बागलुङकी रिमा थापाको ‘जिन्दगानी’ बोलको लोक दोहोरी गीत सार्वजनिक

-


     हिडन खबर    
     वैशाख ६ गते २०८२ मा प्रकाशित


हरेक व्यक्तिको चाहना हुन्छ सुखद जीवन व्यतीत गर्ने। तर मानिसको जीवनमा अनेक किसिमका उतारचढाव आउने गर्छन्। जीवनमा साँचो सुख प्राप्त गर्ने मानिस कमै मात्र हुन्छन्। जीवनमा दु:ख भोग्नुका अनेक कारण हुन सक्छन्—व्यवहार, आचरण, र सानोतिनो गल्ती पनि दु:खको कारण बन्न सक्छ।

यस्तै जीवनका सुख-दु:खका परिवेशलाई समेटिएको ‘जिन्दगानी’ बोलको लोक दोहोरी गीत हालै सार्वजनिक गरिएको छ। जीवनले सोचेजस्तो नहुँदाको पीडा र सोचभन्दा फरक तरिकाले प्राप्त भएको सुखलाई टपक्क टिपेर गायक भिसन थापा मगर ले यस गीतमा शब्द दिएका छन् भने मिलन पुन ले संगीत दिएका छन्।

गायिका रिमा थापागायक मिलन पुन को आवाज रहेको यस गीतको म्युजिक भिडियोमा मिलन पुन, भुमा थापा मगरमिना गर्बुजा मगर को अभिनय देख्न सकिन्छ।
गीतको निर्देशन मिलन पुन ले गरेका छन् भने छायांकन तथा सम्पादन बिष्णु थापा मगर ले गरेका छन्।

उक्त म्युजिक भिडियो ‘Milan Pun Official’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।