ताप्लेजुङमा बोलेरो जीपमा आगलागी हुँदा ४ जनाको मृत्यु, २ जना घाइते

-


     हिडन खबर    
     वैशाख ८ गते २०८२ मा प्रकाशित


ताप्लेजुङ — ताप्लेजुङको फुङलिङ नगरपालिका–१० स्थित काफ्लेपाटी सडकखण्डमा बोलेरो जीपमा विद्युत् प्रवाह भएर भएको आगलागीमा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्।

पाथीभरा दर्शनका लागि जाँदै गरेको मे १ ज ३०११ नम्बरको बोलेरो जीपमा अचानक विद्युत्को तार खस्दा जीपमा करेन्ट लागेर आगलागी भएको हो। गाडीमा कुल ६ जना सवार थिए।

मृतकहरूको परिचय:

दुर्गा भट्टराई – चालक, फुङलिङ नगरपालिका–१०

आध्या आचार्य (१६ वर्ष) – ललितपुर जिल्ला

सरिता पौडेल (६९ वर्ष) – झापा जिल्ला

विनोद पौडेल (७० वर्ष) – झापा जिल्ला


घाइतेहरू:

सबिना आचार्य (४५ वर्ष) – ललितपुर जिल्ला

अभियम आचार्य – सबिनाका छोरा


प्राप्त जानकारीअनुसार, मृतक आध्या आचार्य घाइते सबिना आचार्यकी छोरी हुन्। साथै, मृतक सरिता र विनोद पौडेल सबिना आचार्यका बाबुआमा रहेको जनाइएको छ। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ।