बागलुङ बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती

-


     हिडन खबर    
     चैत्र २५ गते २०८२ मा प्रकाशित


बागलुङ चैत २५

उज्यालो बागलुङ कार्यक्रम अन्तर्गत बागलुङ नगरपालिकाले सदरमुकाम बजार क्षेत्रमा हाइमाष्ट बत्ती जडान गरिएको छ ।

बागलुङ बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती बल्न सुरु गरेको बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बताए ।

बागलुङ नगरपालिका वडा नं १,२, ३ र ४ का मुख्य चोकका १० वटा स्थानमा हाइमाष्ट बत्ती बागलुङ नगरपालिका वडा नं.१ को मालढुंगाको प्रवेशद्धार र कालिका भगवती मन्दीर, वडा नं. २ को ट्राफिक चोक नजिकै ऐतिहासिक पार्क, धौलागिरी अस्पताल, धौलागिरी क्याम्पसगेट र लोकतान्त्रीक चोकमा जडा गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।

त्यस्तै वडा नं ३ को चिप्लेटी वसपार्क क्षेत्र जिल्ला प्रशासन अगाडी र वडा नं ४ को आर्मी व्यारेक अगाडीको एटिएम चोक र नयाँबसपार्कमा उक्त बत्तीहरु जडान गरिएको छ ।

आगामी दिनमा बजारका अन्य क्षेत्र र ग्रामिण भेगमा पनि सडक बत्तीहरु जडान गर्ने नगरपालिकाको योजना रहेको छ । यो कार्यका लागि नेपाल विद्युत प्राधिकरणले सहयोग गरेको नगरपालिकाले जनाएको छ ।

बागलुङ बजारका मुख्य–मुख्य चोकमा हाइमाष्ट बत्ती जडान गरिएपछि बजारमा राति हिड्ने सर्वसाधारण लाई सहज हुनुका साथै नगर समेत सुन्दर देखिएको छ ।