पर्यटन

हरिबोधनी एकादशी मेला भलिबलको उपाधि गलकोटलाई

जैमिनीलाई ३–१ को सेटमा पराजित गर्दै गलकोट च्याम्पियन बागलुङ, मंसिर ६ । हरिबोधनी एकादशी मेला २०८३ को अवसरमा आयोजित खुला पालिकास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि गलकोटले जितेको छ । आइतबार भएको फाइनल खेलमा गलकोट नगरपालिकाको नरेठाँटी भलिबल टोलीले जैमिनी नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै उपाधि हात पारेको हो । पहिलो सेट गुमाएको गलकोटले उत्कृष्ट पुनरागमन गर्दै लगातार तीन सेट जितेर च्याम्पियन बन्न सफल भयो । पहिलो सेट जैमिनीले २६–२४ ले आफ्नो पक्षमा पारेको थियो । तर दोस्रो सेटमा गलकोटले… पुरा पढौ

बजेट अभावमा कुश्माको ७८ फिट अग्लो शिव–पार्वती मूर्ति निर्माण अलपत्र

धार्मिक पर्यटनको महत्त्वाकाङ्क्षी योजना अधुरै, निर्माण सम्पन्न हुने टुङ्गो छैन पर्वत, मंसिर ६ ।पर्वतको कुश्मामा धार्मिक तथा पर्यटकीय आकर्षणको प्रमुख गन्तव्य बनाउने उद्देश्यले निर्माण सुरु गरिएको ७८ फिट अग्लो शिव–पार्वतीको संयुक्त मूर्ति बजेट अभावका कारण अलपत्र परेको छ। विश्वकै अग्लो शिव–पार्वतीको संयुक्त मूर्ति निर्माण गर्ने लक्ष्यसहित अघि बढाइएको महत्त्वाकाङ्क्षी आयोजना आवश्यक आर्थिक स्रोतको अभावमा प्रभावित बनेको हो। धार्मिक आस्था, सांस्कृतिक पहिचान र पर्यटन प्रवर्द्धनलाई जोड्ने उद्देश्यले सुरु गरिएको यस परियोजनाले प्रारम्भमा स्थानीयवासी तथा पर्यटनप्रेमीमा उत्साह जगाएको थियो। मूर्ति निर्माण सम्पन्न… पुरा पढौ

नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द हुने

घोप्टेभीरमा पहिरोको जोखिम न्यूनीकरण गर्न मंसिर ५ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म आवागमन रोकिने चितवन । नागढुंगा–मुग्लिन सडकखण्डअन्तर्गत घोप्टेभीर क्षेत्रमा पहिरो खस्ने क्रम नरोकिएपछि जोखिम न्यूनीकरणका लागि दैनिक पाँच घण्टा सडक बन्द गरिने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार सार्वजनिक सूचना जारी गर्दै मंसिर ५ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सडक आवागमन बन्द गर्ने निर्णय गरेको जनाएको छ । कार्यालयका अनुसार घोप्टेभीर क्षेत्रमा लगातार सुक्खा पहिरो खस्दा सवारी… पुरा पढौ

निसीखोलामा लायन्स क्लबको सचिवालय उद्घाटन

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–३, धुवाँखोरमा लायन्स क्लब अफ निसीखोला बागलुङको सचिवालय उद्घाटन गरिएको छ। सचिवालय उद्घाटन कार्यक्रममा लायन्स क्लब अफ ढोरपाटनका अध्यक्ष हेमेन्द्र घर्ती र लायन्स क्लब अफ बुर्तिबाङका अध्यक्ष मनु कुँवरलगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै नवस्थापित क्लबको सफलताको कामना गर्नुभयो। उहाँहरूले लायन्स क्लबले मानवीय सेवा, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचको विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको उल्लेख गर्दै निसीखोलामा स्थापना भएको क्लबले पनि स्थानीयस्तरमा सामाजिक तथा परोपकारी गतिविधिलाई प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि लायन्स… पुरा पढौ

प्रगतिशील आमासमूहको देउसी–भैलोबाट १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन

बागलुङ । बागलुङको जैमिनी नगरपालिका–१, कुश्मीसेरामा प्रगतिशील आमासमूहद्वारा आयोजित दुईदिने देउसी–भैलो कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। कार्यक्रममा १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन भएको समूहले जनाएको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा सामाजिक सद्भाव र एकता कायम गर्ने उद्देश्यले तिहारको अवसरमा कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा स्थानीय बुबाआमा, दाजुभाइ, दिदीबहिनीलगायत विभिन्न क्षेत्रका व्यक्तिहरूको उत्साहजनक सहभागिता रहेको थियो। समूहका अनुसार दुई दिनसम्म सञ्चालन भएको देउसी–भैलो कार्यक्रमबाट कुल १ लाख १२ हजार ४१५ रुपैयाँ संकलन भएको छ।… पुरा पढौ

तिहारको अवसरमा पोखराको बिरौटामा ‘राधा रिना कलेक्सन’ सञ्चालनमा

पोखरा । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको अवसर पारेर पोखरा महानगरपालिका–१७, बिरौटा चोकमा ‘राधा रिना कलेक्सन’ सञ्चालनमा आएको छ। महिला दिदीबहिनीको रुचि, चाहना र आवश्यकतालाई मध्यनजर गर्दै नयाँ तथा आधुनिक फेसन वेयर उपलब्ध गराउने उद्देश्यले कलेक्सन सञ्चालनमा ल्याइएको हो। नयाँ सोच र उत्साहका साथ सुरु गरिएको कलेक्सनको आज एक कार्यक्रमबीच शुभारम्भ गरिएको छ।उद्घाटन कार्यक्रममा सञ्चालक, आफन्त, शुभचिन्तक तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। बदलिँदो फेसन र आधुनिक पहिरनप्रति महिलाहरूको बढ्दो आकर्षणलाई ध्यानमा राख्दै विभिन्न डिजाइनका आकर्षक तथा नयाँ फेसनका पहिरन उपलब्ध… पुरा पढौ

नवसाक्षर आमा समूहको देउसी–भैलोबाट ५१ हजार संकलन

बागलुङ । मौलिक कला, संस्कृति र परम्पराको संरक्षण गर्ने उद्देश्यले नवसाक्षर आमा समूहले सञ्चालन गरेको देउसी–भैलो कार्यक्रमबाट हालसम्म ५१ हजार रुपैयाँ संकलन भएको छ। कार्तिक १९ गतेदेखि सुरु भएको कार्यक्रममा स्थानीय महिलाहरूको सक्रिय सहभागिता रहेको छ। देउसी–भैलोमार्फत संस्कृति संरक्षणसँगै सामाजिक एकता, आपसी सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्य रहेको समूहले जनाएको छ। समूहकी अध्यक्ष एलिजा थापाका अनुसार देउसी–भैलोबाट संकलित रकम सामाजिक तथा परोपकारी कार्यमा खर्च गर्ने योजना रहेको छ। आधुनिकताको प्रभावसँगै मौलिक संस्कृति र परम्परा ओझेलमा पर्दै गइरहेको अवस्थामा… पुरा पढौ

तीन जनाको स्वरमा तिहार विशेष मौलिक देउसी–भैलो गीत सार्वजनिक

बागलुङ । शिक्षण पेसासँगै लोकसंगीतमा सक्रिय लोकगायक डिल्ली पौडेलको शब्द तथा लय सिर्जनामा तयार भएको तिहार विशेष मौलिक देउसी–भैलो गीत सार्वजनिक भएको छ। २०८३ सालको दीपावलीको शुभकामना सन्देशसहित तयार गरिएको गीतमा तारानाथ आचार्य, डिल्ली पौडेल र ललिता घर्ती मगरको स्वर रहेको छ। नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले तयार गरिएको गीतले तिहारको सांस्कृतिक महत्व, आपसी सद्भाव, प्रेम र भाइचाराको सन्देश प्रवाह गरेको छ। आधुनिक संगीतको प्रभाव बढ्दै गएको अवस्थामा मौलिक लोकसंस्कृतिलाई जीवन्त राख्न गीतले योगदान… पुरा पढौ

लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मानवीय तथा सामाजिक सेवालाई अझ प्रभावकारी र परिणाममुखी बनाउने लायन्स लिडरहरूको प्रतिबद्धता काठमाडौं । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ के नेपालले दीपावली, नेपाल संवत् ११४७ तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ । शनिबार काठमाडौंको सामाखुसीस्थित स्काई रेस्ट्रो एन्ड ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा लायन्स इन्टरनेशनलका पूर्व अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीसहित लायन्सका विभिन्न तहका नेतृत्वले पर्वहरूको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पूर्व अन्तर्राष्ट्रिय निर्देशक बुर्लाकोटी, डिस्ट्रिक्ट ३२५ के नेपालका गभर्नर रमेश अधिकारी, फस्ट भाइस गभर्नर विष्णुहरि फुयाल, सेकेन्ड भाइस… पुरा पढौ

सुनौलो बागलुङको देउसी–भैलो सुरु, संकलित रकम परोपकारी कार्यमा खर्च गरिने

बागलुङ । नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सुनौलो बागलुङ संस्थाले देउसी–भैलो कार्यक्रम सुरु गरेको छ। ‘संस्कृति जोगाऔँ, परम्परा बचाऔँ, हाम्रो पहिचानलाई जीवन्त राखौँ’ भन्ने सन्देशसहित बागलुङको जैमिनी नगरपालिका र बरेङ गाउँपालिकामा सञ्चालन हुने कार्यक्रमको उद्घाटन जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले गर्नुभएको हो। कात्तिक २० गतेदेखि २७ गतेसम्म आठ दिन सञ्चालन हुने कार्यक्रममा देउसी–भैलोमार्फत मौलिक लोकसंस्कृतिको संरक्षणसँगै सामाजिक सद्भाव, भाइचारा र एकताको सन्देश प्रवाह गरिने संस्थाले जनाएको छ। देउसी–भैलोबाट संकलित रकम सामाजिक उत्तरदायित्वअन्तर्गत परोपकारी तथा… पुरा पढौ