समाचार

आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन नेता कार्यकतालाई प्रचण्डको निर्देशन

काठमाडौं, २८ कात्तिक । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आत्मसमीक्षासहित उपनिर्वाचनमा होमिन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि काठमाडौंको कीर्तिपुर नगरपालिकामा उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । ‘जनताले हामीबाट जे अपेक्षा गरेका थिए, त्यसलाई जस्ताको तस्तै पूरा गर्न सकेनौं’– अध्यक्ष प्रचण्डले नेता कार्यकर्तालाई निर्देशन दिंदै भन्नुभयो– ‘हामी बदलिन चाहन्छौं, अवसर दिनुहोस् भनेर जनताको बीचमा जानुहोस् । टोल–टोल र घरघरमा पुग्नुहोस् ।’ अन्य दलभन्दा माओवादी… पुरा पढौ

बागलुङमा २४ बर्षपछि पुनः  ऐतिहासिक एकादशी मेला शुरू

बागलुङ कात्तिक २७ बागलुङको निरयघाटस्थित नेपाल कै एकमात्र पवित्र नदि कालीगण्डकी किनारामा २४ वर्षसम्म रोकिएको हरिबोधिनी एकादशी मेला यस वर्षदेखि पुन: सुरु गरिएको छ । बागलुङको कालीगण्डकी नदि ततमा हरेक बर्ष लाग्ने ऐतिहासिक एकादशी मेला २४ बर्ष पछि पुन शुरूवात गरिएको छ । २०५७ सालमा जिल्ला प्रशासनले नै शान्ति सुरक्षाको चुनौती देखाएर मेला बन्द गरेपछि त्यसयता उक्त स्थानमा मेला लाग्न सकेको थिएन । तर यस वर्ष स्थानीय अगुवाहरूले मेला आयोजना गरेका छन् । त्यसका लागि हरिबोधनी एकादशी मेला संरक्षण समिति… पुरा पढौ

चलचित्र ‘कार्साङ’को जितु नेपाको क्यारेक्ट लुक्स सार्वजनिक

काठमाडौं । चलचित्र ‘कार्साङ’को जितु नेपाको क्यारेक्ट लुक्स सार्वजनिक भएको छ । निर्माणपक्षले आज जिुतको क्यारेक्टर लुक्स सार्वजनिक गरेको हो । जितुले सिनेमाको छायांकनको बेला सेटमा अन्य कलाकारसँग खिचेर पोस्ट गरेको फोटोसँग उनको यो सिनेमाको क्यारेक्टर लुक्स मिल्दैन । क्यारेक्टर लुक्स हेर्दा जितुले ‘कार्साङ’मा क्यारेक्टरका लागि मेहनत गरेको देखिन्छ । कालो टोपी, चेक सर्ट, स्टकोट, कालो पाइन्ट र लेकमा लगाउने गमबुट लगाएका जितुले झोला घुँडामा अड्याएका छन् । हातमा कचौरो बोकेका छन् । कचौरामा जाँड रहेको अनुमान लगाउन सकिन्छ ।… पुरा पढौ

अमेरिकन फिल्म मार्केटमा निशाननेपालबाट अमेरिकन फिल्म मार्केटमा निशान

काठमाडौं । हरेक वर्ष विश्वभरका चलचित्र उद्यमीहरुका लागि ‘अमेरिकन फिल्म मार्केट’ विशेष आकर्षणको केन्द्र हुने गर्दछ । जसलाई विश्वको सबैभन्दा ठूलो चलचित्र व्यापार मेला मानिन्छ । यही नोभेम्बर ५ देखि १० सम्म अमेरिकन फिल्म मार्केट ४५ औं संस्करणका रूपमा अमेरिकाको लसभेगासको पाम क्यासिनो रिसोर्टमा आयोजना भएको थियो । लस भेगस अमेरिकाको प्रसिद्ध पर्यटकीय स्थल पनि हो । कार्यक्रममा ८० भन्दा धेरै देशका १०० भन्दा धेरै वक्ताहरुले फिल्मका आर्थिक पाटोदेखि लिएर, उत्पादन, वितरण, प्रविधि, एआई, फिल्म स्ट्रिमिङ, स्टोरी टेलिङ आदि विषयहरुमा… पुरा पढौ

जैमिनीमा पीकअप जीप दुर्घटना मृत्युु हुने ५ जनाको पहिचान खुल्यो

बागलुङ कार्तिक २६ बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान पीकअप जीप दुर्घटनामा मृत्यु हुनेहरूकाे पहिचान खुलेको छ । ग २ च ९२४७ नम्बरको पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियोे ।जिप चालक जिल्ला बागलुङ जैमिनी न.पा.०८ केवई बस्ने बर्ष अं. ३८ को महेन्द्र पुन ८ बस्ने बर्ष अं. २० बर्षकी रश्मी श्रीष वडा नम्बर ८ कै बर्ष अं. ५० की नन्दकली पुन बर्ष १७ को निरज श्रीष बर्ष अं.७५ को कुल प्रसाद श्रीष रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सुचना… पुरा पढौ

जैमिनीमा पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु, १ जना घाइते

बागलुङको जैमिनी नगरपालिकामा सोमबार बिहान पीकअप जीप दुर्घटना भएको छ । ग २ च ९२४७ नम्बरको पीकअप जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको र १ जना घाइते भएको घट्ना स्थलमा पुगेका वडा न. ७ का वडा सदस्य भुपेन्द्र रानाले बताए । जैमिनी नगरपालिका–८ छिस्तीदेखि बागलुङ तर्फ आउँदै गरेको पीकअप जीप छिस्ती र जैदीको सिमा ढुङ्गाखानी नजिक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरी टोली घट्नास्थल तर्फ जाँदै गरेको बताइएको छ । घट्नाको थप विवरण आउन बाँकी… पुरा पढौ

श्रीमुक्तिनारायण मंन्दिरमा भगवानलाई ८४ व्यञ्जन भाेग

बागलुङ ।श्रीरंगवेंकटेश मुक्तिनारायण मन्दिर संचालक समितिको साधारणसभा एवम् भगवान को अन्नकूट उत्सव एवं गोवर्धन पिठ श्रीगोदारंगमन्नार भगवान वृन्दावन को विशेष अन्नकूट प्रसाद ग्रहण कार्यक्रम राखेको छ । श्रीशालग्राम क्षेत्र कुडुले फेदी बागलुङमा कार्तिक २८ गते ३ बजे कार्यक्रम राखिएको शालग्राम संग्राहलयका प्रमुख ऋषि स्वामी प्रपन्नाचार्यले बताए । कुँडुले फेदी श्रीमुक्तिनारायण मंन्दिरमा भव्य रूपमा भगवानलाई ८४ व्यञ्जन भाेग लगाउनेअन्नकुट कार्यक्रम रहेकाेले सम्पूर्ण भक्तजनहरूलाइ आमन्त्रण गरेको प्रमुख प्रपन्नाचार्यले बताए । पुरा पढौ

रवि लामिछाने लाई १३ दिन म्याद थप

२५ कात्तिक, पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लाई थप १३ दिन हिरासतमा  रहने भएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरी कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हाे  । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ । अनुसन्धान नसिद्विएकाे भन्दै लामिछाने लाई अदालत पटकपटक म्याद थप गर्दै आएको छ । पुरा पढौ

थाहा आन्दोलनका अगुवा रूपचन्द्र बिष्टको शालिकमामाल्यार्पण

कार्तिक २४ मकवानपुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेता एवं थाहा दर्शनका प्रणेता तथा थाहा आन्दोलनका अगुवा रुपचन्द्र बिष्टको सम्मानमा मकवानपुरको थाहा नगरपालिकामा निर्मित शालिकमा माल्यार्पण गर्नुभएको छ। बिष्टले अघि सारेको थाहा दर्शन एवं आन्दोलनको सम्मानमा मकवानपुरमा नगरपालिकाको नाम नै थाहा राखिएको छ।आज एक कार्यक्रम बिच अध्यक्ष दाहालले शालिकमा माल्यार्पण गर्नुभएको हाे । पुरा पढौ

युवा संगठनकाे सम्मेलन लाई सम्बाेधन गर्न माआ‌ेवादी अध्यक्ष मकवानपुर

मकवानपुर / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मकवानपुर पुग्नु भएको छ । मकवानपुरको चित्लाङमा पुग्नु भएका अध्यक्ष दाहाललाई स्थानीयबासीले स्वागत गरेका थिए । अध्यक्ष प्रचण्डले आज मकवानपुरको थाहा नगरपालिकामा युवा सङ्गठनको सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम रहेको छ । पुरा पढौ