
काठमाडौँ । चैत २२
अधिवक्ता डा. नारायण दत्त कडेल महान्यायाधिवक्ता पदमा नियुक्त भएका छन्।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम प्रधानमन्त्री बालेन शाहको सिफारिसमा कडेललाई उक्त पदमा नियुक्त गरेका हुन्।
राष्ट्रपतिको कार्यालयले आइतबार जारी गरेको विज्ञप्तिअनुसार बागलुङका कडेललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको हो।नेपाल पत्रकार महासंघ बागलुङका पुर्व अध्यक्ष समेत रहेका कडेल लाई सरकारले आफ्नो कानुनी सल्लाहकारमा नियुक्ति गरेका छन् ।
महान्यायाधिवक्ता सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा रहने संवैधानिक पद हो।
यसअघि पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुदा बागलुङका बरिस्ठ अधिवक्ता रमन कुमार श्रेष्ठलाई महान्यायाधिवक्तामा नियुक्ति गरेका थिए ।












