दयाहाङ र विजयको 'वरिष्ठ बलराम' को छायांकन सम्पन्न काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित चलचित्र ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको चलचित्रको ३६ दिनमा सुटिङ सकिएको हो । “हामीले अपेक्षा गरेजस्तै चलचित्रको छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ,” निर्देशक पौडेलले भने, “अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्ने छौँ ।” सामाजिक कथावस्तु पस्किने चलचित्र सन्देशमूलकसँगै मनोरञ्जनप्रदान हुने निर्देशक पौडेलले बताए । चलचित्र ‘वरिष्ठ बलराम’मा दयाहाङ…
पुरा पढौ