पर्यटन

२१औँ लेखनाथ महोत्सव लक्ष्यभन्दा बढी सफलताका साथ सम्पन्न

लेखनाथ, १४ पुस पोखरा महानगरपालिका–लेखनाथस्थित तालचोकमा पुस ३ गतेदेखि सञ्चालन हुँदै आएको २१औँ लेखनाथ महोत्सव अवधिभर ११ करोडभन्दा बढी आर्थिक कारोबार भएको र दर्शक १ लाख ११ हजारले महोत्सव प्रत्यक्ष अवलोकन गरेकोले लक्ष्यभन्दा बढी सफल भएको हो। महोत्सव सोमबार पुस १५ गते पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यतामा समापन हुँदैछ। महोत्सवको पनि महोत्सव’का रूपमा परिचित लेखनाथ महोत्सवले यस क्षेत्रको सामाजिक, सांस्कृतिक, आर्थिक तथा शैक्षिक विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ। यस वर्षको महोत्सवमा मनोरञ्जनसँगै साहित्य, संस्कृति, कृषि, प्रविधि र… पुरा पढौ

कविराज रोमीणि जन्मजयन्तीका तृतीय वार्षिक कार्यक्रम आइतबारदेखि सुरु

लेखनाथ । कविराज रोमीणि जन्मजयन्तीका तृतीय वार्षिक कार्यक्रम आइतबारदेखि सुरु भएको हो। कविराज रोमीणि लेखनाथ पौड्यालको १५८ औँ जन्मजयन्ती तृतीय वार्षिक रूपमा विभिन्न कार्यक्रमसहित सम्पन्न गर्ने लक्ष्य राखिएकोमा आइतबार लेखनाथ काव्य परिचर्चा, खुला कविता प्रतियोगिता तथा विद्यालयस्तरीय स्थलगत कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न भएका छन्। लेखनाथ लायन्स क्लबका अध्यक्ष लायन बोधराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले कार्यक्रममा स्वागत गर्दै लेखनाथका कविता सुनाए। प्रमुख आमन्त्रित व्यक्तित्व नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति साहित्यकार सरुभक्तले… पुरा पढौ

माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स टेनिसमा विभिन्न प्रतिस्पर्धा जारी

पुष १३, पोखरा — कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा जारी २२औँ माछापुच्छ्रे कप पोखरा ओपन तथा भेट्रान्स अन्तर्राष्ट्रिय टेनिस प्रतियोगिता अन्तर्गत आइतबार विभिन्न समूहमा प्रतिस्पर्धा सम्पन्न भएका छन्। आइतबार सम्पन्न मेन्स ओपनतर्फ नेहाल जंगबहादुर थापाले जेयुन किमलाई ६–०, ६–० ले पराजित गरे। त्यसैगरी, राजबीर प्रधानले सोमज श्रेष्ठलाई ६–०, ६–० ले, उगेन शेर्पाले प्रकाश गुरुङलाई ६–०, ६–३ ले, प्रितम परियारले सुरेन्द्र विकलाई ६–३, ६–४ ले, आयुषमान हजुर घलेले सन्दीप विकलाई ६–३, ६–१ ले, दर्शिल श्रेष्ठले आसव सम्राट हाडालाई ७–५,… पुरा पढौ

पोखरा सडक महोत्सवः सांगीतिक कार्यक्रमले थप आकर्षण

पोखरा, पुस १३ पोखरा सडक महोत्सव सुरु भएसँगै पोखराको लेकसाइड कोमागाने पार्कमा सांगीतिक उत्सव पनि सुरु भएको छ। रेवान पोखराको आयोजनामा सुरु भएको सडक महोत्सवसँगै कोमागाने पार्कमा ‘अल इन नेपाल’को संयोजनमा सांगीतिक उत्सव पनि सुरु भएको हो। जहाँ एकै नेपाली तीन दशकपछि गुञ्जिनेछ। न्यू इयर इभ विशेष कार्यक्रमको दिन पुस १६ गते बेलुका एकै नेपालीका रविन श्रेष्ठ र गौतम गुरुङले विशेष प्रस्तुति दिने अल इन नेपालका सञ्चालक शेरबहादुर गुरुङले जानकारी दिए। सो दिन न्यू इयर इभ विशेषमा उज्ज्वल शाक्य, डिमर्चा,… पुरा पढौ

मिरमिरे’मा निर्देशक र मुख्य कलाकारबीचको त्रिकोणात्मक संयोग

किन दोहोरियो दयाहाङ–सिर्जनाको जोडी ? यम शेर्पा भन्छन्– ‘मिरमिरे’का लागि स्क्रिप्टमै दयाहाङ–सिर्जना’ काठमाडौं । माघ १ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘मिरमिरे’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री सिर्जना निङलेखुको अनस्क्रिन जोडी फेरि दोहोरिने भएको छ। यसअघि यो जोडी चलचित्र ‘कार्साङ’ मा सँगै देखिएको थियो। संयोग के छ भने, दुवै चलचित्रका निर्देशक एउटै हुन्। ‘कार्साङ’ निर्देशन गरेका यम शेर्पाले नै ‘मिरमिरे’ पनि निर्देशन गरेका हुन्। यसरी निर्देशक यम शेर्पा र मुख्य कलाकार दयाहाङ–सिर्जनाबीचको त्रिकोणात्मक सहकार्य पुनः दोहोरिएको हो। आफ्नो दोस्रो चलचित्रमा… पुरा पढौ

पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : नेपाली र देउराली पनि गुन्जिने

पोखरा, पुष १२ पोखरा सडक महोत्सवअन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा पोखराका चर्चित ब्यान्डहरू नेपाली र देउराली पनि गुन्जिने भएका छन्। गत वर्ष पोखरामा आयोजित ‘भ्याक ६० नाइन्टी’बाट छुट्टिएर बनेका दुई ब्यान्डहरू नेपाली र देउराली गुन्जिने भएका हुन्। रेवान पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमा हुने पोखरा सडक महोत्सवको ‘हिट्स अफ नाइन्टीज’ अन्तर्गत पुष १६ गते बेलुकी न्यू इयर इभ विशेष कार्यक्रममा नेपाली र देउराली ब्यान्डले पनि प्रस्तुति राख्ने सांगीतिक कार्यक्रम संयोजन गरिएको छ भन्ने जानकारी संयोजक शेरबहादुर गुरुङले दिनुभयो। कार्यक्रममा… पुरा पढौ

सिम्रन परियारले उचालिन् राप्ती म्युजिक अवार्ड

वि.सं. २०६३ सालमा स्थापित राप्ती म्युजिक समाज, काठमाडौँले स्थापना कालदेखि नै नेपाली गीत–संगीत तथा स्रष्टा र कलाकारहरूको सम्मान र प्रोत्साहन गर्दै आएको छ। सोही क्रममा समाजद्वारा आयोजना गरिएको राष्ट्रिय राप्ती म्युजिक अवार्डको नवौँ संस्करण शुक्रबार नेपाल पुलिस क्लब, प्रदर्शनी मार्ग, काठमाडौँमा सम्पन्न भएको छ। राप्ती म्युजिक समाज, काठमाडौँको आयोजनामा सम्पन्न अवार्ड कार्यक्रममा करिब ४० विधामा गायक, गायिका तथा अन्य स्रष्टा–कलाकारहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो। कार्यक्रममा बागलुङकी सिम्रन परियारले म्युजिक अवार्ड उचाल्न सफल भएकी छन्। उनले “नजर लाग्लानी–२” बोलको गीतबाट… पुरा पढौ

न्यू इयर ईभमा विश्वप्रसिद्ध डान्स हेर्न पाइने

पोखरा, पुस १२पोखरा सडक महोत्सव अन्तर्गत कोमागाने पार्कमा हुने सांगीतिक उत्सवमा विश्वप्रसिद्ध डान्सर आस्मा विश्वकर्माको डान्स हेर्न पाइने भएको छ । रेवाङ पोखराको आयोजनामा पोखराको लेकसाइड क्षेत्रमै हुने पोखरा सडक महोत्सवको न्यू इयर ईभ विशेष कार्यक्रमअन्तर्गत आस्माले प्रस्तुति दिने भएकी हुन् । आस्माले प्रस्तुति राख्नेबारेमा सम्झौता भइसकेको सांगीतिक उत्सवको संयोजन गरिरहेका अल ट्रेक नेपालका संयोजक शेरबहादुर गुरुङले जानकारी दिए । आस्माले अहिलेको भाइरल हिन्दी गीतहरू ‘छिकछिक’, ‘छिकछिक’ लगायतका गीतहरूमा डान्स प्रस्तुत गर्नेछिन् । पुस १६ गते बेलुकाको न्यू इयर ईभ… पुरा पढौ

तेस्रो सांस्कृतिक सङ्गीत तथा फिल्म राष्ट्रिय अवार्ड २०८२ का उत्कृष्ट ‘टप फाइभ’ मनोनयन सार्वजनिक

काठमाडौं ।उपमा कला, साहित्य तथा सञ्चार प्रतिष्ठान, धौलागिरी म्युजिक सञ्चार प्रा.लि. तथा उपमा सञ्चार प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न हुने तेस्रो सांस्कृतिक सङ्गीत तथा फिल्म राष्ट्रिय अवार्ड २०८२ (3rd Cultural Music & Film National Award 2025) का उत्कृष्ट ‘टप फाइभ’ मनोनयन शनिबार, २०८२ पौष १२ गते, अनलाइन माध्यमबाट सार्वजनिक गरिएको छ। करिब २०० जना कलाकार सहभागी रहेको यस अवार्डमा विभिन्न विधाअन्तर्गत २८ विधामा १४० जना कलाकार उत्कृष्ट ‘टप फाइभ’ मा पर्न सफल भएका छन्। कार्यक्रमका अध्यक्ष आशा गौतम तथा संयोजक रामकृष्ण… पुरा पढौ

उत्पादक र उपभोक्ताको संगमस्थल बन्यो लेखनाथ महोत्सव

लेखनाथ, १० पुसकास्कीको लेखनाथमा पुस ३ गतेदेखि जारी २१औँ संस्करणको लेखनाथ महोत्सव किनबेचको केन्द्रबिन्दु बनेको छ। महोत्सवमा मनोरञ्जनका साथै घरायसी आवश्यकताका स्वदेशीदेखि विदेशी सामग्री सुपथ मूल्यमा उपलब्ध हुने भएकाले महोत्सवस्थल व्यापारिक केन्द्रका रूपमा विकसित भएको हो। दर्शकहरू रमाइलो अवलोकनसँगै आवश्यक सामग्री खरिद गरेर फर्कन थालेपछि व्यापारिक गतिविधि उल्लेख्य रूपमा बढेको आयोजक संस्थाले जनाएको छ। महोत्सव आयोजक संस्था लेखनाथ उद्योग वाणिज्य संघका कोषाध्यक्ष हरि वस्ताकोटीका अनुसार दर्शकहरूले घर फर्कँदा केही न केही सामग्री अवश्य किन्ने गरेकाले अघिल्ला दिनको तुलनामा व्यापार कारोबार… पुरा पढौ