
बागलुङ ।कालीका भगवती गुठी ब्यबस्थापन समितीले बागलुङ नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि लाई शनिबार मन्दिर परिसरमा एक कार्यक्रम बिच स्वागत तथा सम्मान गरेको छ । बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठ ,नगर उप प्रमुख राजु खड्का र वडा अध्यक्ष लगायत वडा अध्यक्षहरूलाई खादा र फूल अबिर बाट स्वागत गरेकाे थियोे ।
बागलुङ नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बसन्त कुमार श्रेष्ठले ऐतिहासिक धार्मिक पर्यटकीय गन्तव्य कालीका भगवती मन्दिर हजारौं पर्यटक भित्र्याउने केन्द्र भएको हुदा यसको विकासको लागि नगरपालिकाले कालीका भगवती गुठी ब्यबस्थापन संग सहकार्य गरेर अगाडि बढ्ने धारणा राखेका थिए । नगर प्रमुख श्रेष्ठ र नगर उप प्रमुख खड्काले एक कार्यक्रम बिच कालीका भगवती मन्दिर ब्यबस्थापन समितिले निर्माण गर्न लागेको कालीका संग्रहालय भवनको शिलान्यास गरेका थिए ।

यस्तै गुठीले नम्बर १ का वडा अध्यक्ष जयबहादुर केसी ,वडा नम्बर २ का वडा अध्यक्ष ,सुरज बाेसेल ,वडा नम्बर ३ का वडा अध्यक्ष शनि केसी लक्ष्मण ,वडा नम्बर ४ का वडा अध्यक्ष कुमार बिक्रम क्षेत्री ,वडा नम्बर ५ का वडा अध्यक्ष हरिप्रसाद शर्मा ,वडा नम्बर ६ का वडा अध्यक्ष रूद्र बहादुर केसी ,वडा नम्बर ७ का वडा अध्यक्ष मेघराज गैरे वडा नम्बर ८ का वडा अध्यक्ष राजु थापा ,वडा नम्बर ९ का वडा अध्यक्ष छमबहादुर केसी ,वडा नम्बर १० का वडा अध्यक्ष तिलबहादुर थापा वडा नम्बर ११ का वडा अध्यक्ष ज्ञानेन्द्र गाैतम र वडा नम्बर १४ का वडा अध्यक्ष चक्रबहादुर खत्री लाई गुठीका अध्यक्ष कुमार खड्का लगायतका पदाधिकारीले फूल खादा र अबिर बाट स्वागत तथा सम्मान गरेको थियो ।यस्तै गुठी ब्यबस्थापन समितिका सदस्य अर्जुन खड्का बागलुङ नगरपालिका वडा नम्बर ३ काे वडा सदस्यमा निर्वाचित भएकोमा स्वागत गरेको थियोे ।


कार्यक्रममा गुठीका निर्वतमान अध्यक्ष एवं नगर उप प्रमुख राजु खड्का गुठीका सचिव भरत खड्काले कालीका भगवती मन्दिरको चाैतर्फि विकासको लागि सबैको भुमिका आवश्यक रहेको धारणा राखेका थिए ।
कालीका भगवती गुठीका अध्यक्ष कुमार खड्काको अध्यक्षतामा भएको कार्यक्रम संचालन कालीका भगवती गुठी ब्यबस्थापन समितिका कार्यालय प्रमुख तारा शर्माले गरेका थिए ।









