समाचार

चलचित्र ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न

काठमाडौं । हरिवंश आचार्य मुख्य भूमिकामा रहेको चलचित्र ‘भूठान’को ग्रान्ड प्रिमियर सम्पन्न भएको छ । मंगलबार काठमाडौंको सुनधारास्थित सिभिल महलमा रहेको क्यूएफएक्समा प्रिमियर गरिएको हो । प्रिमियरमा राजनीतिक दलका नेता, समाजसेवी, कलाकार, पत्रकार, सम्पादक तथा विभिन्न क्षेत्रका अग्रज व्यक्तिको उपस्थिति रहेको थियो । सिनेमा हेरिसकेपछि ‘भूठान’ले नेपाली चलचित्रलाई एक स्टेपमाथि उकास्ने काम गरेको बताएका छन् । ……………………………. एमालेका उपमहासचिव प्रदीप ज्ञवाली आफ्नो माटो गुमाउनुको पहिचान गुमाउनुको देश गुमाउनुको पीडा कस्तो हुन्छ भन्ने कुरा विष्णुबहादुर पात्रले निर्देशकले यति सुन्दर ढङ्गले पस्किनुभएको… पुरा पढौ

के घर के डेरा : घर नं २’ को पहिलो गीत ‘आँखा’ सार्वजनिक

सामाजिक कथामा आधारित नेपाली चलचित्र ‘के घर के डेरा : घर नं २’ को पहिलो गीत सार्वजनिक गरिएको छ। निर्माण पक्षले मङ्गलबार ‘आँखा’ बोलको लिरिकल गीत सार्वजनिक गरेको हो। जेठ २ गते प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रको गीतमा रिकेश गुरुङको सुमधुर स्वर, एसडी योगीको संगीत र राम अविरल विष्टको शब्द रहेको छ। प्रेम जोडीको कथा बोकेको गीतको भिडियोमा प्रमुख कलाकार खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरीको प्रेमिल क्षणहरू समेटिएको छ। गीतमार्फत प्रेमी–प्रेमिकाको आँखामा झल्किएको प्रेमभाव देख्न सकिन्छ। भिडियोमा चलचित्रका… पुरा पढौ

लेनिन जयन्ती र नेकपा स्थापना दिवसमा प्रचण्डको सन्देश: “समाजवादतर्फ एकजुट भएर अघि बढौं”

काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टीको स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै समाजवादको यात्रामा एकजुट हुन अपील गरेका छन्। सन्देशमा प्रचण्डले महान् नेता लेनिनले देखाएको बाटो आजको विश्व संकटमा अझ सान्दर्भिक भएको उल्लेख गरेका छन्। उनले पूँजीवादले असमानता, युद्ध, बेरोजगारी र वातावरणीय संकट निम्त्याएको बताउँदै लेनिनको विचारमार्फत मात्र न्यायपूर्ण समाज सम्भव हुने बताएका छन्। २००६ सालमा सुरु भएको कम्युनिस्ट आन्दोलनको उपलब्धि जनताको संघर्ष, त्याग र बलिदानको परिणाम भएको स्मरण गर्दै, प्रचण्डले केही… पुरा पढौ

गण्डकी कोटिहोम महायज्ञले नयाँ इतिहास रच्नेछ : माननीय विन्दु पौडेल

पोखरा, बिरौटा – पोखरा महानगरपालिका–१७ बिरौटामा सञ्चालन भइरहेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय कोटिहोम विराट् ज्ञान महायज्ञ ले नेपालको धार्मिक क्षेत्रमा नयाँ इतिहास रच्ने निश्चित रहेको गण्डकी प्रदेशकी माननीय मन्त्री विन्दु पौडेलले बताएकी छन्। सोमबार महायज्ञमा प्रमुख अतिथिका रूपमा सहभागी माननीय पौडेलले लामो समयपछि देशमा यति व्यवस्थित र भव्य धार्मिक कार्यक्रम सञ्चालनमा आएको बताउँदै भनिन्, “नेपालमा कोटिहोम महायज्ञ सञ्चालन गर्ने साहस कसैले देखाएका थिएनन्। यस्तो विराट् आयोजना पोखरामा सम्पन्न हुनु गौरवको विषय हो।” उनले थपेकी छन्, “यस महायज्ञले नेपालको धार्मिक,… पुरा पढौ

संखुवासभाको मकालु गाउँपालिकाका पूर्व अध्यक्ष तेज बहादुर पोख्रेल एमाले परित्याग गरी माओवादी केन्द्रमा प्रवेश

वैशाख ८, २०८२, संखुवासभा — मकालु गाउँपालिकाका निर्वाचित पूर्व अध्यक्ष तेज बहादुर पोख्रेलले नेकपा (एमाले) परित्याग गरी नेकपा (माओवादी केन्द्र) मा प्रवेश गर्नुभएको छ। पेरिसडाँडास्थित माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पोख्रेललाई पार्टीमा स्वागत गर्नुभएको हो। पूर्व अध्यक्ष पोख्रेलको आगमनले संखुवासभा क्षेत्रमा माओवादी केन्द्र थप सशक्त हुने अपेक्षा गरिएको छ। स्वागत कार्यक्रममा पार्टीका अन्य केन्द्रीय नेताहरूको पनि उपस्थिति रहेको थियो। पुरा पढौ

अव्यवस्थित शहरीकरण विश्वव्यापी चुनौती : परराष्ट्रमन्त्री डा. आरजु राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले विश्वभर बढ्दो अव्यवस्थित शहरीकरणले ठूलो समस्या सिर्जना गरिरहेको बताएकी छन्। थाईल्यान्डको बैंककमा सुरु भएको संयुक्त राष्ट्रसंघीय एशिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औं सत्रको अध्यक्षता गर्दै मन्त्री राणाले एशिया र प्रशान्त क्षेत्र पनि शहरीकरणका चुनौतीबाट अछुतो नरहेको उल्लेख गरिन्। "शहरहरू विकास र अवसरका इञ्जिन हुन्," मन्त्री राणाले भनिन्, "तर योजनाविहीन शहरीकरणका कारण सामाजिक, आर्थिक र वातावरणीय समस्या थपिँदै गएका छन्। अब हामीले सहनशील र दिगो शहरी विकासतर्फ ध्यान दिनुपर्छ।"… पुरा पढौ

‘जार’ले नेपाली सिनेमामा नयाँ उचाइ थप्ने आशा

काठमाडौं । नेपाली सिनेमा क्षेत्रलाई नयाँ आयाम दिने विश्वासका साथ निर्माण गरिएको चलचित्र ‘जार’ वैशाख २६ गतेबाट देशव्यापी प्रदर्शनमा आउँदैछ। विषयवस्तु, प्रस्तुति र प्राविधिक पक्षको हिसाबले बलियो रहेको यो चलचित्रले नेपाली फिल्मलाई एक खुड्किलो माथि पुर्‍याउने निर्माण पक्षको दाबी छ। निर्देशक फूर्वा छिरिङ लामाका अनुसार ‘जार’ले नेपाली समाजको गहिरो यथार्थ बोकेको छ। “यो कुनै काल्पनिक कथा होइन, नेपाली समाजमा साँच्चिकै घटेको यथार्थ घटनाको सिनेम्याटिक प्रस्तुति हो,” निर्देशक लामाले भने, “सामाजिक सन्देश बोकेको यो फिल्म हरेक दर्शकको मन छुनेछ भन्ने विश्वास… पुरा पढौ

ताप्लेजुङमा बोलेरो जीपमा आगलागी हुँदा ४ जनाको मृत्यु, २ जना घाइते

ताप्लेजुङ — ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडकखण्डमा बोलेरो जीपमा विद्युत् प्रवाह भएर भएको आगलागीमा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। पाथीभरा दर्शनका लागि जाँदै गरेको मे १ ज ३०११ नम्बरको बोलेरो जीपमा अचानक विद्युत्को तार खस्दा जीपमा करेन्ट लागेर आगलागी भएको हो। गाडीमा कुल ६ जना सवार थिए। मृतकहरूको परिचय: दुर्गा भट्टराई – चालक, फुङलिङ नगरपालिका–१० आध्या आचार्य (१६ वर्ष) – ललितपुर जिल्ला सरिता पौडेल (६९ वर्ष) – झापा जिल्ला विनोद पौडेल (७० वर्ष)… पुरा पढौ

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा बैंकक प्रस्थान, युएनस्केपको ८१औँ सत्रमा अध्यक्षता गर्ने

काठमाडौं, ७ वैशाख – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा संयुक्त राष्ट्रसंघीय एसिया तथा प्रशान्त क्षेत्रीय आर्थिक तथा सामाजिक आयोग (UNESCAP) को ८१औँ सत्रमा सहभागी हुन आज थाइल्याण्डको बैंकक प्रस्थान गरेकी छन्। अप्रिल २१ देखि २५ सम्म बैंककमा आयोजना हुने उक्त सत्रमा नेपाल हाल युएनस्केपको अध्यक्ष भएकाले मन्त्री डा. राणाले सत्रको अध्यक्षता गर्नेछिन्। उनले सत्रलाई नेपालको तर्फबाट सम्बोधन पनि गर्ने कार्यक्रम तय भएको छ। यस वर्ष सत्रको प्रमुख विषय एसिया तथा प्रशान्त क्षेत्रमा दिगो सहरी विकासका लागि क्षेत्रीय सहयोग रहेको छ।… पुरा पढौ

जन्मभूमि छाडेर जापानलाई कर्मथलो बनाउँदै गायिका ज्योती लोहनी

पोखरा – झन्डै दुई दशकसम्म पोखरामा बसेर लोक तथा दोहोरी गीतको क्षेत्रमा सक्रिय रहिएकी लोकप्रिय गायिका ज्योती लोहनी जापान प्रस्थान गरेकी छन्। रोजगारी र अध्ययनको सिलसिलामा दैनिक सयौं नेपाली युवा विदेशिन्छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा खादा र माला लगाएर आफन्तहरूसँग विदा लिँदै विदेश जानेहरूको भिड सामान्य दृश्य बनिसकेको छ। पछिल्लो समय कलाकर्मीहरूको समेत विदेश पलायन बढ्दै गइरहेको छ। त्यस्तै, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकीकी वर्तमान महिला सचिव समेत रहेकी गायिका लोहनीले जापानलाई आफ्नो कर्मथलो बनाउने निर्णय गरेकी हुन्। यद्यपि,… पुरा पढौ