राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको सातौं वार्षिक साधारणसभा सम्पन्न

-


     हिड्न खबरदाता     
     असार १५ गते २०८३ मा प्रकाशित


काठमाडौं। राष्ट्रिय लोकदोहोरी व्यवसायी संघको सातौं वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। “लोकदोहोरी व्यवसायीहरूको ऐक्यबद्धता, कला–संस्कृतिको संरक्षण तथा रोजगारीको प्रतिबद्धता” भन्ने मूल नारासहित आयोजित कार्यक्रममा संघका अध्यक्ष दीप सागर थापा मगरको अध्यक्षता तथा संस्थापक अध्यक्ष चुडा बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो।

साधारणसभामा लोकदोहोरी क्षेत्रको वर्तमान अवस्था, व्यवसायिक चुनौती र आगामी कार्ययोजनाबारे छलफल गरिएको थियो। संघलाई थप सशक्त र व्यवस्थित बनाउने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा गायक बखानसिंह गुरुङ, गायिका सनम पुर्जा मगर, संस्थापक अध्यक्ष कार्कीलगायत विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो। साथै, नयाँ दोहोरी साँझहरूलाई संघको सदस्यता पनि प्रदान गरिएको थियो।

अध्यक्ष थापा मगरले दोहोरी साँझलाई थप व्यवस्थित, आकर्षक र व्यवसायिक बनाउन सञ्चालकहरूबीच सहकार्य, अनुशासन र मितव्ययिताको आवश्यकता रहेको बताउँदै आगामी दिनमा संघले एकीकृत मेन्यु तथा अफर कार्ड उपलब्ध गराउने जानकारी दिए।

संस्थाका अध्यक्ष दिप सागर थापा मगरको अध्यक्षता भएको साधारणसभामा संस्था की उपाध्यक्ष दिलु सलामी मगरले स्वागत र महासचिब नन्द घर्ती मगरकाे सञ्चालनमा सम्पन्न भएको थियोे ।