बागलुङ कुँडुलेमा श्री बृहद् ब्रह्मयज्ञ समापन

-


     हिडन खबर    
     वैशाख २४ गते २०७९ मा प्रकाशित


बागलुङ नगरपालिका वडा नम्बर ४ कुँडुले फेदीको श्रीधराचार्य शालग्राम संग्रहालय ,तिरूपतिबालाजी धाममा संचालित बृहद् -ब्रह्मयज्ञ समापन भएको छ ।

बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ काे कारण संसारकै एकमात्र पवित्र शालग्राम संग्रहालय संगै दुई बर्ष अघि निर्माण सम्पन्न भएको श्रीरंगवैकटेश मुक्तिनारायण मन्दिरकाे उद्घाटन कार्य राेकिएकाे थियो । मन्दिरकाे उद्घाटन ब्रह्मयज्ञकै अवसरमा गरिएकाे स्वामी ऋषि प्रपान्नाचार्यले बताउनुभयो । शालग्राम संग्रहालय प्रवेश गर्ने मुख्य द्वार बाघकाे आकृति झल्किने बाघको मुर्ति बनाएर बागलुङ घुम्न आउने धार्मिक पर्यटकलाई आकर्षित गर्ने निर्माण गरिएको प्रपान्नाचार्यले बताउनुभयो । बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुले क्षेत्रमा निर्माण भएको धार्मिक सम्पदा सबैको सम्पत्ति भएको यसमा धेरैको सहयोग सद्भाव भएको कारण आज सफल भएको समेत प्रपान्नाचार्यले समापन कार्यक्रममा धारणा राख्नुभएको थियो ।

नेपालकाे पावन मुक्तिक्षेत्रमा अबस्थित पुलहाश्रम ,गलेश्वरधाम,कालान्जरपर्वत ,कालीका,मालिका बबपन्चकाेकाेट आदि सुप्रसिद्व तिर्थस्थलहरूकाे मध्यभाग शालंकायन महर्षिकाे तपाेभुमी ,षडाचार्य स्वामी श्रीधराचार्यकाे जन्मभूमि कुँडुलेफेदीमा नेपालका देवस्थल तीर्थस्थलहरूकाे प्रचारप्रसार ,वैदिक संस्कार संस्कृति संरक्षण गर्ने उदेश्यले श्री बृहद् ब्रह्मयज्ञ गरेकाे आयोजकले जनाएको छ ।

श्रीरंवैकटेश मुक्तिनारायण मन्दिर हाल नेपाली वास्तुशैलीमा श्रीराम अंकित गण्डकी शीलाद्वारा सुन्दर विशाल मन्दिर पुनर्निर्माण र अलाैकिक शालीग्राम संग्रहालय भएको हुदा त्यसको समेत बृहत प्रचारप्रसार गर्ने उदेश्य रहेको आयोजकले जनाएको छ ।

बैशाख १८ गतेशाेभायात्रा अनुज्ञा प्रार्थना महायज्ञ समुदघाटन, १९ गते सामुहिक विष्णु याग एवं यज्ञ तथा पाठ परायण, २० गते शान्तिहाेम भगवत् प्राण प्रतिष्ठा ,२१ गते भगवद् आराधना जलाधिवास, २२ गते भगवद्त आराधना धान्याधिवास, २३ गते भगवद् आराधना ,शैय्याधिवास ,नेत्राेन्मिलन भगवत् प्राणप्रतिष्ठा र बैशाख २४ गते अभिषेक ,कल्याणाेत्सव पूर्णावती ,ब्रामह्मण र कर्ता लाई आयोजकले सम्मान गरेकाे थियोे ।

सप्ताह भरि भक्तजनले करिब ९० लाख चन्दा सहयोग गरेको महासचिव हरिप्रसाद शर्माले बताउनु भयो । कार्यक्रम मुल आयोजक समितिका अध्यक्ष आनन्द राजभण्डारीकाे अध्यक्षता र महासचिव हरिप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।