समाचार

भूठानले फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने

आगामी वैशाख १२ मा प्रदर्शन हुन लागेको चलचित्र भूठानले हरेक शुक्रवार काठमाडौका चल्तीका चियापसल र रेष्टुँराहरुमा फ्राईडे नाईट विथ ह्याप्पियस्ट म्यान क्याम्पेन गर्ने भएको छ ।  यही सिलसिलामा पहिलो कार्यक्रम थापाथलीस्थित चियावालामा चैत्र ८ गते साँझ ५ः३० मा हुन लागेको हो । यो कार्यक्रममा चियापसलमा आएका जो कसैले आफनो गीत,कविता, मुक्तक, गजल, क्यारिकेचर प्रस्तुत गर्न सक्ने साथै चलचित्र भूठानको टिजर र गीतको समीक्षा पनि गर्न सक्नेछन्। हरेक हप्ता एकजना सेलिबे्रटीलाई सो कार्यक्रममा ह्यापियस्ट गेस्टको रुपमा निमन्त्रणा गरिनेछ । यो हप्ता… पुरा पढौ

गायक लक्ष्मण श्रीलाई एपिक नेपाल अवार्ड

भक्तपुर । गायक लक्ष्मण श्रीलाई पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड २०८१ बाट सम्मान गरिएको छ। गायक श्रीलाइ भक्तपुरमा भव्य समारोहको बीचमा सर्वोत्कृष्ट लोकपप गायक ५ मध्ये "म टिम्रै डल्ले हो" गीतबाट सर्वश्रेष्ठ गायन तर्फ ३ वर्षमा १ पटक आयोजना हुने विशिष्ट पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड २०८१ जित्न सफल भएका छन्। गीत संगीत थप अनुशासित र जिम्मेवारी बोध गरेको महसुस गरेका सम्मानित गायक श्रीले हिडन खबर डटकमलाई बताए। यो अवार्ड प्राप्त गर्ने अवसरका लागि भोट दिने दर्शक स्रोता, जूरी निर्णायक,… पुरा पढौ

बागलुङमा झण्डै पाँच हजार बिद्यार्थी एसइई परीक्षा दिदै 

बागलुङ चैत ६ बागलुङमा झण्डै पाँच हजार विद्यार्थीले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । चैत ७ गतेदेखि शुरू हुने परीक्षामा जिल्लाका १ सय ४६ विद्यालयका ४ हजार ९९० जना विद्यार्थीले परीक्षामा सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख प्रकाश बन्धु अर्यालले बताए । शिक्षा विकास तथा समन्वय इकाई बागलुङले बुधबार पत्रकार सम्मेलन गरेर जिल्लाका दश स्थानीय तहमा ३१ परीक्षा केन्द्रबाट बिद्यार्थीले परीक्षा दिन लागेको जनाएको छ । परीक्षाका लागि नियमित साधारण तर्फ ३ हजार ७… पुरा पढौ

लुम्बिनी प्रदेशको इतिहासमै प्रथम पटक राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

देउखुरी, दाङ्ग । ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन, नव प्रतिभाको पहिचान, हाम्रो अभियान’ भन्ने मूल नाराका साथ लुम्बिनी राष्ट्रिय श्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम २०८१ सभ्य भव्य रुपमा सम्पन्न भएको छ । उपमा सञ्चार प्रा.लि. र तेजनेपाल मल्टीमिडिया प्रा.लिको संयुक्त आयोजनामा सम्पन्न भएको कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती मगर प्रमुख आतिथि, राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश बिष्ट विशिष्ट अतिथि, लुम्बिनी प्रदेश उप सभाका स्वकिय सचिव नारायण जि सि, राप्ती गाँउपालिकाका उपाध्यक्ष कमलापती चौधरी, राप्ती गाँउपालिकाका प्रशासकीय प्रमुख देवीराम पाठक, लुम्बिनी… पुरा पढौ

अभिनेत्री सरिता गिरीले चलचित्र ‘कर्मा’ले आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने

काठमाडौं । अभिनेत्री सरिता गिरीले चलचित्र ‘कर्मा’ले नेपाली सिने नगरीमा रहेको आमा चरित्रको ट्यागलाइन नै परिवर्तन गरिदिने दाबी गरेकी छन् । अहिले आमाको चरित्र भन्नबित्तिकै जुन इमेज आमा दर्शक र चलचित्रकर्मीको दिमागमा आउँछ, त्यो परिवर्तन ‘कर्मा’मा रहेको आमाको चरित्रले मेटाइदिने उनको भनाइ छ । आमाको चरित्र भन्नबित्तकै चलचित्रमा सामान्य हुने गरेको र बुझाइ पनि त्यस्तै रहेको सरिता भन्छिन् । यो भाष्य ‘कर्मा’ले बदलदिने उनको भनाइ छ । सरिताले निर्देशक सौरभ चौधरीले आफूलाई सिनेमामा अफर गर्दा नै आफू इम्प्रेस भएको उनको… पुरा पढौ

परराष्ट्रमन्त्रीद्वारा फिलिपिन्स र जर्जियाका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जर्जियाकी विदेशमन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेशमन्त्री एनरिक ए.मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गर्नुभएको छ ।

भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज बिहान सो भेटवार्ता भएको हो । ती भेटका क्रममा आपसी हित र द्विपक्षीय चासोका विविध विषयहरुमा कुराकानी भएको थियो । त्यस भेटका अवसरमा मन्त्री डा राणाले जर्जियाकी विदेशमन्त्री बोचोरिसभिलीसँग नेपालले आगामी सन् २०२७ देखि २०२९ सम्मका लागि संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको सदस्य लगायत अन्यमा पनि उम्मेदवारी दिएकाले त्यसमा सहयोग र समर्थनका लागि जर्जियासँग आग्रह गर्नुभयो । साथै मन्त्री डा राणाले कृषि, जलविद्युत, पूर्वाधार निर्माण, पर्यटन लगायतका… पुरा पढौ

धवलागिरि बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा आस्मिन शेख विजयी

बागलुङ ।स्वतन्त्र विद्यार्थी युनियन धवलागिरि बहुमुखी क्याम्पसको सभापतिमा अखिल संयुक्त प्यानलबाट आस्मिन शेख विजयी भएका छन् । शेखले नेपाल विद्यार्थी संघकी सृष्टि आचार्यलाई परजित गर्दै विजयी भएका हुन् । शेखले ५५२ मत ल्याएकी ल्याउँदा उहाँकी प्रतिस्पर्धी सृष्टि आचार्यले ४९१ मत ल्याइन् । स्वतन्त्र समूहका दीपक सुवेदीको ७ मत प्राप्त गरेका थिए । सचिवमा नेवि संघका सचिन हरिजन विजयी भएका छन् । हरिजनले ५३४ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी रुद्रबहादुर पुनले ५०९ मत ल्याउन सफल भएका थिए ।पुन आखिल क्रान्तिकारी निकट… पुरा पढौ

जलवायु परिवर्तनको असर न्युनिकरण गर्न सामूहिक सहकार्य आवश्यक छ ः परराष्ट्रमन्त्री

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीर रुपमा लिएर यसको न्यूनिकरणका लागि सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको छ । भारतको विदेश मन्त्रालयले राजधानी नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगको जलवायु परिवर्तन सम्बन्धी सत्रलाई सम्बोधन गर्दै उहाँले विकासशील राष्ट्रहरूले जलवायु परिवर्तनको अकल्पनीय प्रभावहरूको अनुभव गरिरहेका र नेपाल यसको अग्रपंक्तिमा नै रहेको बताउनुभयो । मन्त्री डा राणाले जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै यसकारण नेपालले जलवायु न्याय (क्लाइमेट जस्टिस) को मागलाई… पुरा पढौ

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय वार्ता 

परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र भारतीय विदेशमन्त्री डा एस जयशंकरबीच आज नयाँ दिल्लीमा द्विपक्षीय भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रममा सहभागिताका लागि नयाँ दिल्लीमा रहनुभएकी मन्त्री डा राणा र भारतीय विदेशमन्त्री डा जयशंकरबीच आज सो भेटवार्ता भएको हो । उक्त भेटका क्रममा उहाँहरुबीच नेपाल भारत ऐतिहासिक द्विपक्षीय सम्बन्ध, दुई देश बीचका साझा चासोहरु र आपसी हितकासाथै पारस्पारिक लाभका विभिन्न विषयमा कुराकानी भएको थियो । त्यस भेटका क्रममा मन्त्री डा राणाले नेपालले भारतसँगको… पुरा पढौ

परराष्ट्रमन्त्रीद्वारा अमेरिकी राष्ट्रपति ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह  

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सहायक तथा दक्षिण र मध्य एसियाका लागि राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक रिकी गिलसँग नयाँ दिल्लीमा आज भेटवार्ता गर्नुभएको छ । भारतको विदेश मन्त्रालयद्वारा नयाँ दिल्लीमा आयोजित राइसिना डायलग कार्यक्रमका लागि त्यहाँ रहनुभएका उहाँहरुबीच आज साइडलाइन  भेटवार्ता भएको हो । त्यस भेटका क्रममा नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानीसँगै मन्त्री डा राणाले हमासको नियन्त्राणमा रहेका नेपाली विद्यार्थी विपिनको रिहाइका लागि पहल गरिदिन अमेरिकी सरकारसँग आग्रह गर्नुभयो । विपिनको रिहाइका… पुरा पढौ