चैत्राष्टमी मेलाको हिसाब सार्वजनिक

-


     हिडन खबर    
     वैशाख ७ गते २०७९ मा प्रकाशित


कालीका भगवती गुठी ब्यवस्थापन समितिले आयोजना गरेको ऐतिहासिक पर्व चैत्राष्टमी मेला २०७८ काे आर्थिक हिसाब सार्वजनिक गरेको छ ।

प्रत्येक बर्ष मनाइने ऐतिहासिक सांस्कृतिक पर्व चैत्राष्टमी मेलाको अवसरमा चैत २४ गतेदेखि २८ गतेसम्म संचालित चैत्राष्टमी मेलामा
भएको आम्दानी र खर्चको विवरण पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हाे ।

राष्ट्रिय लाेक दाेहाेरी प्रतियोगितामा ८ लाख ३० हजार कालीका कप खुला पुरूष भलिबल प्रतियोगितामा ७ लाख ६ हजार ६ सय ३५ छेलाे प्रतियोगिता २६ हजार ६ सय ६६ रूपैयाँ स्टेसनरी तथा मसलन्द खर्च ६७ हजार ८ सय ३० रूपैयाँ सुरक्षा स्वयम् सेवक ४५ हजार रमाइलो मेला १० हजार प्रचारप्रसार १ लाख २५ हजार ९ सय २ रूपैयाँ खाध्य तथा आवास २ लाख ३२ हजार ७ सय ९५ रूपैयाँ ,कलाकार ११ लाख ९ हजार ४ सय १३ रूप‌ैया ,साउण्ड सिस्टम २ लाख अतिथि सत्कार २ लाख ९९ हजार ९ सय ४६ रूपैयाँ ,टेन्ट ब्यवस्थापन १ लाख १२ हजार ६ सय ३२ ,भाडा १ लाख पानी बिजुली १ लाख ५९ हजार ,विबिध २१ हजार ४ सय ५० ईन्धन खर्च १५ हजार ५ सय ९७ रूपैयाँ खर्च भएको हिसाब सार्वजनिक कालीका भगवती गुठीका भरत खड्काले गर्नुभएको थियो ।

कालीका भगवती मन्दिर बाट १० लाख रमाइलो मेलाबाट ५ लाख प्रयाेजनबाट ११ लाख सह आयोजक संस्था बाट ५ लाख १९ हजार २ सय ५० स्टलबाट ३ लाख ४० हजार दर्ता शुल्क बाट ८२ हजार १ सय ५० आर्थिक सहयोग ९ लाख २७ हजार ६ सय ६१ रूपैयाँ विभिन्न फम र ब्यक्तिबाट सहयोग १ लाख ७९ हजार ४ सय ८९ ,कालीका भगवती मन्दिर बाट ८ लाख भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

पत्रकार सम्मेलनमा कला र संस्कृतिको संरक्षण भन्ने नारालाई सार्थक बनाउन आगामी दिनमा गरिने कार्यक्रममा बागलुङको पुरानो माैलिक लाेक संस्कृति ,भजन लगायतका कार्यक्रम समावेश गर्न पत्रकारहरूले सुझाव राख्नुभएको थियोे ।

कालीका भगवती गुठी ब्यबस्थापन समितिले हरेक बर्ष चैत्राष्टमीकाे अवसरमा बागलुङ सदरमुकाममा गर्ने मेला काेराेना भाइरस काेभिड १९ काे जाेखिमका कारण २ बर्षसम्म ठप्प भएको थियो ।यसपालि भएको मेला भब्य र सभ्य रूपमा सम्पन्न भएको कारण आगामी बर्ष अझै राम्रोसँग गर्ने गुठीले जनाएको छ ।