरेका छन्, जुन… पुरा पढौ

लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के विश्वकै नम्बर–१ क्लब विस्तार गर्ने डिष्ट्रिक्ट

बागलुङ, असार २२ अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ के, नेपालले नयाँ लायन वर्ष २०२६–२७ को सुरुवातमै ऐतिहासिक सफलता हासिल गरेको छ। कार्यकाल प्रारम्भ भएको केही दिनभित्रै निर्धारित लक्ष्यभन्दा बढी नयाँ क्लब स्थापना गर्दै डिष्ट्रिक्ट ३२५ के विश्वमै सबैभन्दा धेरै क्लब विस्तार गर्ने डिष्ट्रिक्ट बन्न सफल भएको जनाएको छ। डिष्ट्रिक्ट गभर्नर रमेश अधिकारी ले सार्वजनिक गरेको धन्यवाद तथा आभार सन्देशमा लायन वर्ष २०२६–२७ का लागि तय गरिएको २९ वटा नयाँ क्लब स्थापनाको लक्ष्य पार गर्दै ३१ वटा नयाँ क्लब… पुरा पढौ