बागलुङ ,जेठ ८
पाेखराबाट मुक्तिनाथ दर्शनका लागि उडेको सिम्रिक एयरको हेलिकप्टर मौसममा आएको खराबीका कारण बागलुङ सदरमुकाममा आकश्मिक अवतरण गरेको ।हेलिकप्टर अवतरण गरेको २ घण्टा अर्थात् ३ बजेर १० मिनेट जादा सम्म माैसममा सुधार नआएपछि बागलुङ सदरमुकामै बसिरहेको छ ।
मुक्तिनाथ दर्शनका लागि मुस्ताङ उडेको हेलिकप्टर बागलुङ बजारको धौलागिरी बहुमुखी क्याम्पसकाे प्राङ्गणमा आकश्मिक अवतरण गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इन्द्र बहादुर रानाले जानकारी दिनुभयो ।
मुस्ताङमा माैसम सफा भएपनि बागलुङ सदरमुकाममा लगातार पानी परिरहेको कारणले उडानमा समस्या आएको सिम्रिक एयरका हेलिकप्टरका चालकले बताउनुभयो ।