पर्यटन

चलचित्र ‘जार’मा आठ मिनेटको बाघ दृश्यका लागि दुई करोड खर्च

काठमाडौं – साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित नेपाली चलचित्र ‘जार’ मा बाघको दृश्य बनाउन दुई करोड रुपैयाँ खर्च गरिएको छ। चलचित्रका निर्देशक फुर्वा छिरिङ लामाका अनुसार मुख्य पात्र सौगात मल्लले बाघसँग आमनेसामने हुने आठ मिनेट लामो दृश्यलाई VFX प्रविधिबाट तयार गरिएको हो। सो दृश्य नसमेट्दा कथा अधुरो हुने भन्दै निर्देशक लामाले फ्रिलान्सर VFX कलाकारमार्फत काम गराएका हुन्। ३७ जना VFX कलाकारको टोलीले लामो समय लगाएर तयार पारेको बाघ दृश्यमा ‘गेम अफ थ्रोन्स’ र ‘मिसन इम्पोसिबल’ जस्ता हलिउड फिल्ममा काम… पुरा पढौ

सौगात मल्ल र अनुपविक्रम शाहीको ‘जार’ वर्ल्ड प्रिमियरका लागि सिक्किममा, गीताञ्जली थापा पनि मुख्य भूमिकामा

काठमाडौंसाहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित बहुप्रतीक्षित नेपाली फिल्म ‘जार’ को वर्ल्ड प्रिमियर यही वैशाख २६ (मे ९) मा सिक्किमको राजधानी गान्तोकमा हुँदैछ। प्रिमियरमा सहभागी हुन फिल्मका निर्देशक फुर्वा छिरिङ लामा, कार्यकारी निर्माता त्रिलोचन पाण्डे, अभिनेता सौगात मल्ल, अनुपविक्रम शाही, तथा संगीतकार झुमा लिम्बु मंगलबार बिहान सिक्किम प्रस्थान गरेका हुन्। फिल्मको पहिलो सार्वजनिक प्रदर्शन भव्य रूपमा सम्पन्न हुने तयारी छ। निर्देशक लामाका अनुसार कार्यक्रममा कला, साहित्य, राजनीति, व्यवसाय र समाजसेवामा सक्रिय विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ। सिक्किमपछि ‘जार’ को दोस्रो प्रिमियर… पुरा पढौ

सुष्मा शाही ठकुरीको ‘मकैबारी दर्याम दर्याम’ बजारमा

केपी कुमार जलन लोक दोहोरी गायिका सुष्मा शाही ठकुरीको ‘मकैबारी दर्याम दर्याम’ बोलको कमेडी गीत सार्वजनिक भएको छ। केही साता अघि रिलिज गरिएको यस गीतले २७ लाखभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ र युट्युब ट्रेन्डिङमा नम्बर १ मा रहन सफल भएको छ। गीतमा गायिका सुष्मा शाही ठकुरीसँगै विशाल सोनीको स्वर रहेको छ। गीतका शब्द पनि विशाल सोनीले नै तयार पारेका हुन् भने संगीत सुदीप सेन्चुरीले दिएका छन्। कमेडी शैलीमा प्रस्तुत गरिएको गीतमा विशाल सोनी र ऐलिना रायमाझीले अभिनय गरेका छन्।… पुरा पढौ

अध्यक्ष प्रचण्डसहितको टिमले अछामी विशेष परिकार भक्सीको स्वाद चाख्यो

कैलाली, वैशाख १६ हुलाकी राजमार्ग केन्द्रित जनतासँगको माओवादी तराई–मधेस जागरण अभियानको क्रममा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' सहितको टिमले सुदूरपश्चिम अछामी समुदायको परम्परागत परिकार खाजाको रूपमा स्वाद चाखेको छ। खाजामा विशेषगरी अछामीहरूको पहिचान झल्काउने परिकार भक्सी र डल्ला मासको मसला परोसीएको थियो। भक्सी चामलको पिठोमा मह र घ्यू मिसाएर बनाइन्छ। तयार पारिएको मिश्रण केराको पातमा बेरेर भौरोमा स्टीम (बाफ) गरिन्छ। यस्तै, डल्ला मासलाई विशेष मसला हालेर केराको पातमा बेरि स्टीम गरिएको अर्को लोकप्रिय परिकार हो। स्थानीय संस्कृतिको सम्मानस्वरूप, अभियान टोलीले केराको… पुरा पढौ

काठमाडौंमा हुँदै चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२, उत्कृष्ट मनोनयन सार्वजनिक

उपमा सञ्चार प्रालि र तेजनेपाल मल्टिमेडियाको संयुक्त आयोजनामा आयोजित चौथो मौलिक गण्डकी स्टार राष्ट्रिय अवार्ड २०८२ (4th Maulik Gandaki Star National Award 2025) का उत्कृष्ट मनोनयनहरू बैशाख १३ गते अनलाइनमार्फत सार्वजनिक गरिएको छ। करिब २०० भन्दा बढी कलाकारको सहभागिताबाट विभिन्न ३४ विधामा प्रतिस्पर्धा गरिएकोमा, १७० जना कलाकार उत्कृष्ट पाँच (टप–५) मा छनोट हुन सफल भएका छन्। यसअघि, तेस्रो संस्करणसम्म गण्डकी प्रदेशको पर्यटकीय राजधानी पोखरामा अवार्ड समारोह भव्य रूपमा सम्पन्न हुँदै आएको थियो। तर यसपटक, चौथो संस्करणलाई नयाँ स्वाद र भव्यताका… पुरा पढौ

गण्डकी कोटिहोममा भोलि रेनु दाहालको उपस्थितिमा विशेष महायज्ञ उत्सव

पोखरा, वैशाख १४ — गण्डकी कोटिहोममा भोलि वैशाख १५ गते भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालको उपस्थितिमा विशेष कार्यक्रम आयोजना हुने भएको छ। यस अवसरले गण्डकी कोटिहोमको सामाजिक तथा धार्मिक पहललाई थप प्रेरणा र ऊर्जा दिने अपेक्षा गरिएको छ। प्रमुख दाहालको उपस्थितिले कार्यक्रमको गरिमा र महत्त्वलाई अझ बढाउने आयोजकहरू बताउँछन्। गण्डकी कोटिहोममा हाल ४१ दिनसम्म चल्ने महायज्ञ जारी छ, जसले ठूलो संख्यामा भक्तजनको ध्यान आकर्षित गरेको छ। वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण सम्पन्न भइसकेपछि महायज्ञमा घ्यू, तील, तेल, देवदार,… पुरा पढौ

‘के घर के डेरा : घर नं २’मा खगेन्द्र डेरावाल?

काठमाडौं — निर्देशक दीपेन्द्र के. खनालको नयाँ फिल्म ‘के घर के डेरा : घर नं २’ प्रदर्शनको तयारीमा छ। ‘पशुपतिप्रसाद’, ‘आमा’, ‘चिसो मान्छे’जस्ता सफल सामाजिक फिल्म निर्देशन गरेका खनालको यो नयाँ फिल्म आगामी जेठ २ गते प्रदर्शनमा आउँदैछ। फिल्मले घर र डेरो बीचको सम्बन्ध, सामाजिक हैसियतमा त्यसले पार्ने प्रभाव, र जीवनमा त्यसको दीर्घकालीन असरबारे कथा भन्नेछ। निर्देशक खनालका अनुसार, ‘के घर के डेरा : घर नं २’ पहिलेको भागको सिक्वेल नभए पनि विषयगत रूपमा घर र डेरोको कथासँग जोडिएको छ।… पुरा पढौ

२२५ वर्षअघिको कथामा आधारित चलचित्र ‘जार’ प्रदर्शनको तयारीमा

काठमाडौं। ऐतिहासिक कथामा आधारित नेपाली चलचित्र ‘जार’ यही वैशाख २६ गतेदेखि देशभर प्रदर्शनमा आउँदैछ। निर्माण पक्षका अनुसार ‘जार’ विषयवस्तु र प्रस्तुतिका हिसाबले केही फरक रहेको बताइएको छ। चलचित्र ‘जार’ करिब २२५ वर्षअघिको सामाजिक यथार्थमा आधारित छ। सन् १८०० को दशकमा नेपाली समाजमा घटेको एउटा साँचो घटनालाई चलचित्रको विषय बनाइएको निर्देशक फुर्वा छिरिङ लामाले बताए। यो चलचित्र साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित हो। राईले सन् १८०० को दशकको समाजलाई आफ्ना कथाको केन्द्र बनाएका थिए। निर्देशक लामाका अनुसार, "यो कथा मैले… पुरा पढौ

यानिमाया रोधी क्लबको १४औं वार्षिकोत्सव विविध सांगीतिक कार्यक्रमसहित मनाउँदै

राजधानीमा मात्रै दर्जनौं रोधी क्लबहरू सञ्चालनमा रहेका छन्। तीमध्ये, पछिल्लो १३ वर्षदेखि राजधानीको मुटु मानिने गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा निरन्तर रूपमा सञ्चालनमा रहेको यानिमाया रोधी क्लबले अफ्ठ्यारा परिस्थितिहरू पार गर्दै आफ्नो १३औं वर्ष पुरा गरी १४औं वर्षमा प्रवेश गरेको अवसरमा विशेष सांगीतिक कार्यक्रमसहित वार्षिकोत्सव मनाउन लागेको छ। "यानिमाया रोधी घर—हाम्रो गौरव, हाम्रो सान; कलाकार र संस्कृतिको विकास, कलाकारको उत्थान" भन्ने मूल नाराका साथ स्थापना गरिएको क्लबले हरेक वर्षझैँ यस वर्ष पनि बैशाख २४ गतेदेखि २८ गतेसम्म साँझ ७:३० बजेबाट राति… पुरा पढौ

चलचित्र ‘जार’को ‘ए ठूली’ गीत सार्वजनिक, लाहुरेको प्रेमकथा भावुक ढंगमा प्रस्तुत

काठमाडौं – बहुप्रतीक्षित नेपाली चलचित्र ‘जार’को लोकलयमा आधारित गीत ‘ए ठूली’ सार्वजनिक भएको छ। गीतमा झुमा लिम्बू र पवन गिरीको स्वर रहेको छ भने शब्द हर्क साउदको र संगीत झुमा लिम्बूले आफैं तयार गरेकी हुन्। प्रेममा रहेका पात्रहरूबीचको दूरी, पर्खाइ र सम्झनालाई गीतले भावुक रुपमा प्रस्तुत गरेको छ। लाहुरे बनेर टाढा रहेका प्रेमीप्रति घरमै बसेर माया र चिन्ता गर्ने प्रेमिकाको कथा गीतको मूल मर्म हो। चलचित्र ‘जार’ वैशाख २६ गतेदेखि प्रदर्शनमा आउँदैछ। गीतको भिडियोमा सौगात मल्ल, गीताञ्जली थापा लगायतका कलाकार… पुरा पढौ