पर्यटन

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ले प्रिमियरमा दर्शकको मन जित्यो

काठमाडौं — चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले प्रिमियरमा सहभागी अधिकांश दर्शकको मन जित्न सफल भएको छ। बुधबार नयाँ बानेश्वरस्थित वान सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र हेर्न पुगेका धेरैजसो दर्शक भावुक बनेका थिए। प्रिमियरमा वरिष्ठ कलाकार शुनिल थापा, छायाँकार गौरीशंकर धुंजु, अभिनेता जितु नेपाल, कवि तथा गीतकार विप्लव प्रतीक, कलाकार कमलमणि नेपाल, लोकेन्द्र लेखक, नायक किरण श्रेष्ठ, स्क्रिप्ट लेखक प्रदीप भारद्धाज लगायत चलचित्र क्षेत्रका चर्चित व्यक्तिहरूको उपस्थिति थियो। उपस्थित कलाकार तथा दर्शकहरू चलचित्रको कथासँग भावनात्मक रूपमा जोडिएको देखिन्थ्यो। चलचित्र… पुरा पढौ

बागलुङ जैमिनी नगरपालिका–१ मा तीज प्रतियोगिता हुने

बागलुङ — जैमिनी नगरपालिका–१ कुस्मि सेरामा तीज विशेष सांस्कृतिक प्रतियोगिता आयोजना हुने भएको छ। वडा कार्यालयको पहलमा आयोजना गरिने उक्त कार्यक्रम भदौ ९ गते हिमालयन बोर्डिङ स्कुलको प्रांगणमा बिहान ११ बजेबाट सुरु भई साँझ ५ बजेसम्म सञ्चालन हुने जानकारी वडा अध्यक्षले दिएका छन्। प्रतियोगितामा वडा भित्रका आमा समूह, महिला समूह, महिला उद्यमी समूह लगायतले सहभागिता जनाउन सक्नेछन्। यसबारे वडा कार्यालयले १० वटा वडामा सूचना प्रवाह गरिसकेको छ। कार्यक्रमको अवलोकनका लागि वडा सदस्यहरू तथा वडा कार्यालयका कर्मचारीहरूलाई समेत आह्वान गरिएको छ।… पुरा पढौ

केकी अधिकारी : ‘दयालु दिदी’को संवेदनशील चित्रण

काठमाडौं । ‘बोक्सीको घर’ ब्लकबस्टर हिट भएपछि अभिनेत्री केकी अधिकारीको व्यस्तता थपिएको छ। एकपछि अर्को चलचित्र प्रदर्शनको तयारीमा रहेकी केकीको नयाँ फिल्म ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ यही भदौ ६ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रमा केकीले मुख्य पात्र विजय बरालको दिदीको भूमिका निर्वाह गरेकी छन्। भाइको जीवनमा लय आउन सकोस् भन्ने चाहनाले आफू श्रीमानको दमन र खप्की सहेर बस्ने दिदीको संवेदनशील चरित्रमा उनी देखिएकी छन्। आफ्नो पीडा लुकाएर अरूको खुसीका लागि जिउने पात्रको रूपमा प्रस्तुत गरिएकी केकी, जब भाइले उनको… पुरा पढौ

पुर्व प्रधानमन्त्री प्रचण्डद्वारा ‘नाडा अटो शो’ को अवलोकन, उड्ने कारमा चढेर अनुभव

४ भदौ २०८२, बुधबार, काठमाडौं ।गणतन्त्र नेपालका प्रथम जननिर्वाचित पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवलोकन गर्नुभएको छ। अवलोकनका क्रममा पुर्व प्रधानमन्त्री प्रचण्डले प्रदर्शनीमा राखिएको दुई सिटे उड्ने कारमा चढेर अनुभव लिनुभयो।नेपालमै आयोजना हुने सबैभन्दा ठूलो अटो प्रदर्शनी मानिने यस वर्षको ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ मूल्य पर्ने गाडीदेखि लिएर उड्ने कारसम्मका अत्याधुनिक सवारीसाधनहरु प्रदर्शनमा राखिएका छन्। अध्यक्ष प्रचण्डलाई प्रविधिमैत्री शैलीमा रोबोटद्वारा… पुरा पढौ

चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’— जनै कसरी हराउँछ ? सेन्सर बोर्डबाट यु सर्टिफिकेट प्राप्त

काठमाडौं ।भदौ ६ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ ले यु (युनिभर्सल) सर्टिफिकेट प्राप्त गरेको छ। चलचित्र विकास बोर्डअन्तर्गतको केन्द्रीय चलचित्र जाँच समितिबाट सबै वर्गका दर्शकका लागि उपयुक्त ठहर गर्दै फिल्मलाई युनिभर्सल सर्टिफिकेट प्रदान गरिएको हो। फिल्मको नाम र ट्रेलरले दर्शकमा कथावस्तु प्रतिको चासो अझै बढाएको छ। "जनै कसरी हराउँछ?", "कसको जनै हराउँछ?" भन्ने प्रश्नले दर्शकलाई हलसम्म तान्न खोजिएको देखिन्छ। निर्माण पक्षले कथावस्तु खुलाएका छैनन्। जनैको विषयले कथामा महत्वपूर्ण मोड लिन्छ भन्ने अनुमान… पुरा पढौ

‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ — नाम परिवर्तनको कथा

काठमाडौं — चलचित्र ‘जनै हराएको मान्छे : सम्बन्धका धागाहरू’ सुरुमा ‘जनै हराएको बाहुन : सम्बन्धका धागाहरू’ नामले सार्वजनिक गरिएको थियो। तर निर्माण पक्षले केही समयअघि नाम परिवर्तन गर्दै ‘बाहुन’को सट्टा ‘मान्छे’ शब्द प्रयोग गरेको छ। निर्माण पक्षका अनुसार हिन्दु धर्मसँग सम्बन्धित केही संस्था तथा व्यक्तिहरूबाट अनावश्यक चासो र दबाब आउन थालेपछि नाम परिवर्तन गरिएको हो। यद्यपि, निर्देशक हिमाल न्यौपानेले चलचित्र धार्मिक नभई सामाजिक विषयवस्तुमा आधारित रहेको स्पष्ट पारेका छन्। उनले भने, “हाम्रो सिनेमा धार्मिक होइन, सामाजिक कथा हो। विषयसँग जोडिएर… पुरा पढौ

गीतमार्फत जीवनका पीडा पोख्दै गायिकाहरू शान्ति परियार, रितु बोहोरा र तारा थापा

काठमाडौं भदौ २ पछिल्लो समय दोहोरी गीतहरू कलाकारहरूको भावनात्मक अभिव्यक्तिको माध्यम बन्दै गएका छन्। विशेष गरी, जीवनका सुख-दुःख, भोगाइका पीडा र समाजमा रहेका तीतामिठा यथार्थलाई उनीहरूले गीतमार्फत पोख्ने गरेका छन्। यस्तै पीडाका कथा समेटिएको एक मार्मिक दोहोरी गीत हालै रितु बोहोरा अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको छ, जहाँ गायिकाहरू शान्ति परियार, रितु बोहोरा र तारा थापाले आफ्ना अनुभव र भावनाहरू गीतमार्फत प्रस्तुत गरेका छन्। गायिका शान्ति परियार गीतमा यसरी व्यथा पोख्छिन्: “जीवनदेखि बसेछु अगाएर, नदीले नी लगेन बगाएरडाँडै बस्यो चील,… पुरा पढौ

बागलुङको मालिकामा यहीँ भदौ  ८ देखी  १२ गते सम्म तिजीमेला तथा धार्मिक महाेत्सव हुने

बागलुङ श्रावण ३१ १५ आ‌ैं सताब्दी देखि चल्दै आएको ऐतिहासिक तीजी मेलालाई यो बर्ष पनि निरन्तरता दिने कार्यक्रम अनुसार बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकामा अवस्थित प्रसिद्ध धार्मिक गन्तव्य मालिका भगवती मन्दिर परिसरमानेपाली हिन्दु नारीहरूकाे महान पर्व हरितालीका तीजकोअवसरमा तीजी मेला हुने भएको छ । मालिका भगवती मन्दिर ब्यवस्थापन समितिकाे संयाेजनमाबागलुङ नगरपालिका वडा नम्बर ५,६,र ७ काे संगम स्थल मालिकामा यहीँ भदौ  ८ देखी  १२ गते सम्म विभिन्न कार्यक्रम गरि तीजी मेला आयोजना गरिएको मन्दिर परिसरमा आयोजीत पत्रकार सम्मेलनमा मालिका… पुरा पढौ

बागलुङ उद्योग वाणिज्य संघका महिला उद्यमी टोलीको लेखनाथ भ्रमण

लेखनाथ, साउन ३०बागलुङ उद्योग वाणिज्य संघमा आवद्ध महिला उद्यमीहरूको टोली अध्ययन अवलोकन भ्रमणका क्रममा बुधवार लेखनाथ पुगेको छ। लेखनाथ आगमन अवसरमा लेखनाथ उद्योग वाणिज्य संघले टोलीलाई स्वागत गर्दै अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको थियो। संघका महिला उद्यमी समन्वय उपसमिति संयोजक एवं कार्यसमिति सदस्य गंगा मल्लको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा दुई संघबीचको आपसी सम्बन्ध सुदृढ गर्दै महिला उद्यमीहरूको अनुभव आदान–प्रदान तथा उद्यमशीलता सम्बन्धी गतिविधिमाथि विस्तृत छलफल गरिएको थियो। बागलुङ महिला विकास समितिकी अध्यक्ष अर्चना कुमारी पालिखेको नेतृत्वमा आएको टोलीका सदस्यहरूले लेखनाथ उद्योग… पुरा पढौ

चलचित्र ‘मिरमिरे’को छायांकन सम्पन्न, माघ १ गते प्रदर्शन

काठमाडौं । यम शेर्पाको निर्देशनमा निर्माण भइरहेको नेपाली चलचित्र ‘मिरमिरे’ को छायांकन सम्पन्न भएको छ। कुल ३५ दिनमा चलचित्रको मुख्य छायांकन कार्य सकिएको हो। चलचित्रको छायांकन काभ्रेपलाञ्चोकका विभिन्न स्थानहरू र मकवानपुरको चित्लाङमा गरिएको हो। अहिले चलचित्रको एउटा गीतको छायांकन मात्र बाँकी रहेको निर्देशक यम शेर्पाले जानकारी दिए। अब एउटा गीतको छायांकन गर्न बाँकी छ। समय अनुकूल पारेर छायांकन सम्पन्न गर्नेछौं,” – निर्देशक शेर्पा। ‘मिरमिरे’ यही माघ १ गते प्रदर्शनमा आउने पक्का भएको छ। चलचित्रको प्रदर्शन मिति नायिका सिर्जना निङलेखुको जन्मदिनको… पुरा पढौ