नयाँ बर्षमा कालीका भगवती मन्दिरमा भक्तजनकाे घुइँचो

-


     हिडन खबर    
     वैशाख १ गते २०७९ मा प्रकाशित


काेराेनाकाे जाेखिम कम भए संगै स्थानीय प्रशासनले कालीका भगवती मन्दिरमा लगाउदै आएको निषेधाज्ञा हटाए संगै
नयाँ बर्ष २०७९ काे पहिलो दिन नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा भक्तजनकाे घुइँचो लागेको छ ।

नयाँ बर्ष २०७९ सालको पहिलो दिन नेपाल कै प्रसिद्ध धार्मिक शक्तिपिठ कालीका भगवती मन्दिरमा दर्शन गर्न आउने भक्तजनकाे घुइँचो लागेको छ ।दुई बर्ष सम्म बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ का कारणले पुजा गर्न नपाएका भक्तजन काेभिड कम भए संगै मन्दिर दर्शनको लागि आएका छन् ।

बागलुङ नगरपालिका वडा नम्बर १काे रमणीय जंगल बिचमा रहेको रहेको धार्मिक शक्तिपिठ कालीका भगवती माताकाे दर्शन र आशिर्वाद लिनकाे लागि बिहान देखि नै मन्दिरमा भक्तजनकाे भिड लागेको कालीका भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

नयाँ बर्ष संगै कालीका भगवती मन्दिरमा पुजा गर्न पाउँदा आफुलाइ खुशी लागेको धेरै भक्तजनकाे उपस्थिति रहेको कालीका भगवती माताले मागेको कुरा पूरा हुने जनबिश्वास भएको कारणले पनि आउने गरेको भगवती खत्रीले बताए ।

कालीका भगवती माताकाे ध्यान गरेर आफ्नो आमाले छाेरा मागेपछि आफू जन्मिएकाे कारणले पनि भगवती माताकाे दर्शन गर्न आउने गरेको भक्तजन माेहन महतले बताए ।

काेराेनाकाे कारण देखाउदै स्थानीय प्रशासनले नेपाल कै प्रसिद्ध कालीका भगवती मन्दिरमा पुजा अर्चना र दर्शन गर्न जान समेत निषेधाज्ञा जारी गरेको कारण झण्डै दुई बर्ष सम्म ठप्प रहेको मन्दिरमा निषेधाज्ञा हटाएपछि ,पुजा गर्न आउने भक्तजन ह्वात्तै बढेर गएको छ ।मन्दिरमा पुजा गर्न आउने भक्तजनलाइ लाइनबद्व गरेर सहजरूपमा पुजा गर्ने प्रवन्ध समितिले मिलाएको छ ।

कालीका भगवती मन्दिरमा पुजा गरे आफ्नो मनाेकांक्षा पूरा हुने जन विश्वास भएको कारणले पनि टाढाटाढा देखि भाकल गरेका भक्तजन यसपटक मन्दिरमा नयाँ बर्ष पारेर आएको देखिन्छ ।

कालीका भगवती मन्दिरमा चैत्राष्ठमी पर्वकाे ९ दिन भित्र काठमाडौ ,पाेखरा ,भैरहवा ,नारायणगढ ,म्याग्दी ,पर्वत ,तनहुँ ,स्याङ्जा ,पाल्पा ,बुटवल लगायतका जिल्लाबाट ५ लाख भन्दा बढी धार्मिक पर्यटक दर्शनको लागि आएको कालीका भगवती गुठीले जनाएको छ ।