
बागलुङ असाेज १६
नेपाली समाजमा बाल हिंसा लगायत घटना बढ्दै गइरहेको बेला बागलुङ नगरपालिकामा भने बिगत १० बर्ष देखि नेपालीहरूकाे महान चाड दशैकाे अवसर पारेर नवमीका दिन सामुहिक रूपमा १८० जना कन्या पुजन गरियो ।समाजमा सकारात्मक सन्देश दिन
कन्या बालबालिका भगवान् का स्वरूप हुन् भनेर चिनाउन यो सामुहिक पुजा थालनी गरिएको छ ।
प्राचीन, ऐतिहासिकता बोकेको गण्डकी प्रदेशको बागलुङमा १० वर्षअघि सुरु गरिएको ‘कन्या–पूजा’ (रजस्वला नभएका दश बर्षमुनिका कन्यालाई)लाई निरन्तरता दिइँदै यश बर्ष पनि पुजा गरियो । कन्या–पूजा बागलुङ नगरपालीकाकाे कुडुँलेमा बर्षैपिच्छे नवमीकाे दिन गरिदै आएको छ ।
श्री रङ्गबैङ्कटेश्वर मुक्तिनारायण मन्दिर एवम् शालग्राम संग्रहालय बागलुङ नगरपालिका वडा नम्बर ४ कुडुलेमा एकसाथ १८०”जना कन्या पुजन गरियो ।
धर्म संस्कृति अनुसार दशैकाे बेलामा कन्याहरूलाई भगवतीकाे स्वरूप मानेर पुजा गर्ने गरिन्छ घरमा पुजा लगाउदा समेत ९ जना कन्या पुजा गर्ने हाम्रो चलन रहेको बेला मन्दिरमा एकसाथ धेरै कन्याकाे पुजा भएको छ ।
१० बर्ष देखि निरन्तर रूपमा कन्या पुजन अगाडि बढाएको
हाम्रो धर्म संस्कृति र परम्परा अनुसार गरिने कन्या पुजन हराउदै गएको कारणले पनि यसलाई शुरू गरेको बाल हिंसा
लगायतका हिंसा बढ्दै गइरहेको सबै बालबालिका भगवान् काे स्वरूप भन्ने चिनाउन पनि कन्या पुजन कार्यक्रम गरिरहेकाे शालग्राम श्रीधरआचार्य संग्राहलयका प्रमुख ऋषि स्वामी प्रपन्नाचार्यले बताए ।
यस नव दुर्गाकाे अवसरमा नवमीकाे दिनमा कन्या–पूजा गरिएकाे रजस्वला नभएका तथा वेल–विवाह नगरिएका कन्यालाई पूज्ने व्यक्ति निरोगी भई ‘मनले चिताएको’ पुग्ने मान्यता रहि आएको छ ।
यस मान्यताका साथ पछिल्ला बर्षदेखि बागलुङको विभिन्न ठाउँ तथा बस्तीमा रजस्वला नभएका कन्या विशेषगरी १० बर्ष मुनिकालाई नव दुर्गाकाे अवसरमा पुज्दै आइएको हो।
१० बर्षमुनिका कन्यालाई पूज्दा उनीहरुको स्वास्थ्य राम्रो हुने तथा पुज्ने व्यक्तिलाईसमेत धर्म प्राप्त हुने जनविश्वास रहिआएको छ। यसकारण पनि कन्यालाई पूज्नेको ठूलो संख्यामा उपस्थिति रहने गरेको छ ।
















