
बागलुङ जिल्लाको बोबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको पिकअप जिप दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ।
शुक्रबार राति १० बजे ढोरपाटन नगरपालिका–९ स्थित चौबिरमा उक्त सवारी दुर्घटना भएको हो। दुर्घटनामा परी स्थानीय निवासी राजेन्द्र अदैको मृत्यु भएको ढोरपाटन नगरपालिकाका कार्यवाहक प्रमुख धनबहादुर कायतले जानकारी दिनुभयो।
उहाँका अनुसार दुर्घटनामा अन्य चार जना व्यक्ति घाइते भएका छन्। घाइतेहरूको प्रारम्भिक उपचारका लागि बुर्तिबाङ अस्पतालतर्फ लैजाँदै गरिएको छ।
दुर्घटनाको थप विवरण प्राप्त हुन बाँकी रहेको जनाइएको छ।









