काठमाडौं । नेपाल र भारतमा गत शुक्रबारबाट प्रदर्शनमा आएको बहुप्रतिक्षित चलचित्र ‘जार’ अब मध्यपूर्वका विभिन्न देशहरूमा पनि प्रदर्शनमा आएको छ। निर्माण कम्पनी फेरि टेल पिक्चर्सका अनुसार, चलचित्रले मे १५ (बिहीबार)देखि युएई, कतार र बहराइनमा एकसाथ प्रदर्शन सुरु गरेको हो। निर्देशक फुर्वा छिरिङ लामाले दिएको जानकारी अनुसार, चलचित्र युएईका दुबई, अबुधाबी, अज्मान र सारजाहका हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। त्यसैगरी, कतारको दोहा र बहराइनको मनामा लगायतका शहरहरूमा पनि ‘जार’ प्रदर्शन भइरहेको छ। यही शुक्रबारदेखि चलचित्र अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडा, दक्षिण अफ्रिका…
पुरा पढौ