
बागलुङ सदरमुकाममा लाग्ने ऐतिहासिक चैत्राष्टमी मेला सकिए लगत्तै नयाँ वर्ष विशेष कार्यक्रम २०७९ रमाइलो मेला बागलुङ सदरमुकाममा आयोजना गरिएको छ ।गुठी युनाइटेड क्लब बागलुङले नयाँ बर्ष २०७९ भब्य रूपमा मनाउनकाे लागि ३ दिने सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
बागलुङका युवा वर्गलाई लक्षित गरि नेपालका चर्चित राष्ट्रिय कलाकारकाे गीत तथा नृत्य बाट मनाेरन्जन दिने उदेश्यले बागलुङ नगरपालिका १ बाङ्गेचाैरमा कार्यक्रम आयोजना गरेको छ । नयाँ बर्ष २०७९ बैशाख १ गतेदेखि ३ गतेसम्म विविध सांस्कृतिक कार्यक्रम, लाेक दाेहाेरी गीत कार्यक्रममा स्थानीय देखि राष्ट्रिय कलाकारलाई बागलुङ ल्याउने कार्यक्रम तय गरेको आयोजकले जनाएको छ ।
बैशाख १ गते सृजना खत्री, रवि कार्की, ध्रुव जिसी, सुवास खत्री, कृष्ण अखेली, सुजन क्षेत्री, वर्षा क्षेत्री, रिना केसी र गणेश पाैडेलको प्रस्तुति रहने आयोजकले जनाएको छ । बैशाख २ गते रमेश राज भट्टराई, कमल खत्री, कृष्ण सुवेदी, बिजय पुन, सुनिता नेपाली, रिना केसी ,गणेश पाैडेल ,सज्जन कुमार सिंहको प्रस्तुति रहनेछ । त्यस्तै ३ गते प्रमाेद खरेल, रूपा घर्ती, सुमन खड्का, रिना केसी, गणेश पाैडेल,सन्तोष बस्याल,चाेलेन्द्र पाैडेल, घनश्याम रिजाल, जीवन दाहाल, सुमन केसी लगायतका कलाकारकाे प्रस्तुति रहने आयाेजकले जनाएको छ ।
बिश्वब्यापी महामारीको रूपमा फैलिएको काेराेना भाइरस काेभिड १९ का कारण दुई बर्ष सम्म ठप्प भएको मेला महाेत्सव क्रमश काेराेना संक्रमण कम हुदै गएपछि शुरू भएको मेला महाेत्सवमा दर्शकहरूकाे उल्लेखनीय उपस्थिति रहेको छ ।
मेलालाई सफलता पुर्वक सम्पन्न गर्न जिल्लामा प्रहरी प्रशासनले शान्ति सुरक्षाको राम्रो प्रवन्ध मिलाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख दयानिधी ज्ञावलीले बताउनुभयो ।
यसपालिकाे मेलामा रमाइलो मेला, चमाचा, डुङ्गा, रेल लगायतका मनाेरन्जनका खेल सामाग्री राखिनुका साथै १०० वटा भन्दा बढी ब्यापारी स्टल राखिएका छन् ।












