
काेराेना भाइरस काेभिड १९ का कारण दुई बर्षसम्म ठप्प रहेको मेला महाेत्सव काेराेनाकाे जाेखिम कम भएसंगै चैते दशैकाे अवसरमा बागलुङ सदरमुकाममा चैते दशै मेला शुरू भएको छ ।

गन्तव्य बागलुङ कालीका ,कला संस्कृतिको प्रदर्शन ,स्थानीय उत्पादन ब्यापार र पर्यटन प्रवर्द्धन भन्ने मुल नारा साथ
कालीका भगवती गुठी ब्यबस्थापन समिति बागलुङले चैत्राष्टमी पर्वकाे अवसरमा चैत २४ गतेदेखि २८ गतेसम्म आयोजना गरेको
चैते दशै मेला नेपाल कै प्रसिद्धि कालीका भगवती मन्दिर परिसरमा शुरू भएको गुठी ब्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताए ।

मेलामा स्थानीयले उत्पादन डालो ,नाग्लाे ,ठेकी ,हसिया ,लगायतका थुप्रै सामग्री विक्रि वितरणकाे लागि ल्याइएको छ ।चैत्राष्टमी मेलाको मुख्य आकर्षण स्थानीय हस्तकलाका उत्पादन भएपनि स्थानीय सरकारले त्यस्तो उत्पादन ल्याउने लाई प्राेत्साहन गर्नुपर्नेमा नगरेको गुनासो मेला सामाग्री बिक्रीवितरणका लागि आउनेहरूकाे छ ।
बागलुङ नगरपालिकाले प्रत्येक सामग्री बिक्रीकाे लागि आएका संग ५ सय देखि १ हजार सम्म कर अशुली गरेको गुनासो हिडन खबर संग गरेका छन् ।

ऐतिहासिक मेला सफल बनाउन कालीका कप राष्ट्रिय भलिबल प्रतियोगिता ,राष्ट्रिय लाेक दाेहाेरी गीत प्रतियोगिता ,छेलाे प्रतियोगिता ,राष्ट्रिय कलाकारकाे प्रस्तुति ,समावेश गरिएको मेला हेर्न आउने दर्शकलाई आकर्षण गर्न रमाइलो मेला ,विभिन्न ब्यापारीक स्टल समेत राखेर लगभग महाेत्सवकाे झल्काे दिने प्रयास गरिएको कालीका भगवती गुठी ब्यबस्थापन समितिले जनाएको छ । चैत २४ गतेदेखि शुरू भएको मेलामा देशका चर्चित राष्ट्रिय दाेहाेरी गीतका कलाकारले भाग लिएर मेलाको राैनक बढाएका छन् ।









