बागलुङ फागुन ७ नेकपा र राजमोका संयुक्त बाम उम्मेदवार ज्ञामनाथ गैरे (अनिल)को जनभेटघाट तथा घरदैलो कार्यक्रम गलकोट नगरपालिका–११, सानो रिघामा सम्पन्न भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार गैरेले भ्रष्टाचारमुक्त राष्ट्र निर्माण गर्नुपर्ने आवश्यकता औंल्याए। उनले निर्वाचनमार्फत आफूलाई विजयी बनाए राष्ट्रलाई सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माणको दिशामा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। भेटघाटमा नेकपा केन्द्रीय सदस्य फमलाल निउरे, केन्द्रीय सदस्य राजीव घिमिरे, राजमो जिल्ला सचिव भिमलाल पोखरेललगायतको टोली सहभागी थियो। कार्यक्रम राजमो भक्तिराम पुनको अध्यक्षता, राजमो रणबहादुर पुनको स्वागत तथा नेकपा…
पुरा पढौ