पर्यटन

मुक्तिनाथ उडेको सिम्रिक एयरकाे हेलिकप्टर बागलुङमा माैसम सुधारकाे प्रतिक्षामा

बागलुङ ,जेठ ८ पाेखराबाट मुक्तिनाथ दर्शनका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ सदरमुकाममा आकश्मिक अवतरण गरेको ।हेलिकप्टर अवतरण गरेको २ घण्टा अर्थात् ३ बजेर १० मिनेट जादा सम्म माैसममा सुधार नआएपछि बागलुङ सदरमुकामै बसिरहेको छ । मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसकाे प्राङ्गणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो । मुस्ताङमा माैसम सफा भएपनि बागलुङ सदरमुकाममा लगातार पानी परिरहेको कारणले उडानमा समस्या आएको… पुरा पढौ

कालीका भगवती मन्दिर लाई धार्मिक पर्यटकीय गन्तव्य बनाइ हजारौं पर्यटक भित्र्याउने = नगर प्रमुख बसन्त श्रेष्ठ

बागलुङ ।कालीका भगवती गुठी ब्यबस्थापन समितीले बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि लाई शनिबार मन्दिर परिसरमा एक कार्यक्रम बिच स्वागत तथा सम्मान गरेको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,नगर उप प्रमुख राजु खड्का र वडा अध्यक्ष लगायत वडा अध्यक्षहरूलाई खादा र फूल अबिर बाट स्वागत गरेकाे थियोे । बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य कालीका भगवती मन्दिर हजारौं पर्यटक भित्र्याउने केन्द्र भएको हुदा यसको विकासको लागि नगरपालिकाले कालीका भगवती गुठी ब्यबस्थापन संग… पुरा पढौ

बागलुङ कुँडुलेमा श्री बृहद् ब्रह्मयज्ञ समापन

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा संचालित बृहद् -ब्रह्मयज्ञ समापन भएको छ । बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे कारण संसारकै एकमात्र पवित्र शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिरकाे उद्घाटन कार्य राेकिएकाे थियो । मन्दिरकाे उद्घाटन ब्रह्मयज्ञकै अवसरमा गरिएकाे स्वामी ऋषि प्रपान्नाचार्यले बताउनुभयो । शालग्राम संग्रहालय प्रवेश गर्ने मुख्य द्वार बाघकाे आकृति झल्किने बाघको मुर्ति बनाएर बागलुङ घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने निर्माण गरिएको… पुरा पढौ

बागलुङ नगरपालिका ४ कुँडुलेमा श्री बृहद् ब्रह्मयज्ञ शुरू

बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा आइतबार देखि बृहद् ब्रह्मयज्ञ शुरू भएको छ । संसारकै एकमात्र पवित्र शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनाराय मन्दिरको उद्घाटनसँगै ब्रह्मयज्ञ आयोजना गरिएको हो । यज्ञको सर्वसिद्धि धाम पञ्चकोटका परिकल्पनाकार स्वामी कमलनयचार्यले उद्घाटन गर्नुभएको थियोे ।पहिलो दिन कुँडुलेबाट कालिगण्डकी नदिसम्म शोभायात्रा सहित अनुज्ञा प्रार्थना गरि शालग्राम संग्रहालय प्राङगणमा महायज्ञको समुदघाटन गरिएको थियो । उद्घाटन कार्यक्रममा बोल्दै स्वामी नयनाचार्यले राष्ट्र, राष्ट्रियता, शान्ति, मानवता, वैदिक सनातन… पुरा पढौ

चैत्राष्टमी मेलाको हिसाब सार्वजनिक

कालीका भगवती गुठी ब्यवस्थापन समितिले आयोजना गरेको ऐतिहासिक पर्व चैत्राष्टमी मेला २०७८ काे आर्थिक हिसाब सार्वजनिक गरेको छ । प्रत्येक बर्ष मनाइने ऐतिहासिक सांस्कृतिक पर्व चैत्राष्टमी मेलाको अवसरमा चैत २४ गतेदेखि २८ गतेसम्म संचालित चैत्राष्टमी मेलामाभएको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हाे । राष्ट्रिय लाेक दाेहाेरी प्रतियोगितामा ८ लाख ३० हजार कालीका कप खुला पुरूष भलिबल प्रतियोगितामा ७ लाख ६ हजार ६ सय ३५ छेलाे प्रतियोगिता २६ हजार ६ सय ६६ रूपैयाँ स्टेसनरी तथा मसलन्द खर्च… पुरा पढौ

लायन्स क्लब धाैलागिरि बागलुङको २५ आ‌ै वार्षिकोत्सब

हामी सेवा गर्छाैं भन्ने उदेश्य साथ स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धाैलागिरि बागलुङको २५ आ‌ै बर्ष पुगेको अवसरमा लायन्स रजत जयन्ती कार्यक्रम गरि मनाएको छ । धाैलागिरिकाे सबैभन्दा पुरानो सामाजिक संस्था लायन्स क्लबको २५ आ‌ै रजत जयन्तीको अवसरमा अहिलेसम्म क्लबकाे अध्यक्ष भएर सामाजिक सेवाको क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्‍याउने अध्यक्षहरूलाइ सम्मान गरिएको थियोे ।१९९५ सालमा क्लब स्थापना गर्न याेगदान पुर्‍याउने केबी रानामगर ,कृष्णप्रसाद शर्मा ,देवबहादुर श्रेष्ठ ,हरिप्रसाद शर्मा ,मनकुमारी केसी ,श्याम श्रेष्ठ ,अर्जुन घिमिरे ,काजीमान गुरूङ,अनुप कुमार श्रेष्ठ… पुरा पढौ

चैते दशै रमाइलो मेला बैशाख ३ गतेसम्म संचालन हुने

बागलुङमा लाग्ने ऐतिहासिक चैत्राष्टमी पर्वको लगत्तै नयाँ बर्ष बिशेश कार्यक्रम २०७९ रमाइलो मेला बागलुङ सदरमुकाममा शुरू भएको छ ।गुठी युनाइटेड क्लब बागलुङले यश नयाँ बर्ष २०७९ भब्य रूपमा मनाउनकाे लागि ३ दिनेसांस्कृतिक कार्यक्रम आयोजना गरिएकाे कार्यक्रमकाे कालीका भगवती गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले एक कार्यक्रम बिच उद्घाटन गर्नुभयो । कला र संस्कृतिको जगेर्ना गर्नकाे लागि सबै क्षेत्रको भुमिका अनिवार्य भएको हुदा यसलाई जाेगाउन सकेमात्र हाम्रो पहिचान रहिरहने हुदा यस्ता कार्यक्रम लाई निरन्तरता दिनुपर्ने अध्यक्ष खड्काले बताए । बागलुङका युवा… पुरा पढौ

नयाँ बर्षमा कालीका भगवती मन्दिरमा भक्तजनकाे घुइँचो

काेराेनाकाे जाेखिम कम भए संगै स्थानीय प्रशासनले कालीका भगवती मन्दिरमा लगाउदै आएको निषेधाज्ञा हटाए संगैनयाँ बर्ष २०७९ काे पहिलो दिन नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा भक्तजनकाे घुइँचो लागेको छ । नयाँ बर्ष २०७९ सालको पहिलो दिन नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा दर्शन गर्न आउने भक्तजनकाे घुइँचो लागेको छ ।दुई बर्ष सम्म बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ का कारणले पुजा गर्न नपाएका भक्तजन काेभिड कम भए संगै मन्दिर दर्शनको लागि आएका छन्… पुरा पढौ

बागलुङमा नयाँ वर्ष विशेष मेला

बागलुङ सदरमुकाममा लाग्ने ऐतिहासिक चैत्राष्टमी मेला सकिए लगत्तै नयाँ वर्ष विशेष कार्यक्रम २०७९ रमाइलो मेला बागलुङ सदरमुकाममा आयोजना गरिएको छ ।गुठी युनाइटेड क्लब बागलुङले नयाँ बर्ष २०७९ भब्य रूपमा मनाउनकाे लागि ३ दिने सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ । बागलुङका युवा वर्गलाई लक्षित गरि नेपालका चर्चित राष्ट्रिय कलाकारकाे गीत तथा नृत्य बाट मनाेरन्जन दिने उदेश्यले बागलुङ नगरपालिका १ बाङ्गेचाैरमा कार्यक्रम आयोजना गरेको छ । नयाँ बर्ष २०७९ बैशाख १ गतेदेखि ३ गतेसम्म विविध सांस्कृतिक कार्यक्रम, लाेक दाेहाेरी गीत कार्यक्रममा स्थानीय… पुरा पढौ

चैते दशै मेलामा रमाइलो मेला र ब्यापारी स्टल
स्थानीय उत्पादनमा समेत नगरपालिकाकाे कर

काेराेना भाइरस काेभिड १९ का कारण दुई बर्षसम्म ठप्प रहेको मेला महाेत्सव काेराेनाकाे जाेखिम कम भएसंगै चैते दशैकाे अवसरमा बागलुङ सदरमुकाममा चैते दशै मेला शुरू भएको छ । गन्तव्य बागलुङ कालीका ,कला संस्कृतिको प्रदर्शन ,स्थानीय उत्पादन ब्यापार र पर्यटन प्रवर्द्धन भन्ने मुल नारा साथकालीका भगवती गुठी ब्यबस्थापन समिति बागलुङले चैत्राष्टमी पर्वकाे अवसरमा चैत २४ गतेदेखि २८ गतेसम्म आयोजना गरेकोचैते दशै मेला नेपाल कै प्रसिद्धि कालीका भगवती मन्दिर परिसरमा शुरू भएको गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए । मेलामा स्थानीयले… पुरा पढौ