नेपाली परिकारको स्वाद र सांस्कृतिक झल्को दिने ‘भोजनलिपि स्वाद’को चौथो संस्करण काठमाडौंमा

-


     राजेशचन्द्र राजभण्डारी    
     असार १५ गते २०८२ मा प्रकाशित


काठमाडौं, असार १५

नेपाली परम्परागत खानाको प्रवर्द्धन र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले ‘भोजनलिपि स्वाद’ कार्यक्रमको चौथो संस्करण असार १५ गते काठमाडौंको अनामनगरस्थित सिलाैटाे कटेजमा आयोजना सम्पन्न भएको छ ।

राष्ट्रिय धान दिवसकाे अवसर पारेर नयाँ संस्करण गरिएकाे  नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ ।  ।

चौथो संस्करणमा विभिन्न परिकारका स्वादका अतिरिक्त मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषि उपजको पनि प्रवर्द्धन गरिएकाे थियो ।

नेपाली खाना प्रवर्द्धन अभियानकाे आयोजना र सिलाैटाे कटेजको सहकार्यमा भएको यस विशेष कार्यक्रमको पाककलात्मक प्रस्तुति अन्तर्राष्ट्रिय ख्यातिप्राप्त सेफहरू  सेफ घनश्याम कडेल र सेफ दुर्गा खड्का को नेतृत्वमा भएको थियो। उनीहरूले परम्परागत नेपाली स्वादलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले तयार पारिएका व्यञ्जनहरूको लाइभ कुकिङ र प्रस्तुति दिएका थिए ।

कार्यक्रमलाई सांगीतिक वातावरणमा रमाइलो र ज्ञानमूलक बनाइएको आयोजकले जनाएकाे छ ।अतिथिहरूलाई नेपाली परिकारको मौलिक स्वादसँगै त्यसको ऐतिहासिक र सांस्कृतिक पृष्ठभूमिबारे पनि जानकारी दिने काम भएको थियो ।

उद्देश्य र महत्व

‘भोजनलिपि स्वाद’ कार्यक्रम नेपाली परिकारको विविधता र स्वास्थ्यवर्धक पक्षलाई प्रवर्द्धन गर्दै नेपाली कृषि, पर्यटन र सांस्कृतिक सम्पदासँग जोडिएको पहिचानलाई उजागर गर्न आयोजित गरिएको हो। नेपाली खाना मात्र खानाको रूपमा नभई, हाम्रो संस्कार, परम्परा र सम्पदाको अंश हो भन्ने सन्देश दिन यो अभियानले सक्रियता देखाउँदै आएको छ।

कार्यक्रममा विविध क्षेत्रका व्यक्तित्व राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा लेखिनुपर्छ।, नेपाल पत्रकार महासंघका केन्द्रीय पुर्व अध्यक्ष बिष्णु निष्ठुरी , सञ्चारकर्मी, पाककला प्रेमी तथा सांस्कृतिक अभियन्ताहरूको उपस्थिति रहेको थियो ।कार्यक्रम अभियानकर्ता देवी सापकोटाले सबै नेपाली खानामा रुचि राख्ने व्यक्तिहरूलाई सहभागी भई अभियानलाई सहयोग र प्रेरणा दिएकाे बताए ।

कार्यक्रम सिलाैटाे कटेज, अनामनगर, काठमाडौंमा गरिएको थियो । कार्यक्रममा नेपाली कृषकले उत्पादन गरेकाे मह समेत प्रदर्शन गरिएकाे थियो ।