समाचार

चित्रा’ अब अमेजन प्राइम भिडियोमा, ४३ भाषामा सबटाइटल सहित विश्वव्यापी प्रदर्शन

काठमाडौं । घनश्याम लामिछानेको निर्देशनमा तयार भएको नेपाली चलचित्र ‘चित्रा’ अब अमेजन प्राइम भिडियो मार्फत विश्वभरका दर्शकले हेर्न सक्ने भएका छन्। वि.सं. २०८० सालको पुष २७ गते नेपालमा सार्वजनिक प्रदर्शनमा आएको चलचित्र अहिले प्राइम भिडियोमा स्ट्रीमिङमा उपलब्ध भएको छ। अमेजन प्राइम सदस्यता भएका दर्शकले जुनसुकै देशबाट यो सिनेमा हेर्न सक्नेछन्। यस अन्तर्गत २०० भन्दा बढी देशका दर्शकले चलचित्र ‘चित्रा’को पहुँच पाउने भएका हुन्। चलचित्रको हिन्दी डब संस्करणलाई ‘रिलिज वर्ल्ड’ नामक संस्थाले अन्तर्राष्ट्रिय डिजिटल वितरण गरेको हो। विशेष उल्लेखनीय पक्ष के… पुरा पढौ

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्री डा. आरजु राणाको आग्रह

काठमाडौं, असार १७परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन विश्वका बहुराष्ट्रिय कम्पनीहरूलाई आग्रह गरेकी छन्। **संयुक्त राष्ट्रसंघीय कृषि तथा खाद्य संगठन (एफएओ)**को रोममा जारी ४४औँ महासभाअन्तर्गत आज सम्पन्न कृषि तथा खाद्य प्रणालीसम्बन्धी उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री डा. राणाले नेपालका मौलिक र विशिष्ट कृषि उत्पादनमार्फत विश्व बजारमा लाभ लिन सकिने उल्लेख गर्दै त्यसका लागि ठूला लगानी आवश्यक रहेको बताइन्। “कृषिमा निजी क्षेत्रको संलग्नता बढाउने सरकारको नीतिअनुसार केही ठूला कम्पनीहरूले लगानी गर्न थालेका छन्,” मन्त्री राणाले… पुरा पढौ

संघीय निजामति विधेयकमा बदमासी गर्नेहरू कारबाहीको दायरामा आउनुपर्छ : पुर्व प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, असार १७पुर्व प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष **पुष्पकमल दाहाल 'प्रचण्ड'**ले संघीय निजामति सेवा विधेयकमा गम्भीर षड्यन्त्र भएको दाबी गर्दै त्यसमा संलग्न व्यक्तिहरूलाई छानबिन गरेर कारबाही गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। **योङ कम्युनिस्ट लिग, नेपाल (वाइसिएल)**को केन्द्रीय पदाधिकारी बैठकलाई आज पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विधेयकमा चलखेल र छेडखानी भएको भन्दै त्यसप्रति कडा आपत्ति जनाएका हुन्। “परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र भइरहेको छ। संघीय निजामति सेवा विधेयकमा पनि त्यसको प्रयास देखिएको छ,” प्रधानमन्त्री प्रचण्डले भने, “कसले बदमासी गर्‍यो भन्नेबारे छानबिन गरेर… पुरा पढौ

‘गोबर गणेश’ निर्माण गर्दै बल्छी धुर्बे, माघ १ मा प्रदर्शन

काठमाडौं । कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले चलचित्र ‘गोबर गणेश’ निर्देशन गर्ने भएका छन्। टेलिचलचित्रमार्फत दर्शकमाझ लोकप्रिय बनेका उनी अब ठूला पर्दामा आफ्नो निर्देशनमा चलचित्र ल्याउन लागेका हुन्। **‘बल्छी धुर्बे फिल्मस्’**को प्रस्तुति रहने चलचित्र माघ १ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। हालसम्म चलचित्रका लेखक र अन्य प्राविधिकबारे विस्तृत जानकारी सार्वजनिक गरिएको छैन। टेलिचलचित्र **‘मेरी बास्सै’**बाट अभिनय यात्रा सुरु गरेका मरिचमानले पछि ‘हल्का रमाइलो’ र **‘जुठे’**जस्ता लोकप्रिय टेलिसिरियल निर्देशन गरेका थिए। नयाँ चलचित्रमा उनी अभिनय गर्ने वा नगर्ने भन्नेबारे भने… पुरा पढौ

चलचित्र ‘मिरमिरे’को वर्कसप सुरु, दयाहाङ र प्रकाश पहिलोपटक एकै साथ

काठमाडौं — दयाहाङ राई र प्रकाश सपूत मुख्य भूमिकामा रहेको चलचित्र ‘मिरमिरे’ को वर्कसप सुरु भएको छ । निर्देशक यम शेर्पाका अनुसार आइतबारदेखि फिल्मका प्रमुख कलाकारहरूको सहभागितामा वर्कसप थालिएको हो । “सुटिङ सहज होस्, कलाकारबीचको तालमेल र कथासँगको आत्मीयता बढोस् भनेर हामीले वर्कसप सुरु गरेका हौँ,” निर्देशक शेर्पाले बताए, “यसले छायांकन छिटो सक्न पनि सहयोग गर्नेछ ।” कान्तिपुर फिल्म एकेडेमी मा वर्कसप भइरहेकाले चलचित्र ‘मिरमिरे’ को छायांकन यही शुक्रबारदेखि सुरु हुने भएको छ । अधिकांश छायांकन काभ्रेपलाञ्चोकमा गरिनेछ । प्रकाश… पुरा पढौ

जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्रीको आग्रहरोम — असार १७, २०८२

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालजस्ता भूपरिवेष्ठित तथा जलवायु परिवर्तनबाट प्रभावित मुलुकहरूका लागि दिगो कृषि प्रणाली प्रवर्द्धन तथा हिमाली क्षेत्रको संरक्षणका लागि जलवायु वित्तमा सहयोग बढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गर्नुभएको छ। संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ महासभालाई सोमबार रोममा सम्बोधन गर्दै मन्त्री डा. राणाले जलवायु परिवर्तनका कारण नेपाल विशेषगरी हिमाली क्षेत्र गम्भीर संकटमा परेको भन्दै त्यस्ता क्षेत्रहरूका लागि अनुदानमा आधारित जलवायु वित्त सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो। “नेपाल र यस्ता भूपरिवेष्ठित देशका हिमाली क्षेत्र जलवायु संकटका कारण… पुरा पढौ

जलवायुजन्य जोखिम न्यूनीकरणका लागि दरिलो सहकार्य अपरिहार्य : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं, असार १६ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले जलवायुजन्य जोखिम न्यूनीकरणका लागि प्रभावित राष्ट्रहरूबीच मजबुत सहकार्य आवश्यक रहेको बताएकी छन्। इटालीको रोममा जारी संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) को ४४औँ महासभाअन्तर्गत आज सम्पन्न अतिकम विकसित, भूपरिवेष्ठित तथा साना टापु राष्ट्रहरूसँग सम्बन्धित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै मन्त्री राणाले अब ढिलो नगरी सहकार्यमा अघि बढ्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, “अतिकम विकसित, भूपरिवेष्ठित र साना टापु राष्ट्रहरू जलवायु परिवर्तनको गम्भीर जोखिममा छन्। यसले उनीहरूको कृषि उत्पादन र जीविकोपार्जनमा प्रत्यक्ष असर… पुरा पढौ

अभिलेख विवाद समाधान गर्न नगरपालिकाको निर्देशन, विद्यालयले गर्‍यो बेवास्ता

बागलुङ, असार १६ बागलुङ नगरपालिका-६ मा अवस्थित लहरेपिपल माध्यमिक विद्यालयमा संस्थापक अध्यक्षसम्बन्धी अभिलेख विवाद चुलिएको छ। यस विवाद समाधानका लागि नगरपालिका कार्यालयले एक हप्ते अल्टिमेटम जारी गरे पनि विद्यालय व्यवस्थापन समितिले अहिलेसम्म कुनै प्रतिक्रिया जनाएको छैन। नगरपालिकाले विद्यालयलाई संस्थापक अध्यक्षसम्बन्धी विवाद समाधान गरी विद्यालयको अभिलेख अद्यावधिक गर्न गत महिना एक हप्ते अल्टिमेटम दिएको थियो। तर डेढ महिना बितिसक्दा पनि विद्यालयले कुनै औपचारिक जवाफ नदिएको नगरपालिकाको भनाइ छ। यसअघि विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकको मिलेमतोमा अभिलेखमा हेरफेर गरिएको आरोपसहित विवाद अदालतसम्म… पुरा पढौ

अध्यक्ष प्रचण्डद्वारा दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगिता विजेता खेलाडीलाई बधाई

काठमाडौं, असार १६ – नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले भुटानको थिम्पूमा सम्पन्न १५औं दक्षिण एशीयाली शारीरिक सुगठन प्रतियोगितामा पदक जित्न सफल नेपाली खेलाडीहरूलाई बधाई दिएका छन्। गत जुन ११ देखि १५ सम्म आयोजना भएको उक्त प्रतियोगितामा नेपाली टिमको उत्कृष्ट प्रदर्शनप्रति प्रसन्नता व्यक्त गर्दै अध्यक्ष प्रचण्डले विशेष रूपमा महिला एथलेटिक फिजिक समूहमा स्वर्ण पदक विजेता उर्मिला श्रेष्ठको प्रशंसा गरे। “खेल, विशेषतः शारीरिक सुगठनजस्ता विधा राज्यको प्राथमिकतामा नपरेका क्षेत्र हुन्। अब राज्यले यसलाई प्राथमिकतामा राखेर आवश्यक… पुरा पढौ

नेपाली परिकारको स्वाद र सांस्कृतिक झल्को दिने ‘भोजनलिपि स्वाद’को चौथो संस्करण काठमाडौंमा

काठमाडौं, असार १५ नेपाली परम्परागत खानाको प्रवर्द्धन र सांस्कृतिक महत्वलाई उजागर गर्ने उद्देश्यले ‘भोजनलिपि स्वाद’ कार्यक्रमको चौथो संस्करण असार १५ गते काठमाडौंको अनामनगरस्थित सिलाैटाे कटेजमा आयोजना सम्पन्न भएको छ । राष्ट्रिय धान दिवसकाे अवसर पारेर नयाँ संस्करण गरिएकाे  नेपाली खाना प्रवर्द्धन अभियानले जनाएको छ ।  । चौथो संस्करणमा विभिन्न परिकारका स्वादका अतिरिक्त मोही, मह, गाईको घ्यू, तोरीको तेल, नेपाली कफीलगायत मौसमी कृषि उपजको पनि प्रवर्द्धन गरिएकाे थियो । नेपाली खाना प्रवर्द्धन अभियानकाे आयोजना र सिलाैटाे कटेजको सहकार्यमा भएको यस विशेष… पुरा पढौ