दीप प्रज्वलनसँगै सुरु भयो ‘धुन माटो’, अग्रज स्रष्टाहरू सम्मानित

-


     केपी कुमार जलन     
     असार १४ गते २०८३ मा प्रकाशित


काठमाडौं, असार १४ — नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको ‘धुन माटो’ अभियानको उद्घाटन कार्यक्रम शनिबार काठमाडौंमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन वरिष्ठ गायक प्रेमराजा महत, वरिष्ठ गायिका बीमा कुमारी दुरा तथा पवित्रा रसाइलीले संयुक्त रूपमा दीप प्रज्वलन गरी गर्नुभएको थियो।

उद्घाटन समारोहमा नेपाली संगीत तथा सांस्कृतिक क्षेत्रका अग्रज व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सो अवसरमा प्रेमराजा महत, बीमा कुमारी दुरा, बमबहादुर कार्की, फूलमाया के.सी., उदय श्रेष्ठ र पवित्रा रसाइलीलाई नेपाली कला–संस्कृतिको संरक्षण र प्रवर्द्धनमा पुर्‍याएको योगदानको कदरस्वरूप ‘स्रष्टा सम्मान’ प्रदान गरिएको थियो।

कार्यक्रममा वरिष्ठ गायक रामप्रसाद खनाल तथा वरिष्ठ पत्रकार एवं प्राइम टेलिभिजनका सञ्चालक ऋषि धमला विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो। साथै, सुमन थापा मगर, श्याम राना, प्रसन्न पाठकलगायत विभिन्न कलाकार, सामाजिक अभियन्ता तथा सांस्कृतिक क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

मिलीजुली बाजा समूहको नौमती बाजाको मंगलधुनबाट सुरु भएको कार्यक्रममा देशका विभिन्न भूभागबाट आएका कलाकारहरूले काठे भाका, पूर्वेली भाका, लोकदोहोरी तथा विविध मौलिक सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए।

कार्यक्रममा नयाँ तथा उदीयमान प्रतिभाहरूलाई समेत आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको सञ्चालन कमला घिमिरे र दुर्गा बिरहीले गर्नुभएको थियो। साथै, कार्यक्रम प्राइम टेलिभिजनमार्फत प्रसारण गरिने जानकारी पनि आयोजकले दिएको छ।

आयोजकका अनुसार ‘धुन माटो’ केवल सांगीतिक कार्यक्रम मात्र नभई नेपालको भाषा, संस्कृति, जातीय विविधता र मौलिक पहिचानको संरक्षण, संवर्द्धन तथा विश्वसामु प्रवर्द्धन गर्ने दीर्घकालीन सांस्कृतिक अभियान हो।अभियानलाई सफल बनाउन सहयोग पुर्‍याउने कलाकार, शुभेच्छुक, दर्शक, सहयोगी संस्था तथा सञ्चारकर्मीप्रति आयोजकले आभार व्यक्त गर्दै आगामी दिनमा पनि अभियानलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको