
नेपाली मौलिक कौराह संस्कृतिमा आधारित गीत ‘आकाशैको झिलमिल तारा’ भिडियोसहित सार्वजनिक भएको छ। अग्रज गायक मनसुदन थापा र अर्का कलाकारको स्वरमा सजिएको उक्त गीत युनाइटेड
किङ्डम (यूके) मै रेकर्डिङ तथा छायांकन गरिएको हो।
गीतले मगर समुदायको मौलिक संस्कृति, परम्परा र जीवनशैलीलाई आकर्षक ढंगले प्रस्तुत गरेको छ। मौलिक कौराह भाकामा तयार पारिएको यस गीतमा सांस्कृतिक पहिचान र समुदायको जीवन्त पक्षलाई कलात्मक रूपमा उतारिएको छ।
गीत सार्वजनिक गर्दै कलाकारहरूले दर्शक, श्रोता तथा शुभचिन्तकहरूबाट माया, साथ, सल्लाह र सुझावको अपेक्षा गरेका छन्। साथै गीत निर्माणका क्रममा आर्थिक, नैतिक तथा भौतिक रूपमा सहयोग पुर्याउने सम्पूर्ण सहयोगी, संघ–संस्था तथा शुभेच्छुकहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्।
सार्वजनिक भएको यस गीतले नेपाली मौलिक कौराह संस्कृतिको संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास कलाकारहरूको रहेको छ।










