पुस्तक विमोचन कार्यक्रमको तयारी पूरा

-


     हिड्न खबरदाता     
     भाद्र ६ गते २०८२ मा प्रकाशित


काठमाडौँ — लेखक भीम न्यौपानेद्वारा लिखित पुस्तक ‘बादलमुनि बागलुङ’ को विमोचन कार्यक्रम यही शनिबार, २३ अगस्ट २०२५ मा आयोजना हुँदैछ। किताबकीरो प्रकाशनद्वारा आयोजित कार्यक्रममा प्रमुख अतिथि नीर शाह रहनेछन्। वक्ताहरूमा राधा पौडेल र नयनराज पाण्डे रहनेछन्।

कार्यक्रम दिउँसो ३ बजे नेपाल प्रज्ञा-प्रतिष्ठान, कमलादीस्थित लेखनाथ कक्षमा हुनेछ। पुस्तकको आवरणमा बादलमुनि हराउँदै गरेको बागलुङको दृश्य र आकाशमा उडिरहेको विमान देखिन्छ, जसले पुस्तकको भावनात्मक र भौगोलिक पृष्ठभूमिलाई झल्काउँछ।

विमोचन समारोहमा साहित्यप्रेमी, लेखक तथा पाठकहरूको उपस्थिति अपेक्षित गरिएको छ।