मौलिक पहिचान र पोखरेली संस्कृतिको झल्को दिने ‘पोखरेली कान्छी’ चाँडै सार्वजनिक हुँदै

-


     हिडन खबर    
     असार ८ गते २०८३ मा प्रकाशित


नेपाली लोक तथा सांगीतिक क्षेत्रमा नयाँ स्वाद बोकेको गीत ‘पोखरेली कान्छी’ चाँडै सार्वजनिक हुने भएको छ।
गायक मौसम गुरुङ र गायिका मेलिना राईको सुमधुर स्वरमा सजिएको यस गीतले पोखरेली संस्कृति, प्रेम र मौलिकताको सुन्दर चित्रण गर्ने अपेक्षा गरिएको छ।

गीतमा रमेश बीजीको शब्द तथा मौसम गुरुङकै संगीत रहेको छ। एचबीएन किस्मतले संगीत संयोजन गरेका छन् भने रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङको कार्य राज खड्काले गरेका हुन्।

गीतको म्युजिक भिडियोमा चहाना राना मगर र चोङ गुरुङको आकर्षक अभिनय रहनेछ। भिडियोको निर्देशन तथा कोरियोग्राफी मुकेश नेपालीले गरेका छन् भने बुद्ध थापाले छायांकन गरेका छन्। भिडियो सम्पादन नविन घर्ती मगरले गरेका हुन्। पोस्ट–प्रोडक्सनको जिम्मेवारी एड्भेन्चर इन्टरटेन्मेन्टले सम्हालेको छ।

सञ्चिता शाहीको प्रस्तुतिमा तयार भएको यो गीत एसएस म्युजिक प्रोडक्सन मार्फत सार्वजनिक हुने तयारीमा रहेको छ। सार्वजनिक हुनुअघि नै सार्वजनिक गरिएको पोस्टरले दर्शक तथा संगीतप्रेमीमाझ उत्सुकता बढाएको छ।

पोखरेली जीवनशैली, संस्कृति र मौलिक पहिचानलाई गीतमार्फत प्रस्तुत गर्ने प्रयास गरिएको ‘पोखरेली कान्छी’ले दर्शक तथा श्रोतामाझ विशेष स्थान बनाउने विश्वास निर्माण टोलीले गरेको छ।