"बेहुला बनाउँछु भन्थी, बहुला बनाएर गई" गीतबाट चर्चित गायक रमेशराज भट्टराई र "चोली मैलै भो" की गायिका भूमिका गिरीले युरोप टुर २०२५ को सुरुवात फिनल्यान्डबाट गर्ने भएका छन्। चौतारी इभेन्ट्स फिनल्यान्डको आयोजनामा हुन लागेको यो सांगीतिक कार्यक्रम जुलाई ५, शनिबारका दिन हेलसिन्कीस्थित Malmin työväentalo मा हुनेछ। रमेशराज भट्टराई नेपाली आधुनिक र लोकदोहोरी गीतका लोकप्रिय गायक हुन्। बहुला शैलीका गीतहरूका कारण उनी 'बहुला गायक' भनेर पनि चिनिन्छन्। बेलायत, अष्ट्रेलिया, जापान, हङकङ, दुबईजस्ता देशहरूमा प्रस्तुति दिइसकेका भट्टराईको यो पहिलो युरोप टुर हो।…
पुरा पढौ