लायन्स क्लब धाैलागिरि बागलुङको २५ आ‌ै वार्षिकोत्सब

-


     हिडन खबर    
     वैशाख ३ गते २०७९ मा प्रकाशित


हामी सेवा गर्छाैं भन्ने उदेश्य साथ स्थापना भएको अन्तर्राष्ट्रिय सामाजिक संस्था लायन्स क्लब अफ धाैलागिरि बागलुङको २५ आ‌ै बर्ष पुगेको अवसरमा लायन्स रजत जयन्ती कार्यक्रम गरि मनाएको छ ।

धाैलागिरिकाे सबैभन्दा पुरानो सामाजिक संस्था लायन्स क्लबको २५ आ‌ै रजत जयन्तीको अवसरमा अहिलेसम्म क्लबकाे अध्यक्ष भएर सामाजिक सेवाको क्षेत्रमा महत्त्वपूर्ण याेगदान पुर्‍याउने अध्यक्षहरूलाइ सम्मान गरिएको थियोे ।१९९५ सालमा क्लब स्थापना गर्न याेगदान पुर्‍याउने केबी रानामगर ,कृष्णप्रसाद शर्मा ,देवबहादुर श्रेष्ठ ,हरिप्रसाद शर्मा ,मनकुमारी केसी ,श्याम श्रेष्ठ ,अर्जुन घिमिरे ,काजीमान गुरूङ,अनुप कुमार श्रेष्ठ ,राजेशचन्द्र राजभण्डारी ,राजकुमार श्रेष्ठ ,उत्तम कुमार राजभण्डारी ,आ‌ेम प्रकाश गाैतम , बबिता शर्मा ,भरत शर्मा ,शशि कपुर श्रेष्ठ ,जयराम भारी ,राजन कुमार शाक्यलाई कार्यक्रममा प्रमाणपत्र बाट सम्मान गरिएको थियोे ।

कार्यक्रममा ,लायन्स क्लब धाैलागिरि बागलुङका ,संस्थापक अध्यक्ष केबी रानामगर ,पुर्व अध्यक्ष लालचन्द्र राजभण्डारी , श्याम श्रेष्ठ ,लायन काजीमान गुरूङ,दुर्गा बहादुर कुबँर ,पार्वती अधिकारी ,लगायतका बक्ताहरूले मन्तब्य राखेका थिए ।

लायन्स क्लब अफ धाैलागिरि बागलुङका अध्यक्ष तालबहादुर कुबँरकाे अध्यक्षतामा भएको कार्यक्रममा स्वागत लायन्स क्लब अफ धाैलागिरिका निर्माण कुमार श्रेष्ठ र सचिव राजेश भारीकाे संचालनमा सम्पन्न भएको थियोे ।